ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

जल भण्डार कम हुँदा सिंचाई प्रभावित

७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

नवलपरासी, ७ मंसिर । जिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजना खोलामा सिल्ट(नदिजन्यपदार्थ) जम्मा भएर जल भण्डार कम भएका कारण आयोजना प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम भएको कुरा नगरपालिकालाई पटक पटक जानकारी गराउँदै आएको भए पनि नगरपालिकाले चाँसो नलिदा आयोजना प्रभावित बनेको हो ।

सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजनको बाँधन नजिक जमेको बालुवा देखाउदै भने, सिचाई कार्यालयले यो बालुवा झिक्ने कार्य गरेको छैन् । नहरमा पानी कहाँबाट जान्छ । आयोजना बनेको दुई तिन बर्षसम्म राम्ररी सिचाई भईरहेको थियो । तर अहिले तुरिया खोलाको बाढी र भलले खोलामा बालुवा जम्मा भएको छ । खोलाको सफाई पनि नगरपालिको गरेको छैन् । यस बर्ष सिचाई गर्न समस्या नै देखिएको उनले बताए ।

सिचाई आयोजनको समस्याबारे नगरपालिकालाई अवगत गराएको तर चाँसो नलिएको वार्ड नं.१५ का वार्ड अध्यक्ष धनपत यादवले पनि बताए । सिचाई आयोजनामा जम्मा भएको बालुवा झिकिदिदा किसानलाई मात्रै राहत नभई नगरपालिकालाई पनि सो बलुवा विक्रि गरेर करोडौ राजश्व पनि संकलन हुन सक्ने आधार भए पनि नगरपालिका नेतृत्व कानमा तेल हालेर बसेको आरोप समेत उनले लगाए । नगरपालिकामा आफ्नै एक्साभेटर समेत रहेको छ, उनले भने,तर त्यो एक्साभेटर नगरपालिका नजिकै झरहीमा घुमेको घुमे गरेको छ । त्यही झरहीमा बालुवा नजिकै बाँधमा राख्ने फेरी ति बालुवा खोलामा बगेर जाने र फेरी पनि त्यही बालुवाको बाँध बनाउनमा एक्साभेटर लगाइएको छ । यता किसानलाई राहत र नगरपालिकालाई राजश्व आउने अवस्था हुदा पनि नगरपालिका प्रशासन र नेतृत्व मौन बसेको उनको भनाई थियो । वार्ड अध्यक्षले बेलामा जानकारी गराई दिने हो,उनले भने,तर नेतृत्वले चाँसो लिएर काम गरिदिनु पर्छ । वार्डमा सहजीकरण गर्ने कार्य हामी गरि नै हाल्छौ । तर नेतृृत्वको अदुरदृष्टिले हामी दुःखी भएको बताउदै उनले भने, नेतृृत्व जनता प्रति जवाफदेही देखिएन् ।

उनका अनुसार सो आयोजना क्षेत्र भित्र झण्डै ६ किलोमिटर सिमसार क्षेत्रमा बालुवा जम्मा भई अहिले बगर बनेको छ । त्यसलाई सफाई मात्रै गराउदा लाखौंको बालुवा र भष्कट फोहोरको रूपमा झिक्न सकिन्छ । नझिक्दा अब्यवस्थित रूपमा चोरी निकासी भई रहेकै छ, उनले भने, आखिरमा नगर र जनतालाई के फाइदा भयो ? ३ भागमा क्रमशः६ हजार ३२ बर्गफिट,३ हजार ८ सय २५ बर्ग फिट र ३ हजार ८ सय ४० बर्गफिट गरि कुल १३ हजार ६ सय ९७ बर्गफिटमा बालुवा र भष्कट जम्मा भएका छन् । यदि त्यसलाई सफाई गरि कम्तीमा ५ फिट गहिरो मात्रै बनाइयो भन्ने ६८ हजार ४ सय ८५ घन फिट बालुवा र भष्कट हुन्छ । एक ट्याक्टरमा एक सय घनफिट हुन्छ । बजार मुल्य १ हजार टेक्टरको उठाउदा पनि सरदर १० रुपिया प्रति फिटको दरले राजस्व उठाइयो भन्ने ६ लाख बढि राजश्व पनि संकलन हुन्छ । यता त्यती नै पानी भण्डारण क्षमता सिचाई योजनालाई थपिन्छ ।

सिचाई बाँधले पहिला हुकई, तोनवा, बकेनवा, सुक्रौलीको सयौ विघा जमिनमा सिचाई भएको थियो । अहिले हिउँदमा सिचाईका लागि पानी प्रयाप्त हुन्छ कि हुदैन्, उनले आयोजनाको बाँध देखाउदै भने, तपाई आफै हेर्न सक्नु हुन्छ खोला भरि बालुवा जम्मा भएको छ । पानी भण्डार कहाँ हुन्छ ? स्थानियले घर बनाउनदा जगमा भर्ने माटो भस्कट र निर्माण समाग्रिको रूपमा बालुवा पनि प्राप्त हुन्थ्यो । तर खोई किन ध्यान नगएको होला ? नगरपालिका कर्मचारीलाई त मतलब भएन, भएन, जनता माझ ठूलो सपना र प्रतिवद्धता देखाएर चुनाव जित्ने जनप्रतिनिधिलाई चुनावको बेला बोल्ने मौषमी बोली मात्र रहेको देखिन थालेको छ । अहिलेसम्म नगरपालिकाको कर्मचारी तन्त्रले काम अगाडी बढाउन नसक्दा नगरपालिकामा कर्मचारी र पदाधिकारीको कार्यशैली प्रति नगरबासीले असन्तोष ब्यक्त गर्दै आएका छन् । नगरपालिकालाई राजश्वको लाभ होस वा नहोस किसानलाई राहत हुने गरि सिचाँई अयोजना स्थलमा जम्मा भएको बालुवा सफा गराउनु पर्ने कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?