ट्रेंडिंग:

>> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध >> सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी >> नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै बंगलादेश अलआउट >> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं

मणिग्राम मेलाको आकर्षण बन्यो हल गोरुले उखु पेलेर खुदो पकाएको दृश्य

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

तिलोत्तमा,२ मंसिर ।   पराल दाईं लगाए झैं गरी एकजनाले हल गोरु खुल्ला चौरमा घुमाइरहेका हुन्छन् । तर पराल भने छैन । हल गोरु घुमिरहेको ठाउंको बीचमा अर्का एकजनाले मेसिनमा उखुका लामा लामा लांक्रा घुसारिरहेका हुन्छन् । अनि हल गोरु घुम्दा उखुका लांक्रा पेलिएर रस बन्छ । रसलाई ठूलो भांडामा जम्मा गरिएको हुन्छ । अनि छेउैमा तन्दुर रोटी पकाउने भट्टी जस्तै बडेमानको रसेटो (चुल्हो) छ । त्यहांका दुईवटा चुल्हामा ७० लिटर अट्ने डेक्ची छन् । जुन डेक्चीमा उखुको रस पाकेर खुदो बनिरहेको हुन्छ ।

मेला हेर्न आएका दर्शकले त्यो तातो खुदो किनेर गिलासमा चिया जस्तै खाइरहेका हुन्छन् । संगै रहेको स्टलमा जगमा तातो खुदो, तयारी खुदोको बोतल, गुड, मकैको आटो,कोदोको पीठो, टिमुरको छोप लगायत अर्गानिक खानेकुरा र मकैबाट बनेका चिजबल,पोला आदि सजाएर राखिएको हुन्छ । यो दृश्य तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा सञ्चालन गरेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सवको हो ।

हिपत (हिमाल पहाड तराई) फुड प्रोडक्ट तिलोत्तमा ४ नयांमिलले राखेको यो स्टलको दृश्यले मेला हेर्न आउने जोकसैको ध्यान तानिरहेको हुन्छ । सांस्कृतिक कार्यक्रम हुने स्टेजको अगाडि पट्टी रहेकाले पनि यो स्टलमा धेरैजनाको नजर गइहाल्छ । खासगरी शहरमा हुर्केका बालबालिका र किशोर किशोरी यो दृश्य विल्कुलै नौलो र रोचक मानेर झुम्मिएर हेर्ने गरेका हुन्छन् ।

‘धेरैजना मेलामा हल गोरु ल्याएर किन घुमाएको होला भनेर एकछिन अचम्म पर्छन्’–हिपत फुड प्रोडक्टका सञ्चालक शिवलाल गौतमले भने–‘वास्तवमा हाम्रो स्टल मेलाको नौलो र दर्शकको लागि आकर्षण बनेको छ ।’ आफ्नो स्टलमा खुदो खाने मात्र हैन, तयारी खुदो, गुल्मी थोर्गाको गुड, मकैको आटो,कोदोको पीठो, टिमुरको छोप खरिद गर्ने र अर्गानिक खानेकुराबारे चासो राख्ने दर्शक र उपभोक्ताको उत्साहजनक आगमन हुने गरेको शिवलालले बताए । खुदो र गुड आफन्तलाई दिन र विदेशमा पाहुर पठाउन पनि विक्रि हुने गरेको उनले बताए ।

२०६४ सालमा बिजी ग्रुप नामबाट ३० लाख लगानीमा गुड र खुदो बनाउने गरी शुरु भएको व्यवसाय २०७४ मा नयांमिलमा कोल्डस्टोरसहित स्तरोन्नति भएर ४ जनाको एक करोड २० लाख सामूहिक लगानीमा हिपत फुड प्रोडक्टको नामबाट सञ्चालन भएको
गौतमले बताए । शिवलालसंगै केशव अधिकारी, हरि पौडेल र घनश्याम पौडेलको साझेदारीमा चलेको उद्योगले हाल मकैबाट चिजबल र पोला (ढुंग्रो) उत्पादन गरिरहेको छ । खासगरी गोरु घुमाएर उखु पेलेर खुदो बनाउने काम गर्ने यस क्षेत्रमा आफूहरु मात्र भएकाले पनि मेला आयोजकहरुले जसरी पनि स्टल राख्न अनुरोध गर्ने गरेको केशव अधिकारीले बताए ।

तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले हिपत फुड प्रोडक्टको स्टल मेलाको आकर्षण बनेको स्वीकार्छन् । ‘मेलामा औद्योगिक उत्पादन,कृषि,गार्मेन्ट,रेष्टुरेन्ट,आदिका तीन सय स्टल छन् तर उखु पेलेर खुदो बनाएको लाइभ हेर्न पाइने यो स्टल धेरैका लागि नौलो भएको छ’–उनले भने ।
तिलोत्तमाको भलबारीबाट मेला हेर्न आएका प्रितम पाण्डेले रुघाखोकी,पिनास,टन्सिलको समस्यालाई तातो खुदो खांदा राम्रो हुन्छ भन्ने बुढापाकोको भनाई सुनेर खुदो खान मेलामा आएको बताए ।
सरकारी निकायले खुदो र गुडमा समेत अन्तशुल्क कर लिंदा आफूहरुलाई व्यवसायलाई निरन्तरता दिन कठीन भएकाले यसमा पुनर्विचार गरिदिन सञ्चालक शिवलालले सरकारसंग आग्रह गरे । उद्योगले २५ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको भन्दै सरकारी निकायले खुदो र गुडमा कर छुट दिएमा यसको उत्पादन बढाउन र थप रोजगारी सिर्जना गर्न सकिने शिवलाल बताउंछन् ।

मिलबाट प्रशोधन भई बनेको चिनीको तुलनामा गुणस्तरीय गुड मानव स्वास्थ्यका लागि धेरै फाइदाजनक भएकाले सरकारले यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उद्योग सञ्चालकहरुको माग छ ।
मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले कृषिजन्य र त्यसमा पनि अर्गानिक उत्पादन गर्ने उद्योगीका माग सरकारले सुन्नुपर्ने र उद्योगी तथा किसानका माग सरकारसम्म पुराउन यस्तो मेला महोत्सवहरुले पनि भूमिका खेल्ने बताउंछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?