ट्रेंडिंग:

>> पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र नमेटिने घाउको आफ्नो दृश्यको डबिङ >> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

ट्रकले नपालिएपछि बाख्रा पाल्दै

१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), १९ कार्तिक । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, बनकसबासाका सुनिल घिमिरे यतिबेला बाख्रा हेरचाह गर्न निकै व्यस्त हुन्छन् । कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने ४३ बर्षिय उनी उदाहरण बनेका छन् । ४८ लाखको लगानी गरेको ट्रक पाँच वर्ष चलाएका थिए ।
त्यसपश्चात २०७७ सालमा १९ लाखमा ट्रक बेच्ने निधो गरे । यातायातको सिन्डिकेट हटे पछि न्यूनतम भाडा दर कायम हुन नसक्दा घाटा हुन लागे पछि ट्रक बेचेका थिए । सामान्य खोर बनाएर बाख्रा पालनमा सुरू गरेका व्यवसायी सुनिलको सोँच अनुसार लगानी जुट्न नसकेपछि स्थानीय जातका बाख्रामा क्रस गर्दै व्यवसायलाई अगाडि बढाए । यातायात व्यवसायी त्याग गरी कृषक भएका घिमिरेले नस्ल सुधार र आधुनिक तरिका अपनाउँदा कृषिबाट मुनाफा भएको उनी बताउँछन् ।

सात वर्ष वैदेशिक रोजगार (साउदी अरेबिया) र १६ वर्षसम्म यातायात व्यवसाय सञ्चालन गर्दै आएका थिए । तीन वर्ष अगाडि एक पाखे टिनको छानो राखी आठ ओटा बाख्राबाट व्यवसाय सुरुवात गरेको उनले अनुभन सुनाए । अघिल्लो वर्ष ७ लाख लगानी गरी आधुनिक खोर निर्माण गरिएका थिए । एक वर्ष मै २५ वटा बाख्राबाट पाठापाठी हुर्किएर ६३ पुगेको घिमिरेको भनाइ छ । पाठापाठी बाहेक ४० ओटा माउ र २ ओटा बोयर र सिरोही जातको प्रजनन बिउ रहेका छन् । घिमिरेले भने– “पहिला घरमा एक दुई ओटा बाख्रा पालिन्थ्यो । एक गैह सरकारी संस्थाले टोलको एक समूहमा बोयर जातको बोका सहयोग गरेको थियो । मेरो घरमा रहेको बार्वरी जातको बाख्राको क्रसबाट उत्पादन भएको बोका ८ महिनामा २७ किलो पुगेपछि गाडी बेचेर आएको रकमबाट व्यवसायीक बाख्रा पालन सुरुवात गरे । यातायात व्यवसायी भएर ट्रक गुडाउनु भन्दा बाख्रापालनमा सन्तुष्टि रहेको पाएको घिमिरेले भने, “अहिले खरी (स्थानीय प्रजाति) र जमुना पारी गरी ५ जातका बाख्रा रहेका छन् ।” उनलाई किडार्क नेपाल संस्थाले खोर बनाउन १ लाख रकम सहयोग गरेको उनले बताए ।

हाल ३० देखि ७८ किलोसम्मका बोका उत्पादन भएका छन् । वन क्षेत्रमा चराउन लाने र गेहुँको भुस, ब्रान चोकर र मकै मिसाएर खुवाएर पालेको हुँदा अर्गानिक बोका भन्दै ग्राहकहरू घर मै खरिद गर्न आउने गरेको उनले दावी गरे । मासु प्रयोजन बोका जिउँदो प्रति केजी ५५० प्रजनन बीउ बोका प्रति केजी ६५० मा बिक्री हुने गरेको छ । शिवराज नगरपालिकाले तालिम औषधि उपचार तथा परामर्श लगायतमा सहयोग गरेको नगरपालिकाका पशु विकास शाखा प्रमुख धनेश्वर खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?