ट्रेंडिंग:

>> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

पाल्पा, १० असोज । केही महिना अगाडि पाल्पा अस्पतालका प्रमुख भएर आएका डा. विवेक भण्डारीले अस्पतालमा आएका ६० देखि ७० जना सम्मको मात्र स्वास्थ्य उपचार गरेर दिन काट्थे । तिनै डा. भण्डारी अहिले दैनिक ४ सय बिरामीको स्वास्थ्य परिक्षण गरिरहेका छन् । यसले अस्पतालमा विरामीको चाप बढेको संकेत गर्दछ ।

बिरामीको चाप बढन लागेपछि बिहान ८ बजे देखि नै बहिरंग सेवा सुरु हुन्छ । त्यती बेला देखि नै बिरामीको लाइन सुरु हुन्छ । अनि डा. भण्डारी जस्ता अन्य डाक्टर सहित स्वास्थ्य प्राविधिकको डिउटी सुरु हुन्छ । जिल्लाकै सबै भन्दा जेठो स्वास्थ्य संस्था मानिने पाल्पा अस्पताल केही समय अगाडिसम्म उपचार केन्द्र भन्दा रिफर केन्द्रको नामले परिचित थियो ।

अस्पतालले आफ्नो सेवा सुबिधालाई फराकिलो बनाउदै गएका बखतमा गत वर्ष स्वास्थ्य बीमा बोडले लुम्बिनी मेडिकल कलेजलाई बिमा कार्यक्रमबाट हटायो । जव निजी स्वास्थ्य सस्था लुम्बिनी मेडिकल कलेज बिमा कार्यक्रमबाट बिमुख भएपछि पाल्पा अस्पताल बिमीतहरूको प्रथम उपचार केन्द्र बन्यो । बिरामीको चाप बढ्दै गयो । साउन महिनाको अन्तिम साताबाट बिमा बोडले रकम भुक्तानी नगरेको भन्दै बिमीतको स्वास्थ्य उपचार नगर्ने मिसन अस्पतालले घोषणा ग¥यो । बिमा बोडले गत शुक्रबार सुचना प्रकाशित गरी मिसन अस्पताललाई समेत आफनो सुची बाट हटाएपछि पाल्पा अस्पतालमा थप चाप बढेको अस्पतालका प्रमुख डाक्टर भण्डारी बताउँछन ।

सरकारी स्वास्थ्य सस्थामा प्रयाप्त मात्रामा उपकरण, औषधी हुदैन त्यसै गरी डाक्टरसम्म हुँदैनन् भन्ने बुझाई थियो । लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताललाई उपचार केन्द्र बनाएका बिमीत उपचारका लागि पाल्पा अस्पतालमा पुगेपछि सबै भ्रम हराएको वगनासकाली गाउँपालिका चापपानीका बिमीत यमलाल तिमील्सीना आफनो अनुभव सुनाउँछन । सरकारी स्वास्थ्य सस्थामा सेवा सुविधा थप भए निजी सस्थामा उपचारका लागि जानेको संख्या कम हुन्छ । सरकारले यस्ता सस्थालाई सक्षम र बलियो बनाउनुपर्ने उनको सुझाव रहेको छ ।
स्वास्थ्य उपचारको क्रममा रैनादेवी छहरा गाउँपालिकाको जुठा पौवाबाट आएकी बाल कुमारी राना भन्दछिन् अन्य स्वास्थ्य सस्थाको तुलनामा

पाल्पा अस्पतालको प्रयोगशाला सेवा अत्यन्त न्युन मुल्यमा भए पछि आफू निकै प्रभावित भएको बताउँछिन । सरकारले निःशुल्क वितरण गर्न भनेको औषधि समेत पाउँदा खुसीको कुनै सीमा नभएको उनले बताइन । करिव सय वर्ष लामो इतिहास बोकेको यस अस्पतालले विभिन्न आरोह अवरोह पार गर्ने क्रममा पाल्पा अस्पतालबाट प्राथमिक स्वास्थ्य केन्द्र समेत भयो । राणा कालिन समयमा निर्मीत भवनबाट सेवा प्रवाह गरेको अस्पतालमा अर्थो सर्जन, सर्जरी, साइकाट्रिक, प्रयोगशाला रेडियोलोजिष्ट, बाल तथा शिशु, महिला तथा प्रसूति रोग विशेषज्ञ, डक्टरको दरबन्दी, कागजमा मात्र सिमीत रहेको छ । अस्पतालको भौतिक पूर्वाधार निर्माण र विशेषज्ञ सेवा दिन सकिए तानसेनलाई स्वास्थ्य क्षेत्रको हव बनाउन सकिन्छ । भौगोलिक बनोट र हावापानीको किसिमले तानसेन उत्तम भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष गुराश आत्रेय बताउँछन । सामान्य रूपमा सेवा प्रवाह रोकीएको छैन । अस्पतालमा प्रयोगशाला, एक्सरे राम्रो बन्दै गए ।

अस्पताललाई आवश्यक अक्सिजन आफै उत्पादन गरी लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालसम्मलाई बिक्री गरेको छ । अस्पतालमा दिन प्रतिदिन बिरामीको सख्या बढदो अवस्थामा छ तर भौतिक पुर्वाधार नै छैन । अस्पतालबाट प्रवाह हुने सेवा बढे पछि भर्ना दर सम्म बढेको छ । पहिले त राज्यले उपलब्ध गराएको सुविधा बिरामीले पाएको अवस्था थिएन पछिल्लो समयमा व्यवस्थित प्रणालीमा गए पछि सुधार भएको उनले बताए । कुनै समय अस्पतालको प्रमुख भएको व्यक्ति अस्पताल व्यवस्थापन समितीको अध्यक्ष सम्म भए पछिल्लो समयमा प्रदेश माननिय सम्म भए तर पाल्पा अस्पताल भने जस्ताको तस्तै भयो सुधार हुन सकेको थिएन । पछिल्लो समयम अस्पतालले रिफर सेन्टरको पहिचान बदलेर उपचार केन्द्रकै रूपमा अगाडी बढेको अस्पतालका प्राविधीकहरू बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?