ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बुटवलः मानव पुर्खा रामपिथेकसको विचरण स्थल

५ मंसिर २०८०, मंगलवार
५ मंसिर २०८०, मंगलवार

पृष्ठभूमि :
पृथ्वीमा प्राक्मानवको उदय कहिले भयो भन्ने सम्बन्धमा विद्वानहरूका फरक फरक मत छन् । प्राक्मानवको चर्चा गर्नासाथ विकासवादको सिद्धान्तको कुरा आउँछ । यस सिद्धान्तका प्रवल प्रबर्तक आचार्य मध्ये चाल्र्स डार्बिनको नाम सर्वोपरि रूपमा आउँछ । विकासवादीहरू सुदूर भूतका अस्मिभूत (Fossilise) अवशेषलाई आजका संसारका विभिन्न ठाउँमा पाइने त्यसैसित मिल्ने जीवित प्राणीसित तुलना गरेर हेर्दछन् र यस्ता जीवित प्राणीलाई आजका मानवसित तुलना गर्दछन् । यस्तै तुलनात्मक अध्ययनको आधारमा प्राक्मानवको उदय वानर वा त्यस्तै अथवा त्यसैसित मिल्ने प्राणीबाट भएको हुनुपर्दछ । जसलाई आजको मानवको पुर्खा भन्न सकिन्छ भन्ने तर्क विकासवादीहरूको छ । यस सिद्धान्तका अनुयायीहरू मानवसित मिल्ने त्यस्ता प्राणीलाई सामूहिक रूपमा प्राथमिक वर्ग भन्दछन् । प्राथमिक वर्ग (Primates) भन्ने नामकरण गर्नेमा सबैभन्दा जेठा लिन्नाएउस (Linnaeus) नामक विद्वान हुन । उनले यो नामकरण अठारौ शताब्दीको मध्यतिर गरेका हुन र यसैलाई परवर्ती विद्वानहरूले पनि स्वीकार गर्दै गए । प्राथमिक वर्ग भन्नाले वानरानुगण (Pithecidae) लाई लिइन्छ । वानर (Pithecus)  एउटा जाती वर्ग (Species) हो । नेपालीमा एउटा पुरानो उखान छ– “नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छाबाको अनुहार” । यस उखानले मानिसको पहिलेको खाना जङ्गली जनावरको शिकार रहेछ भन्ने प्रष्ट हुन्छ । साथै मानिसको सम्बन्ध वानरसँग रहेको कुरा पनि यस उखानले प्रष्ट्याउँछ । यसरी विकासवादको सिद्धान्तले मानवको पुर्खा वानर रहेको तर्क बलियोसँग अघि सारेको छ । जुन तर्कको सामु अन्य विद्वानका तर्कहरू उति प्रभावकारी सावित हुन सकेका छैनन् ।
प्राक्मानवको उदय सर्वप्रथम कहाँ भएको थियो भन्ने सम्बन्धमा पनि विद्वानहरू विच मतभिन्नता छ । यसैले प्राक्मानवको उदय सर्वप्रथम कहाँ भएको थियो भन्ने कुरातिर नलागेर त्यस्ता मानवका अवशेष कहाँ पाइएका छन् भन्ने तिर छोटो चर्चा गरौं । सन् १९२४ मा अफ्रिकाको बेचुआनाल्याण्ड क्षेत्रको टांग्स नामक स्थानमा गुफाभित्र एउटा वालप्राणीको मस्तक पाइयो । यो मस्तक टांग्स नामक स्थानमा पाइएको हुँदा यसको नाम स्थान विशेषको आधारमा टांग्स नै राखियो । यो मस्तक विकसित मानवको नभएको हुँदा यसको नामको पछाडी अपुच्छ वा एप पनि जोडियो । यसको पूरा नाम टांग्सएप रह्यो । यसको नामकरणको अर्थ भयो टांग्समा पाइएको नर र वानर नछुट्टीएको पुच्छर नभएको प्राणी । यसका दाँतको अध्ययनबाट यो प्राणी मानवकै छेउमा आउने निश्चय भयो र यो प्राणी पनि मानव जस्तै उठेर हिँड्थ्यो होला भन्ने अनुमान गरियो । सन् १९३८ मा फेरी अफ्रिकाकै टांग्स क्षेत्रको समिप स्टर्फ–फौन्टीन नामक स्थानमा माथि चर्चा गरिएजस्तै प्राणीसित मिल्ने युवा प्राणीको केही अस्थी भेटिए । यसै ठाउँमा अन्वेषक विद्वानहरूले अरू दुई प्रकारका अस्थी पनि पाए । जसले गर्दा विद्वानहरू यो प्राणी मानव नै हो भन्ने निष्कर्षमा पुगेका थिए । तथापी मानवको आदी जन्मस्थल अफ्रिका नै हो भन्ने कुरामा विद्वानहरूबीच अझै मतभेद छ ।
त्यसैगरी शिवालिक अर्थात चुरेपर्वत श्रृङ्खलामा पनि मानवसित मिल्ने प्राणीको अस्मीभूत अस्थि–अवशेष पाइएका छन् । यस्ता अवशेष शिवालिक क्षेत्रमा पाइएका हुँदा यसको नाम स्थान विशेषको आधारमा शिवालिक मानव अर्थात शिवपिथेकस राखिएको छ । धेरै नृतत्वविशारद विद्वानहरूको भनाई छ– “मानव जातिको उद्गम स्थल एसिया नै हुनुपर्दछ” । त्यसको पुष्टिमा उनीहरू भन्दछन् –“जावा मानव एसियामा पाइयो, पेकिङ्ग मानव पनि एसियामै पाइयो” । यस बाहेक पाकिस्तानको सोन उपत्यका, भारतको नर्मदा उपत्यका तथा चीन र मङ्गोलियामा पनि प्राचीन मानवका अनेक हतियार पाइएका छन् ।
विश्वमा सबैभन्दा पहिले वि.सं. १९८७ (सन् १९३०) मा भारतको शिवालिक अर्थात चुरे पहाडमा उत्खनन गर्दा नरवानर (Pithecus) को बङ्गारा समेतको च्यापु पाइएको थियो । त्यसलाई विशेषरूपमा परिक्षण गरेपछि यो मानिसजस्तै प्राणीको समूहमा पर्दछ भनियो । यस पिथेकसलाई शुरुमा शिवपिथेकस भनिएको थियो । पछि गएर भारत वर्षका प्रसिद्ध पौराणीक राजा रामको नाम जोडेर यसलाई रामपिथेकस (Ram Pithecus) नामकरण गरियो । त्यसपछि अन्यत्र प्राप्त भएका त्यस्तै किसिमका मिल्दाजुल्दा जीवाशेषलाई पनि रामपिथेकस भनिन थालियो । यस्ता किसिमका जीवाशेषका नामकरण कतै स्थान विशेष र व्यक्ति विशेषको नामको आधारमा पनि उल्लेख गरिएको पाइन्छ । अफ्रिकाको केन्यामा पाइएको जिवाशेषलाई केन्यापिथेकस पनि भनिएको पाइन्छ । नेपालमा प्राप्त भएको अवशेषलाई रामपिथेकस नै भनिन्छ । यसको अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधिकारीक नाम रामपिथेकस नै हो ।
विश्वका विभिन्न मुलुकमा मानवजातिको पुर्खा भनिने रामपिथेकसका जीवाशेषहरू पाइएका छन् । सर्वप्रथम इटलीको याले विश्वविद्यालयका जिई लेबिज (G.E. Lewis) ले सन् १९३० देखि १९३४ सम्म भारतको शिवालिक पर्वतमा उत्खनन गर्दा नरवानर रामपिथेकसको बङ्गारा समेतको च्यापु पाएका थिए । त्यसपछि यस्तो दुर्लभ प्राणी रामपिथेकसको अवशेष पाइएका देशहरूमा चीन, अफ्रिकाको केन्या, ग्रीस, टर्की, हङ्गेरी, पाकिस्तान र नेपाल पर्दछन् ।
विभिन्न युगका यस्ता जीवाशेषहरूलाई गुण र अवस्थाको आधारमा वर्गिकरण गरिएको पाइन्छ । विश्वमा पाइएका यस्ता किसिमका मिल्दाजुल्दा नरवानरको अवशेषहरू करिब ८० लाख देखि १ करोड ४० लाख वर्ष भन्दा पुराना मानिएका छन् । त्यसमा टर्कीको १ करोड ४० लाख वर्ष भन्दा पुरानो, केन्याको १ करोड ४० लाख वर्ष पुरानो, नेपालको करीब १ करोड १० लाख वर्ष पुरानो र अन्य देशहरूको करिब ८० देखि ८५ लाख वर्ष पुराना मानिएको छ । यसमा टर्कीको सबैभन्दा पुरानो, केन्याको दोस्रो र नेपालमा पाइएको तेस्रो मानिएको छ ।

नेपालमा मानव विकासः
नेपाल अधिराज्यको मेचीदेखि महाकालीसम्मको भू–भागमा अनेक उपत्यका छन् । सुर्खेत उपत्यका, दाङ र देउखुरी उपत्यका, सिन्धुलीमाडी उपत्यका र अन्य नदी किनारका अनेक उपत्यका छन् । यि उपत्यकाहरूमा मानव पुर्खाका अस्थि–अवशेषहरू पाइन्छन् । रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको समिपको पाल्पा जिल्लाको दोभान क्षेत्रमा वि.सं. २०३७ मा यस्तै मानव पुर्खाको अस्थि अवशेष भेटिएको थियो । जसलाई रामपिथेकस नामकरण गरियो । यसलाई बुटवल समिपमा भेटिएकोले बुटवल पिथेकस वा नेपालमा भेटिएकोले नेपिथेकस पनि भनिन्छ । यसरी बुटवल क्षेत्र पनि १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामपिथेकसको विचरण क्षेत्रको रूपमा अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध भएको छ । १ करोड १० लाख वर्ष अघि नै बुटवल क्षेत्र मानव पुर्खाको विचरण स्थल रहेको प्रमाणित भएको छ । बुटवल क्षेत्र प्राक्ऐतिहासिक क्षेत्र रहेको प्रमाणित भएको छ । यस अर्थमा बुटवल अन्तर्राष्ट्रिय महत्वको सहर हो । यो रूपमा पनि बुटवल क्षेत्रको प्रबद्र्धन गर्नुपर्दछ ।
ड्ड नेपालमा जीवाशेष अध्ययन गर्ने टोलीः वि.सं. २०३७ (सन् १९८०) मा संयुक्त राज्य अमेरिकाको नेसनल जियोग्राफी सोसाइटी र एलएसवि लिके फाउण्डेशन (L.S.B. Leakey Foundation) का साथै त्रिभुवन विश्वविद्यालय नेपालको संयुक्त अन्वेषण टोलीद्वारा पश्चिम नेपालको चुरेपर्वत श्रृङ्खलामा जीवाशेषहरूको अध्ययन गर्न उत्खनन गरिएको थियो । उक्त अध्ययन टोलीमा संयुक्त राज्य अमेरिकाका मोविल आयल कर्पोरेशन एक्सप्लोरेसन एण्ड प्रोड्युसिङ डिभिजन डेनभर कोलोराडोका जेन्स मुन्थे, क्यालिफोर्निया विश्वविद्यालय प्राचीन सङ्ग्रहालयका जे. होवार्ड हटचिशन, मेट्रोपोलिटन स्टेट कलेज, जीव विज्ञान विभाग, डेनभर कोलोराडोका क्याथलिन मुन्थे, मिलबाउकि पब्लिक म्यूजियम, भूगर्भ विभागका रबर्ट एम् वेष्ट र नेपालबाट त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पस भुगर्भ विभागका विष्णु डङ्गोल थिए । जेन्स मुन्थेले नेतृत्व गरेको यस अन्वेषण दलले सन् १९७९ देखि १९८२ सम्म पश्चिम नेपालको चुरे पहाड श्रृङ्खलामा पर्ने दाङ क्षेत्रको अध्ययन गरेका थिए । साथै बाटोमा पर्ने बुटवलदेखि उत्तरतर्फको पाल्पा जिल्लाको दोभानको तिनाउ खोला आसपासमा समेत अध्ययन गरेको थियो । सो टोलीले सन् १९८३ मा संयुक्त रूपमा New Fossil Discoveries From The Miocene of Nepal include a Hominoid Nature vol. 303, May 1983 प्रतिवेदन प्रकाशित गरेको थियो । टोलीले माछा, कछुवा, गोही, सर्प आदी जीवहरूका पुराना अवशेषहरू प्राप्त गरेको थियो । यसैक्रममा बुटवलदेखि उत्तरतिर रहेको शिवालिक वा चुरे पर्वतमा पर्ने तिनाउ नदी किनारमा मानवजातीसँग मिल्दोजुल्दो दुर्लभ रामपिथेकसको दाँतको अवशेष प्राप्त भएको थियो ।

रामपिथेकसको दाँत प्राप्त भएको स्थलः हालको लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्लाको साविक दोभान गा.वि.स. वडा नं. ७ सिद्धबाबा मन्दिरदेखि केही उत्तरतिर रहेको तिनाउ नदीको विद्युत बाँधदेखि लगभग ९० मिटरमाथि पश्चिमतिरको पहरामा रामपिथेकसको दाँतको अवशेष भेटिएको थियो । सो ठाउँमा पुग्न दोभानबाट डेढ किलोमिटर दक्षिण, बुटवलबाट सिद्धार्थ राजमार्गको बाटो ४ किलोमिटर उत्तरतिर, तिनाउ बाँध माथी सडकमा पुगेपछि पश्चिमतिर रहेको तिनाउ जलविद्युत बाँधको पुलतिर झर्नुपर्दछ । तिनाउ नदी बाँध माथिको झोलुङ्गे पुल तरी माथि पुगेपछि अर्को सानो झोलुङ्गे पुल भएको खोल्सा देखिन्छ त्यही खोल्साको केही माथितिर मानव पुर्खा रामपिथेकसको दाँत प्राप्त भएको स्थल रहेको छ । यो स्थललाई पर्यटकीय क्षेत्रको रूपमा विकास र प्रवर्धन गर्नुपर्दछ ।

त्यसबेला अनुसन्धान टोलीका एकजना जे. होवार्ड हटचिशनले तिनाउ खोलाको विद्युत बाँधको पश्चिम किनाराको केही माथी खोल्साको पहरामा फुस्रो हिलो माटो भएको ढुङ्गा माथि धेरै पुरानो मानिस जस्तै प्राणीको माथिल्लो पट्टीको बङ्गाराको देब्रेतिरको दाँतको अवशेष प्राप्त गरेका थिए । यो दाँत १ सेन्टिमिटर चौडा र १ सेन्टिमिटर भन्दा केही थोरै लामो थियो । दाँत पहराबाट निकाल्दा तीन टुक्रा भएर आयो । त्यसलाई टाँस्न, कडा बनाउन र परीक्षण गर्न अमेरिका पठाइएको थियो । यसलाई विशेष किसिमको परीक्षण गर्नुको साथै प्यालेओम्याग्नेटीक अध्ययन विधिबाट यो कति पुरानो हो भन्ने समय तोकिएको थियो । सुरुमा यसलाई ९० देखि ९५ लाख वर्ष भन्दा पुरानो मानिएको थियो । विशेष अध्ययनपछि यो करिब १ करोड १० लाख वर्ष पुरानो मानिएको छ । यो अवशेष एसियाका अन्य मुलुकहरू पाकिस्तान, भारतका उत्तर पश्चिम क्षेत्र र चीनको दक्षिणी क्षेत्रमा पाइएका रामपिथेकसका अवशेषहरूसँग यसको अवस्था मिल्दोजुल्दो भएको कुरा अन्वेषण टोलीको प्रतिवेदनमा लेखिएको छ । यो दाँत अमेरिका लगी विशेष परिक्षणपछि नेपाल ल्याई त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान सङ्ग्रहालय स्वयम्भु काठमाडौंमा राखिएको छ । यो दाँतको अवशेष अति दुर्लभ भएकाले विशेष सुरक्षासाथ राखिएको छ । यो रामपिथेकस दाँतको अवशेष मानव पुर्खाको इतिहासमा ज्यादै महत्वपूर्ण मानिएको छ ।

२०७० सालमा नेपाल फिलाटेलिक व्यूरोले नेपालका जीवाशेष रामपिथेकस अङ्कित रु. ५० को हुलाक टिकट पनि प्रकाशित गरेको छ । यसबाट बुटवल–दोभान क्षेत्र एवं नेपाल मानव जातिको पूर्वजहरूको एक प्राचीनस्थल मध्ये एक भएको छ । यसबाट नेपाल प्राग ऐतिहासिक स्थलको अध्ययन क्षेत्र भएको पुष्टी भएको छ । बुटवल उपमहानगरपालिकाले यस्तो प्रागऐतिहासिक क्षेत्रको विकास र प्रबद्र्धन गर्न चुकेको छ । अन्तर्राष्ट्रिय जगतमा बुटवलले यसको प्रबद्र्धन गरी प्रशस्त पर्यटक आकर्षित गर्न सक्छ । तथापी माल पाएर चाल पाउन सकिएको छैन । बुटवल उपमहानगरपालिका परिसरमा मेयर शिवराज सुवेदीको कार्यकालमा रामपिथेकसको एउटा प्रतिमा स्थापना गर्नु बाहेक अहिलेसम्म यस सम्बन्धमा ठोस काम हुन सकेका छैनन् । अस्तु ।।

सन्दर्भ सामग्री :
हाम्रो समाज एक अध्ययन
रामपिथेकसको चिनारी
संस्मृति सिद्धबाबा धाम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?