ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति
एक बर्षमा पनि पूर्णता पाएन प्रदेश सरकार

मुख्यमन्त्रीलाई कांग्रेस झगडाको गलपासो

५ मंसिर २०८०, मंगलवार
५ मंसिर २०८०, मंगलवार

लमही, ५ मंसिर ।  निर्वाचन भएको १ बर्ष सम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । गत अशोजको पहिलो हप्ता दिन भित्रै सरकारलाई पूर्णता दिने आन्तरिक कसरतमा जुटेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सफल हुन सकेन ।
सरकारलाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री चौधरी लागे पनि प्राबिधिक कारण ढिलो भएको नेपाली काँग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए । ‘असोज १५ गते भित्रै सरकारलाई पूर्णता दिने कसरतमा मुख्यमन्त्री चौधरी लाग्नुभएको थियो सहमती जुटेन,’ उनले भने ।
यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीसहित पाँच र नेकपा माओबादी केन्द्रले तीन मन्त्रालय पाउने सहमति भएको चर्चा हुँदै आएको छ । त्यसो गर्दा मन्त्रालयको संख्या बढाएर १२ वटासम्म पु¥याउनु पर्ने हुन्छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सभापति अमरसिंह पुनले भने मन्त्रालयको संख्या नबढाइ यथास्थितिमै सरकारलाई पूर्णता दिन निर्देशन गरि सकेको बताए । लुम्बिनी सरकारको ब्ययभार थप्ने गरि मन्त्रालय टुकारेर सरकारलाई पूर्ण दिन नहुने कुरा पुनले बताए ।

यता नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीका कारण नभइ नेपाली काग्रेशको आन्तरिक विवादले सरकारले पूर्णता नपाए बताउँछन् । उनले, पूर्व सहमति अनुसार आफूले अब जसरीपनि दुई मन्त्रालय पाउनु पर्ने बताउँछन् । माओवादीको अडान रहेको हुँदा सरकारलाई पूर्णता दिन मन्त्रालय बढाउनुको बिकल्प मुख्यमन्त्री चौधरीका सामु नरहेको स्रोत बताउँछ । वैशाख १४ गते डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुँदा दुई दलका बीचमा माओबादीले तीन मन्त्रालय र काँग्रेसले चार मन्त्रालय पाउने सहमति भएको माओबादी नेताहरूले बराल बताउँछ्न।

नेकपा माओबादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पूर्व सहमति अनुसार आफूहरू दुई मन्त्रालय पाउनु पर्ने बताए । माओबादीबाट बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने भनेर पार्टीबाट नाम अनुमोदन गरि पठाइ सकेको महराले जानकारी दिए । हालसम्म मुख्यमन्त्री चौधरीसहित स्वास्थ्यमन्त्री राजु खनाल काँग्रेसबाट मन्त्रीमण्डलमा सामेल छन् । माओबादीबाट अर्थमन्त्री धनबहादुर मास्की मात्रै सामेल छन् ।

लुम्बिनी प्रदेशमा क्रियाशिल आठ दल तथा एक स्वतन्त्र सांसदसहित ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते दाङको निर्वाचन क्षेत्र नं. ३ ९१० बाट निर्वाचित चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले वैशाख १५ गते शपथ लिएका थिए। चौधरीले बैशाख १९ गते विश्वासको मत लिएका थिए । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाले भने बिश्वासको मत दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?