ट्रेंडिंग:

>> परम्परागत रुपमा राज्य ब्यवस्थामा रहेको ढिलासुस्ती विकासको बाधक —प्रदेश प्रमुख शेरचन >> गाउँटोलमै साप्ताहिक स्वास्थ्य सेवा केन्द्र >> चटपटेको व्यापार : लगानी कम, आम्दानी राम्रो >> कुंवरवर्तीमा शुरु भयो पांचौं उपमेयरकप महिला भलिबल >> एमबीबीएसमा ७ जनासहित मणिमुकुन्दका १५ जनाले पाए पूर्ण छात्रवृत्ति >> नेपाल सुपर लिगमा धनगढी र इलाम तथा काठमाडौं र बुटवलबीच खेल हुँदै >> आन्तरिक उत्पादनको आलु–प्याजमा भ्याट नलाग्ने, आन्दोलन फिर्ता >> बुद्ध जन्मस्थलभित्र भारतीय दुतावासको सांस्कृतिक उत्सव >> कालिकाकी खनाललाई एभरेष्ट अन्तर विद्यालय वादविवाद उपाधि >> कविता लेख्ने नवोदित युवाहरूलाई >> ‘भुस्याहा कुकुर’ खोज्दै सैनामैना >> विमानस्थलमा सरकारको खोजी… >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम >> पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा >> एमाले बाहेकले देश बनाउने काम गर्न सक्दैनन् : ओली >> देश र राजनीति शीर्षकमा सहिद क्याम्पसमा गरियो नाटक मञ्चन >> ६ वर्षीया बालिकालाई करणीको आरोपमा आफ्नै बाबु पक्राउ >> यू–१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित >> प्रदेशमा सामुदायिक क्याम्पसको गरिमा बढाएको छ — मन्त्री सिके गुप्ता >> ९ जिल्लामा शान्ति समाजको नागरिक संवाद >> उधारो सहमती गरि सरकारले ठगेको निमार्ण ब्यवसायीहरुको गुनासो >> एभरेष्टमा वादविवाद >> गौतमबुद्ध विमानस्थलः नियमित अन्तर्राष्ट्रिय उडानका लागि व्यवसायीले थाले आन्दोलन >> यू १९ एसिया कपः नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य >> फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो >> एनसेलको सेयर बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ : गगन >> सरकार बिस्तारबारे लुम्बिनीका मुख्यमन्त्री र सभामुखबीच छलफल >> रिलायबल लाईफ इन्स्योरेन्सले दियो ३१ लाख २० हजार वीमा दावी >> १४ किलो सुन प्रकरण छानबिनका लागि समिति >> भारतलाई बिजुली बेचेर प्राधिकरणले गर्‍याे १५ अर्ब २४ कराेड आम्दानी >> समस्यामा परेका ऋणीलाई सहजीकरण >> एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै >> १६ दिने अभियान र महिलामाथिको हिंसा >> मध्यराति विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ >> ब्यवसायीमाथि हातपात, दुईजना पक्राउ >> मौसम पूर्वानुमान : कोशीमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना >> बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने >> राष्ट्रिय कृषि गणनाको तथ्यांकमा त्रुटीः रूपन्देहीको २४ विगाहामा सुन्तला खेती ! >> उपेक्षामा महिला स्वास्थ्य स्वयंसेविका >> हिंसाविरुद्धको अभियान र महिला पुरुष अधिकारको कुरा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव >> घोडेपानी र उल्लेरीलाई सडक सञ्जालले जोड्दै >> मानव अधिकार कला महोत्सव हुने >> प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण >> खेल सप्ताहको पाचौ दिन खेल जारी >> ऋण उठाएर कर्मचारीलाई तलब दिनुपर्ने लज्जास्पद अवस्था छ : ओली >> राजसंस्था पुन:स्थापनासहित ७ वटा एजेन्डा लिएर राप्रपा सडकमा उत्रिने >> मन्त्रिपरिषद् बैठक : एनसेल प्रकरण छानबिनका लागि ५ सदस्यीय समिति गठन
ताजा अपडेट

रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ

१२ आश्विन २०८०, शुक्रबार १०:४१
१२ आश्विन २०८०, शुक्रबार १०:४१

काठमाडौं,१२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २०८४ को चुनावमा कि पुराना दलहरु कि आफ्नो दलको राजनीतिक सटर बन्द हुने चेतावनी दिएका छन् । उनले उक्त चुनावमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेखेर उनले चार वर्ष मिलेर काम गर्न र त्यसपछि आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन्।

उनले राम्रा काम गरेर रास्वपालाई असान्दर्भिक बनाइिदन भनेका छन्। ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४–४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस्, आफ्नो अपार क्षमता’, उनले लेखेका छन् –‘जनताले तपाईँहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४–४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।’

उनले देशका तमाम समस्या सुल्झाउन रास्वपाबाहेकको सर्वदलीय सरकार गठन गरेर काम गर्न अपिल गरेका छन्। देशमा व्याप्त बेथिति अन्त्य गर्ने अन्तिम चार वर्षको रूपमा बुझ्न आग्रह गर्दै उनले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन्। ‘देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ’, उनले लेखेका छन्।

चार वर्षअघि नै ‘एड्भान्स’मा घण्टी बजाएर सचेत गराएको भन्दै उनले त्यसपछि कि पुराना दल रहने कि आफूहरू रहने चेतावनी दिएका छन्। ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर कि तपाईको कि हाम्रो, उनले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?