ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

कुखुराको मासुः सस्तोमा उठाएर महङ्गोमा बिक्री !

२३ कार्तिक २०८०, बिहीबार
२३ कार्तिक २०८०, बिहीबार

बुटवल, २३ कार्तिक । रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का किसान बाबुराम कार्की कुखुरापालक किसान हुन । उनले कुखुरालाई जिउँदो २ सय २५ रूपैयाँमा बिक्री गर्दै आएका छन् । होलसेल व्यापारी उनको फार्ममा नै आएर ब्राईलर कुखुराको खरिद गर्दै लैजाने गरेका छन् । उनले विक्रि गर्ने मूल्य भनेको २ सय २५ रूपैयाँ हो । अहिले बजारमा प्रतिकिलो मासुको मुल्य ४ सय छ ।
यसमा बीचमा करिब १ सय ७५ रूपैयाँ फरक पर्दछ । प्रतिकलो जिउँदो कुखुरा काट्दा केही प्रतिशत मात्रै मासु कम हुन्छ । तर होल सेल व्यापारीको रूपमा रहेका विचौलियाहरूले भने सस्तोको कुखुरा उठाएर मासु काटेर बिक्री गर्न व्यवसायीहरूलाई दिँदै आएका छन् । उनीहरूले बिक्री गर्ने मुल्य भन्दा १ सय २० रूपैयाँदेखि १ सय ४० रूपैयाँ मात्रै अन्तर बनाउने मासु व्यवसायी संघको सम्झौता छ ।
तर होल सेल व्यवसायीहरूले भने विक्रि मुल्य भन्दा १ सय ४० प्रतिकिलोको हिसाब गर्दा बजार मुल्य ४०० मा १ सय ४० घटाउँदा २ सय ८० देखि २ सय ६० रूपैयाँमा जिउँदो कुखुरा मासु काटेर बिक्री गर्ने व्यवसायीहरूलाई दिँदै आएका छन् । किसानबाट २ सय २५ रूपैयाँमा लिएको कुखुरा होलसेल व्यवसायीहरूले प्रतिकीलोमा जिउँदै २ सय ८० देखि २ सय ६० मा बिक्री गर्दै आएका हुन । यसमा किसानबाट ३५ देखि ५५ रूपैयाँ प्रतिकिलोमा नाफा खाँदै आएको पाइएको छ ।

दशैंको बेलामा ४ सय ४० रूपैयाँ सम्म पुगेको कुखुराको मासु अहिले घटेको छ । अहिले ४ सय रूपैयाँ प्रतिकिलोमा मासुको बिक्री वितरण गर्ने गरी मूल्य निर्धारण गरिएको रूपन्देही मासु व्यवसायी संघले जनाएको छ । यद्यपी अझै केही व्यवसायीहरूले भने पुरानै मुल्य ४ सय ४० मा बिक्री गर्दै आएका छन् ।

मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष चुरामणी घिमिरेका अनुसार अहिले मूल्य घटाएर ४ सय निर्धारण गरिएको छ । किसानले पाउने मुल्य भन्दा पनि आफूहरूले होलसेलव्यवसायीबाट कुखुरा लिएर बिक्री गर्ने भएको कारण किसानहरू ले पाउने मूल्य कमी भएको बताउँछन् । उनले होलसेल व्यवसायीहरूबाट प्रति किलोमा १ सय २० देखि १ सय १४० को अन्तरमा बजार मुल्यमा लिन पाउने गरी सम्झौता भएको सोही अनुसार कार्यान्वयन भएको बताउँछन् ।

चार्ड पर्व आएपनि भारतबाट अवैध रूपमा सस्तोमा कुखुरा लुकीछिपी आउने गरेको कारण नेपाली किसानहरू मर्कामा परेको कुखुरापालक किसान बाबुराम कार्कीको भनाइ छ । उनी भन्छन्–‘बजार झनै डामाडोल छ, भारतबा आएका कुखुराको कारण थप मर्कामा परेका छौै । ’
कुखुराको दानाको मुल्य समेत अहिले बढेको कारण किसानले भने अनुसार, लागत अनुसारको भाउ नपाएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?