ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

ज्योतिष विद्याको वैज्ञानिक अध्ययन र प्रचार जरुरीः संचारमन्त्री शर्मा

१६ कार्तिक २०८०, बिहीबार
१६ कार्तिक २०८०, बिहीबार

दाङ, १६ कात्तिक ।

संचार तथा सूचना तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले नेपालमा धार्मिक सद्भाव कायम राख्न हिन्दु समुदायको विशेष भूमिका रहेको बताएकी छन् ।

नेपाल ज्योतिष परिषद्को १८ औँ राष्ट्रिय ज्योतिष सम्मेलन तथा अध्यात्म सम्मेलनको उदघाटन समारोहलाई बिहीबार घोराहीमा सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपनि बहुसंख्यक हिन्दु समुदाय तथा सनातनीको प्रतिनिधित्व भएकाले देशमा धार्मिक सदभाव कायम राख्न विगतदेखि निर्वाह गर्दै आएको भूमिकालाई अझ बढाउन आवश्यक रहेको बताइन् ।

‘नेपालमा धार्मिक सदभाव कायम गर्नका निमित्त हिन्दु समुदायले, सनातनी समुदायले विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अहिलेको परिवेशमा पनि धार्मिक सदभाव खल्बलिन नदिन र धार्मिक सदभाव कायम गर्न हामी सबैले महत्वपूर्ण भुमिका निर्वाह गर्न जरुरी छ, यसमा अझ धेरै भूमिका हिन्दु समुदायको, सनातनी समुदायको छ जस्तो मलाई लाग्छ’, उनले भनिन् ।

उनले भनिन् ‘पूर्वीय दर्शन अध्ययनको केन्द्रविन्दु दाङ बन्न सक्छ भन्ने मलाई लाग्छ, यस क्षेत्रका विज्ञ र जानकार दाङ आउनुभएको छ, यसको बारेमा यहाँहरुले सोच्नु हुनेछ, बुझ्नु हुनेछ’ उनले भनिन्, ‘ अध्ययन र अनुसन्धानले दाङसहित नेपाललाई कसरी विकास गर्न सक्छौँ भन्ने बारेमा योजना बनाउने आशा राखेको छु ।’

पूर्वजहरुले आर्जेको देश आफैमा सनातनी धर्मको जगमा उभिएको बताउँदै मन्त्री शर्माले यो क्षेत्रमा थुप्रै धार्मिक धरोहर र अध्ययनको केन्द्र रहेको औँल्याउँदै यसको संरक्षण र सम्वद्र्धनमा जुट्नुपर्ने बेला आएको बताइन् । यो क्षेत्रमा सबै थोक छ, स्वर्गद्वारीको काखमा रहेको दाङमा पाण्डवेश्वर, अम्बिकेश्वरी, बाह्रकुने, गोरक्ष पात्रदेवता लगायत थुप्रै धार्मिक आस्था रहेका मठ मन्दिर रहेका छन्, यही पुर्वीय दर्शन अध्ययन गर्न सकिने सिंगो संस्कृत विश्वविद्यालय छ, वास्तवमै यो पूर्वीय दर्शन अध्ययनको केन्द्र बनिसक्नु पर्ने हो तर यो सबै बाँदरको हातमा नरिवल बनाउन त खोज्दै छैनौ भन्ने प्रश्न खडा भएको छ । यसलाई त हामीले अन्तर्राष्ट्रिय अध्ययनको केन्द्र बनाउनुपर्ने हो, तर यो गुमनाम बनाएर महत्व खुम्च्याएर राख्नुपर्ने बिडम्बना भएको छ । हामीले यसको बारेमा पनि सोँच्नैपर्छ ।’

यसैगरी, उनले पूर्वीय दर्शनप्रतिको प्रभाव, हस्तक्षेपहरुबारे नकारात्मक अवधारणा चिर्न सक्ने संयन्त्र बनाउन अपिल पनि अपिल गरिन् । नेपाल पूर्वीय दर्शनको आधार थलो हुँदा हुँदै पनि यसको सही उपयोग अझै हुन नसकेको जिकिर गरिन् । उनले भनिन् ‘नेपाल पूर्वीय दर्शन अध्ययन र अनुसन्धानको केन्द्र हो तर हामीले यहाँको बारेमा विश्वलाई बुझाउन अझै सकिरहेका छैनौँ, यसले गर्दा पूर्वीय दर्शन पढ्न अमेरिका जानुपर्ने अवस्था त हुन्न ? भन्ने अवस्था सिर्जना भएको छ । जबकी पश्चिमा देशका नागरिक ज्योतिष विज्ञान र पूर्वीय दर्शन पढ्न लालायित छन् । उनीहरु ठूलो संख्यामा ज्योतिष विज्ञानमा विश्वास गर्छन् । ज्योतिष विज्ञान पढिरहेका छन् । यस प्रति उनीहरुको अस्वाभाविक आकर्षण बढेर गएको छ ।’

आजको विज्ञानको विकासको आधार पूर्वीय दर्शन र ज्योतिष विज्ञान रहेको बताउँदै उनले युवाहरुमा ज्योतिष विज्ञानलाई विज्ञान प्रविधिसँग जोड्न सके धार्मिक र सांस्कृतिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा ज्योतिष वास्तु तथा कर्मकाण्ड पेशालाई मर्यादित र व्यवस्थित गराउनुका साथै जनमानसमा यी विधाहरुको प्रचारप्रसार गर्न र ज्योतिष विज्ञानको अध्ययन अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरुलाई मनन गरी वास्तविक तथ्यको निक्र्यौल गर्ने प्रयास हुने बताईएको छ । उद्घाटन समारोहमा परिषदका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार पञ्चाङ्गकार डा. लोकराज पौडेल लगायतको सहभागिता रहेको छ ।

सम्मेलनमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तुविषयक, ई लक्ष्मीप्रसाद सोतीले वास्तुमा पञ्चतत्वको अवस्था र महत्व विषयक, प्रा. प्रेमकुमार आचार्यले संस्कारको महत्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । प्राध्यापक डा अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विचार विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । केन्द्रीय समिति अध्यक्ष ज्योतिषी माधवराज पाण्डेको अध्यक्षतामा शुरु भएको सम्मेलनमा संस्थापक अध्यक्ष लोकराज पौडेलले नेपाल ज्योतिष परिषदको विगतदेखि वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । महासचिव कमलप्रसाद काफ्लेले ज्योतिष विज्ञानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन खगोगशास्त्र अध्ययन गर्न टेलिस्कोप आवश्यक रहेको हुँदा नेपाल सरकारसँग सहयोगको अपिल गरे । दुइदिनसम्म चल्ने सम्मेलनमा देशभरका ज्योतिष वास्तु तथा कर्मकाण्ड क्षेत्रमा लागेकाहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?