ट्रेंडिंग:

>> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति

ईन्डियन आईडलका रीटो रीवा ‘प्लान बि’ मा

२२ आश्विन २०८०, सोमबार
२२ आश्विन २०८०, सोमबार

बुटवल, २२ असोज । भारतीय रियालिटी शो ईन्डियन आईडलको १३ औं संस्करणमा उत्कृष्ट प्रस्तुती दिएका कलाकार रिटो रिवा असोज २६ गते शुक्रबार एक सांगितिक कार्यक्रमका लागि बुटवल आउदै छन । प्लान–बि क्लवको आयोजनामा हुने लाईभ कन्सर्टमा प्रस्तुती दिन ईन्डियन आईडलका गायक रीटो रीवा ८ जना सहयोगी कलाकारसहित बुटवल आउने भएका हुन । करिब १ हजार दर्शक क्षमता भएको प्लान–बि क्लवमा शुक्रबार साँझ ८ बजेदेखि राती १ बजेसम्म सांगितिक कार्यक्रममा रिटो रिवाले आफनो चर्चित गीतहरु पस्कने छन ।

भारतीय सिमा हुदै नेपाल भित्रने पर्यटकलाई लक्षित गरि पर्यटन प्रबद्र्धन र आर्थिक बिकासमा टेवा पुराउने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजक प्लान–बि क्लवका संचालक कमल रानाले बताए । आर्थिक मन्दी देखिएको बेला बुटवलमा पर्यटन प्रवद्र्धनमा रात्रीकालिन क्लबहरुबाट गरिएको कार्यक्रम महत्वपूर्ण हुने भन्दै यसमा सरकारबाट आवश्यक सहयोग र सहकार्य जरुरी रहेको रानाले बताए । ‘बुटवल बजारलाई पर्यटन प्रबद्र्धनमार्फत गुलजार बनाउने अभियान चलाएका छौ ।’ उनले भने । कार्यक्रममा प्रवेशका लागि रु १ हजार र १ हजार ५ सयको टिकटको ब्यबस्था गरिएको क्लवका अध्यक्ष सुरेश कुमार श्रेष्ठले बताए । ‘प्रसिद्ध कलाकार आउने भएकाले सबै प्रकारका सुरक्षा ब्यबस्थाको उचित प्रबन्ध मिलाएका छौं ।’—अध्यक्ष श्रेष्ठले भने । यसबाहेक आफनै आन्तरिक प्रयोजनका लागि सुरक्षा दस्ता (बाउन्सर टिम) छ भने स्थानिय पालिका, प्रहरी, प्रशासनसँग पनि सहयोगका लागि समन्वय भैरहेको उनले बताए । रात्रीकालिन ब्यबसाय भएकोले उच्च सुरक्षा सतर्कता अप्नाईएको उनले बताए ।

सात जना स्थानिय युवाहरुको सक्रियतामा करिब १२ करोड रुपैयाँको लगानीमा संचालनमा आएको आधुनिक र सुबिधायुक्त प्लान–बि क्लवले हाल ६१ जना युवालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको क्लवका शेयर सदस्य जिवन काफ्लेले बताए । काफ्लेका अनुसार तिन महिनाअघि गत असार २३ गतेदेखि संचालनमा आएको सो क्लवमा दैनिक ३ हजारसम्म ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । दिनभर ब्यापार ब्यबसायमा ब्यस्त हुने र बाहिरबाट भ्रमणका लागि आउने आन्तरिक र बाह्य पर्यटकलाई अन्तराष्ट्रिय स्तरको मनोरन्जन दिने मुल लक्ष रहेको काफ्लेले बताए । उक्त क्लवमा अध्यक्ष श्रेष्ठ, संचालक राना र काफ्लेसहित मुकेश राना, रन्जन शाक्य, तेजबहादुर थापा र शिव थापाको संयुक्त लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?