ट्रेंडिंग:

>> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

विश्व मधुमेह दिवसमा साइक्लोथन

२८ कार्तिक २०८०, मंगलवार
२८ कार्तिक २०८०, मंगलवार

बुटवल, २८ कार्तिक । विश्व मधुमेह दिवसको अवसरमा केन डाईबेटिज एण्ड थाइरोइड सेन्टर तिलोत्तमाले सचेतनामुलक साईक्लोथन कार्यक्रम गरि मनाएको छ । मधुमेह र थाइराइडको विशेषज्ञ उपचार सेवा दिदै आएको सेन्टरले बुटवल युनाईटेड साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल सिटी बुटवल, तिनाउ साईक्लिङ क्लब लगायतको सहकार्यमा २० किलोमिटर दुरीको साईक्लोथन कार्यक्रम गरेको हो । केन्द्रको परिसर शंकरनगरबाट शुरु भएको साईकल रयाली मणिग्राम हुदै योगीकुटी कालिकापथ, कालिका मन्दिर, नेपालगंज रोड, ट्राफिक चोक, राजमार्ग चौराहा हुदै पुनः केन सेन्टरमा पुगेर समापन गरिएको थियो ।

समापन कार्यक्रममा केनका प्रबन्ध निर्देशक दिनेश कक्षपतिले आफुहरु संस्थागत रुपमा १७ औ विश्व मधुमेह दिवस मनाईएको बताए । सचेतना कार्यक्रमलाई जोड दिनसके यसबाट बिरामीहरुमा आईलाग्ने जोखिमबाट बचाउन सकिने अवधारणसहित कार्यक्रम गरिएको उनले बताए । ‘स्वस्थ्य इमान्दारी आजको मुख्य समस्या छ ।’—उनले भने । यो चिकित्सकमा पनि र बिरामीमा पनि कमजोरी रहेको भन्दै उनले बिरामीहरु निको भएपछि बिचमा आवश्यक परिक्षण छोड्दिने कारण समस्या बल्झिने गरेको उनले बताए । आफु स्वस्थ्य ईमान्दारीलाई मुख्य जोड दिदै आएको उनले बताए । कतिपय बिरामीहरु आफै रिर्पोट हेरेर औषधी खाने गरेको उदाहरण दिदै उनले चिकित्सकहरुको परिक्षणबिना यस्तो गर्न नहुने उनको आग्रह छ । मधुमेह रोग लागेका बिरामीलाई क्यालोरी बर्न गर्नु महत्वपूर्ण मानिन्छ । त्यसको लागि साईक्लिङ र स्वीमिङ सबैभन्दा उत्तम हुने उनले बताए । बुटवलमा युवाहरुको स्वस्थ्य परिक्षणको क्रममा ५० प्रतिशत भन्दा बढीमा समस्या देखिएको भन्दै उनले खानपिन र जीवनशैली समस्याको कारण भएको बताए । यस विषयमा सचेत हुनुपर्ने उनले आग्रह गरे ।

साईक्लिष्टहरुसंग सहकार्यमा एक दिने निशुल्क शिविर गर्न आफु तयार रहेको भन्दै उनले मधुमेह, कलेजो, मुटु र कोलेस्ट्रोल, मृगौलाको निशुल्क परिक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘रोग बारे समयमा नै पहिचान गरौ ।’—उनले भने । आफनो बुबालाई मधुमेहका कारण १९ वर्षअघि मृगौला खराब भएर प्रत्यारोपण गरेको स्मरण गर्दै अहिले आफनै जन्मथलोमा समुदायमा अभियान चलाउदै आएको बताए । सेन्टरमा निशुल्क काउन्सिलको ब्यवस्थापन रहेको भन्दै उनले खाना र ब्यायामको सन्तुलन ल्याउने उपचार पद्यतीबाट मधुमेहको सही उपचार हुने दाबी गरे ।

कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले अत्यान्तै सृजनसिल कार्यक्रम गरिएको बताए । अन्तराष्ट्रियस्तर मापदण्डमा रहेर पहिचान दिने गरि अभियानमुलक कार्यक्रम भएको भन्दै यो सन्देशलाई सबैलाई प्रवाह गर्न सकेमात्र कार्यक्रम सफल हुने बताए ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?