ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य
मायादेवीमा जनप्रतिनिधि कर्मचारी विवादः

दशैंको मुखमा शिक्षक–कर्मचारी तलब विहीन

२७ आश्विन २०८०, शनिबार
२७ आश्विन २०८०, शनिबार

बुटवल, २७ असोज– कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका संघीय तहबाट आएका प्रमुख प्रशासकीय अधिकृतलाई समयमा नै अध्यक्षले हाजिर नगराउँदा पालिकामा सयौंको संख्यामा रहेका शिक्षक, कर्मचारीहरू दशैंको मुखमा तलब बिहिन हुने अवस्था आएको छ ।
यो भन्दा पहिला पनि २ पटा सम्म पालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत लाई पालिका अध्यक्ष वलिउद्दीन मुसलमान ले हाजिरै नगराएपछि फिर्ता गएको थिए ।

नेपाली काग्रेसबाट विजयी भएका अध्यक्ष वलिउद्दीन मुसलमानले आफु निकट व्याक्तिलाई मात्रै कर्मचारीको रूपमा राख्ने निहित स्वार्थ बनाएको कारण सिंगो पालिका नै अहिले बदनाम भैरहेको स्थानीयहरूको भनाई रहेको छ । जसको कारण दशैंको बेलामा कर्मचारीहरू तलब विहिनको अवस्थामा पुगेका हुन ।

पालिकाले संघीय मन्त्रालयबाट खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनबाट रोक लगाउदै आएको छ । पटकपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी हुन नदिएपछी उनिहरू फिर्ता गएका थिए ।
सो गाउँपालिका डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । पशु सेवाका परमेश्वर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रूपमा काम गरिरहेका छन् । उनी नै काम गर्न सजिलो व्यक्ति भएको भन्दै गाउँपालिकाले संघीय सरकारले पठाएका प्रशासन सेवाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने निणर्य पटक–पटक गरेको हो । पशु प्राविधिक क्षेत्र छैठौं तहबाट बनेका निमित्त प्रमुख प्रशासकीय यादवको कार्यशैली प्रति सेवाग्राही मात्र होईन कर्मचारी समेत आजित भएको बताइएको छ ।

उता सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ६ गते मायादेवी गाउँपालिकाको नाममा “निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द सम्बन्धमा’ पत्र समेत काटेको छ । जसको कारण उनले आर्थिक प्रशासनको काम गर्न पाउँदैन । पालिका अध्यक्षले उनलाई नै निमित्त बनाएर चलाउन खोज्ने तर संघीय मन्त्रालयले आर्थिक प्रशासन नै अधिकार नदिएपछि पालिकाको आर्थिक प्रशासको काम रोकीएको छ ।

संघीय मन्त्रालयको पत्रमा यादवको जिम्मेवारी रद्द गरिएको र मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतबाट मात्र उल्लिखित गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन छ । सो पत्रको धज्जि उडाउँदै गाउँपालिका अध्यक्षको निर्देशनमा यादवले आफ्नो गतिविधि सञ्चालन गरिरहेका हुन ।

गाउँपालीका अध्यक्ष वलिद्दिन मुसलमानले यस अगाडीका धनेश्वर पौडेल र राकेश चौधरीलाई हाजिर गर्न नदिएर फिर्ता पाठएका थिए । हाल तेस्रो पटक आएका सविनसिंह चौधरीलाई पनि हाजिर गराउने सुरसार नभएको पालिका स्रोत बताउँछ । पालिकाको अध्यक्ष वलिउद्दीन मुसलमानको फोन अफ छ । उनी भारत गएको भन्ने सूचना आएको जनाइएको छ । पालिकाका उपाध्यक्ष सरस्वती यादवले हजिर गराउने, खाता सञ्चालन गर्ने काम अध्यक्षको भएको भन्दै यसमा आफुले पहल गरेपनि सार्थक नभएको बताउँछिन् । बुटवल टुडे संगको कुराकानीमा उनले भनिन्–‘यो सब काम अध्यक्ष हो, उहाँ भारत जानुभएको छ, सोमबार तिर आएर नयाँ हाकीम जि लाई हाजिर गराउने सुनेको छु, तर कुरा के होला थाहा भएन । ’

स्थानीय तहका कर्मचारीको आन्दोलन र प्रमुख प्रशासकीय अधिकृत नहुँदा दशैको मुखैमा पालिकाबाट सेवा प्रवाह अवरुद्ध मात्र होईन सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीको तलवदेखि आपतकालिन कार्य समेत रोकीएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?