ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

बजारमा दुध ५० प्रतिशत माग घट्यो

दुधजन्य ठुलो लगानीका उद्योगहरु बन्द हुने अवस्थामा, दुधको कन्भर्सन स्टकको लागत सरकारले अनुदान दिनुपर्ने माग
२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

बुटवल, २० कार्तिक । बजारमा दुधको माग ५० प्रतिशतले घटेको भन्दै यो विकराल अवस्थामा दुध ब्यवसायीहरुले हितमा सरकारबाट विशेष योजना ल्याउनुपर्ने सुझाव दिए । नेपाल डेरी एसोसियसन लुम्बिनी प्रदेशको आयोजनामा प्रदेशका दुग्ध सरोकारहरुसंग छलफल कार्यक्रममा हाल दुधको बजारमा ५० प्रतिशत कटौती भै दैनिक करिब साठी हजार लि दुध बढि भै कन्भर्सन गरि स्टक गर्नुपर्ने बाध्यता देखिएको भन्दै यो मुल्य सरकारबाट अनुदान उपलब्ध गराउनुपर्ने सुझाव दिए ।

कार्यक्रम लुम्बिनी प्रदेश नेपाल डेरि एसोसिएसनका अध्यक्ष थानेश्वर न्यौपानेले अहिलेको परिणाममा स्टक गर्दा किसानलाइ दुधको भुक्तानी समयमा गर्ने नसकिने अवस्था रहेको भन्दै समयमा भुक्तानी नगर्दा किसान पशुपालनबाट पलायन हुने र भुक्तानी गर्न उद्योगसंग रकम नहुने बिकराल अवस्था सृजना भएको बताए । सरकारबाट नै कन्भर्सनको लागत रकम उपलब्ध हुने गरि अनुदानको ब्यवस्था हुनुपर्ने तथा उत्पादित दुध पदार्थको ब्यवस्थापन सरकारले गर्नुपर्ने उनले आग्रह गरे ।

केन्द्रिय दुध उत्पादन सहकारी संघका केन्द्रिय सदस्य हरि काफ्लेले सबै सरोकारवाला बजारको यो अवस्थालाई न्युनिकरण गर्न एकजुट भएर खरिद र बिक्रि मुल्यमा समायोजनको बिरोध गर्नुपर्ने भन्दै सरकारबाट नै अनुदानको ब्यवस्था हुनुपर्ने बताए । किसानलाई सुरक्षित गर्दै उद्योगहरु चल्नुपर्ने उनको सुझाव दिए । किसान र किसानका राष्ट्रिय उद्योगहरुलाई जोगाउने गरि साझा धारणा अगाडी बढाउनुपर्ने उनले बताए ।

नेपाल डेरी एसोसियसनका पुर्ब केन्द्रिय अध्यक्ष मेघराज भण्डारी, लुम्बिनी दुध बितरण आयोजनाका आयोजना प्रमुख योगेन्द्र शाह, डेरी संघका लुम्बिनी संयोजक बिक्रम रिजालले मिल्क होलिडे नगरी दुधको ब्यवस्थापनमा सरकारलाई सचेत गराउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?