ट्रेंडिंग:

>> तिनाउ नदीमा डुबेर कालिकाका विद्यार्थीको निधन >> बुटवल देशकै सबल आर्थिक केन्द्र >> रामग्राममा वुद्ध जयन्तीको अवसरमा धातु जात्रा >> राप्ती राजमार्ग बन्द हुने >> गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न आदेश >> बाँकेमा ३५ हजार बढी बालबालिकालाई आईपीभी खोप लगाईँदै >> सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा >> कर्णालीमा कृषि मन्त्रालय स्वीकार गरि विनोदकुमारले आजै सपथ लिने >> सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति >> जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक  सहयोग आवश्यक: प्रचण्ड >> दाङमा ३७ हजार बढी बालबालिकालाई आइपीभी खोप लगाइँदै >> अदालतको अनुमति लिएर अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नहुने रास्वपाको जिकिर >> नेपालमा जलवायु परिवर्तनका कारण बङ्गलादेशको अस्तित्व खतरामा पर्ने चिन्ता >> विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ >> जैविक विविधता योजनाको हिस्सा किन र कसरी बन्ने ? >> अदालती प्रक्रियामा बढ्ता हो–हल्ला गर्न जरुरी छैन: प्रचण्ड >> सिरोहियालाई धनुषा अदालतमा म्याद थपका लागि ल्याइयो, सुरक्षा व्यवस्था कडा >> प्रधानमन्त्री अदृश्य अधिनायकवादतर्फ उद्यत : सुधिर शर्मा >> कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै >> वडा नं. ३ लाई उजिरसिह वडा कप क्रिकेटको उपाधि >> चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना >> लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, सिद्धार्थनगर–१ को अधिवेशन >> सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना >> च्याम्पियन टिमलाई ‘दाता’ को पीर >> गुलियो उखु, अमिलो मन >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा

इजरायली आक्रमणमा संयुक्त राष्ट्रसंघीय निकायका सय बढी कर्मचारीको मृत्यु

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

बुटवल,२५ कात्तिक । प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रस‌ंघीय निकाय यूएनआरडब्लूएका प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ ।

‘यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा मारिएको पुष्टि भएको छ’, युएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनीले ट्वीटरमा लेखेका छन्।

‘यूएनआरडब्ल्यूए शोकमा छ, प्यालेस्टिनीहरूले शोक मनाइरहेका छन्, इजरायलीहरू शोक मनाइरहेका छन् । यस त्रासदीको अन्त्यका लागि अब मानवीय युद्धविरामको खाँचो छ।’

गत अक्टोबर ७ मा इजरायल र हमासबीच भएको युद्धपछि आफ्ना १०१ जना कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय निकायले एक भिडियो सन्देशमार्फत जनाएको छ।

उनीहरु शिक्षक, विद्यालयका प्रिन्सिपल, इन्जिनियर, डाक्टर, मनोविद, सहयोगी कर्मचारी, सफाइकर्मी र प्राविधिक कामदार थिए। संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यो दुःखद खबरले आफू मर्माहत भएको बताएका छन्। ‘हामी यस दुःखद् घडीमा हाम्रा सबै बहादुर यूएनआरडब्ल्यूए सहकर्मी र उनीहरूको परिवारसँग साथमा रहनेछौँ ।

करिब पाँच हप्ताअघि अक्टोबर ७ मा हमासका लडाकुले गाजाको सीमा पार गरेपछि इजरायलले हमास शासित गाजा पट्टीमा आक्रमण शुरु गरेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?