ट्रेंडिंग:

>> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै

सरायँ नाच संरक्षणमा युवा मोह

१३ कार्तिक २०८०, सोमबार
१३ कार्तिक २०८०, सोमबार

गुल्मी, १३ कार्तिक । गुल्मी जिल्लाका युवाहरू यतिबेला ऐतिहासिक सरायँ नाच संरक्षणमा जुटेका छन । पछिल्लो समयमा परम्परागत रूपमा खेलिदै आएको सरायँ नाच लोप हुँदै जान थालेपछि यहाँका युवाहरू संस्कृतिको संरक्षणका लागि जुटन थालेका हुन । बडा दशैंको बेला खेलिने सरायँ नाच जिल्लाको निकै पुरानो संस्कृतिको रूपमा चिनिन्छ ।

पछिल्लो समय पुराना पाका उमेर समूहका व्यक्तिहरूको देहवशान र युवाहरूको विदेश पलायनसँगै सरायँ नाच संकटमा पर्दै जान थालेको छ । गुल्मी जिल्लाको रेसुङ्गा, मुसिकोट, धुर्कोट, इस्मा, छत्रकोट, मालिका, मदाने, चन्द्रकोट लगायतका पालिकाकाका युवाहरू यसको संरक्षणमा जुटेका हुन । दशैं टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म जिल्लाका मुख्य मन्दिर, देवालय, तथा शक्तिपीठका कोतकोतहरूमा सराय नाच्ने प्रचलन छ । जिल्लाको मुसिकोटको जोगिथुम, छत्रदेवालय, अर्जै, घमिर, धुर्कोट, चोयँगा, अमरपुर, धागिथुम लगायतका स्थानहरू सरायँ नाचका लागि निकै प्रख्यात स्थलहरूको रूपमा परिचित छन । एकादशीदेखि पुर्णिमाका दिनसम्म यी स्थानहरूमा हजारौं मानिसहरू मेला हेर्न र सरायँ नाच्नका लागि घुँईचो लाग्ने गर्दछ ।

स्थानीयहरू मात्र हैन गुल्मी जिल्ला बाहिर रहेका व्यक्तिहरू पनि यहाँको सराय नाँच हेर्नका लागि आउने गर्दछन । सबै मानिसहरूको एकै ठाउँमा जमघट हुने र वर्षौदेखिका पुराना आफन्त र साथीभाइहरूसँग पनि भेटघाट हुने भएका कारण मानिसहरूको बाक्लो उपस्थिति हुने गर्दछ । रुमाल र तरवार नचाएर एक आपसमा खुसी साटासाट गरेर सरायँ नाच नाँचिन्छ । संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई सराए नाँचको महत्वबारे जानकारी गराउने उद्देश्यले गुल्मीका युवाहरूले परम्परागत संस्कृतिको जगेर्नामा लागेको मुसिकोट युवा क्लवका अध्यक्ष बसन्त अधिकारीले बताए ।
मन्दिरमा चढाइएका खोडा र दशैंको बेलामा राखिएका जमराको माला र धोति पासा सहितको एउटै पहिरन लगाएर सरायँ नाच प्रदर्शन गर्ने प्रचलन छ । कतिपय लहैलहैमा हातमा रुमालको सहायताले पनि सरायँ नाचमा झुम्मी रहेका हुन्छन । पछिल्लो समयमा नयाँ पुस्ताले अनुसरण नगर्दा सरायँ नाच लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय हरि घिमिरेले बताए ।

ईस्मा गाउँपालिका अन्तर्गत ताल्तुङमा पनि युवाहरूले स्थानीय स्तरमै आपसमा सहयोग उठाएर सरायँ नाचको संरक्षण गर्दै आएको स्थानीय राजेन्द्रबिक्रम कुँवर बताउँछन । उनले पछिल्लो समय सराय खेल्ने भन्दा हेर्नेहरूको संख्या धेरै भएपछि यसपटकको दशैंको अवसरमा अभियानै चलाएर सरायँ नाच संरक्षणमा युवाहरू परिचालन भएको बताए । कुँवरले पुराना पुस्ताहरू सकिदै जाँदा पुराना कला संस्कृति पनि हराउँदैै जाने संकट पैदा भएको भन्दै यसको संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए ।

मन्दिरमा राखिएका तरवार निकालेर तिनै तरवारलाई घुमाउँदै एक आपसमा जोडिएर सराय नाच्ने गरिन्छ । सरायँ नाँच धेरैजसो गुल्मी लगायत अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान लयागतका जिल्लाका कोट र शक्तिपिठहरूमा नाँच्ने प्रचलन छ । यसरी सरायँ नाच्दा देवी भगवती प्रसन्न हुने जनविश्वास रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?