ट्रेंडिंग:

>> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध >> सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी >> नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै बंगलादेश अलआउट >> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं >> ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक >> आर्थिक बर्ष सकिन लाग्दा विकास निर्माणको चटारो >> बुटवल–लमही प्रसारण लाइन, २६ अर्ब लागतमा १ सय ७० किलोमिटर बन्ने >> सय भन्दा बढि स्थान बाढी पहिरोको जोखिम क्षेत्र >> महामारीले जन्मिएका ‘उद्यमी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> यातायात व्यवस्था कार्यालय बुटवलका पुर्व प्रमुख सहित ५ जना नक्कली लाइसेन्स प्रकरणमा पक्राउ >> एचआईभी संक्रमितलाई छात्रवृत्ति, शैक्षिक र पोषण सामग्री वितरण >> टी–२० विश्वकपः बंगलादेशसँग १० वर्षपछि बद्ला लिने मौका >> सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्यविरुद्ध सर्वोच्चमा रिट दायर >> बजाज पल्सर एन १५० अब नेपाली बजारमा >> घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक >> पश्चिम तराईमा असार ६ सम्म तातो हावाको लहर यथावत रहने >> लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट >> तेस्रो न्यू होराइजन एसईई फेस्टमा विद्यार्थीको उत्साहजनक सहभागिता >> बुटवलमा ग्रील जोनलाई संघीय सरकारको एक करोड वजेट >> बूढीगण्डकीको अन्यौलतालाई हटाउनुपर्छ : विश्वप्रकाश >> कबाड व्यवसायीको काठमाडौँमा प्रदर्शन, बालेनविरुद्ध नाराबाजी >> करको दर नभई दायरा बढाउन ब्यवसायीको सुझाव >> भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु >> संसदीय समितिको बैठकमा एनजीओको खाजा ! >> युसीएमएस भैरहवाद्वारा कपिलवस्तुमा सरोकारवालाहरुसँग अन्तरक्रिया >> पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते >> कांग्रेस र एमालेका जनप्रतिनिधिले वहिष्कार गरेपछि काठमाडौंको नगरसभा स्थगित >> भिजिट भिसाको दुरुपयोग बढ्दैः अध्यागमनले ५ सय भन्दा बढीलाई विमानस्थलबाटै फर्कायो >> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा

बदलिँदो पर्यटन र हाम्रो तयारी

१० आश्विन २०८०, बुधबार
१० आश्विन २०८०, बुधबार

नेपालमा पर्यटन व्यवसायको औपचारिक सुरुवात भएको करिब साढे ६ दशकमात्र भएको छ.। पर्यटनको सुरुवात भएको लामो समयसम्म पर्यटकहरू काठमाण्डौ, सगरमाथा र पोखरामै भुलिरहेका थिए । नेपाल सरकार र पर्यटन व्यवसायीहरूले नारायणी पश्चिमपनि पर्यटनका गन्तव्यहरू छन् र त्यहाँ पर्यटकहरूलाई घुमाउन सकिन्छ भन्ने सोच्नै भ्याएका थिएनन । अझ भन्ने हो भने लुम्बिनी र बर्दियाको प्रचार नहुँदासम्म त हालको लुम्बिनी प्रदेशले पर्यटकहरू देख्न नै पाउदैन्थ्यो । आधुनिक परिभाषामा पर्ने पर्यटकहरू लुम्बिनी प्रदेशमा आउन थालेको धेरै नभएपनि लुम्बिनी प्रदेशमा मानिसहरू घुमफिर गर्न आउन थालेको सयौ वर्ष भैसकेको छ । सिद्धार्थ गौतमको पाइला पच्छाउदै उनको जीवनकाल र महापरिनिर्वाणपछि ठूलो संख्यामा बौद्ध भिक्षुहरू यहाँका बौद्ध स्थलमा आएको बौद्ध ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । ईशापूर्वको तेश्रो शताब्दीमा सम्राट अशोक आफ्ना हजारौ अनुयायीहरूका साथ कपिलवस्तु र लुम्बिनी भ्रमण गर्न आएका थिए । उनैले खडा गरेको स्तम्भले गर्दा नै कपिलवस्तु र लुम्बिनी पहिचान गर्न सकिएको छ ।

ईशाको चौथो शताब्दीमा चिनिया भिक्षु सेनसईले लुम्बिनी भ्रमण गरेका थिए भने पाँचौ शताब्दीमा चिनिया यात्री फाहियानले लुम्बिनी भ्रमण गरि यहाँको बारेमा आफ्नो यात्रा वृतान्तमा वर्णन गरेका थिए । सातौँ शताब्दीमा प्रसिद्ध चिनिया यात्री हुयान साङ्गले कपिलवस्तु र लुम्बिनी भ्रमण गरि यहाँको बारेमा आफ्नो यात्रा वृत्तान्तमा जीवन्त बर्णन गरेका थिए । यहि यात्रा वृत्तान्तको आधारमा उन्नाइसौ शताब्दीमा बौद्ध स्थलहरू पत्ता लागेका थिए । चौधौ शताब्दीमा लुम्बिनी भ्रमणमा आएका खस साम्राज्यका राजा रिपु मल्लदेखि सन् १९५९ मा लुम्बिनी भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव ड्राग ह्यामरसोल्डसम्मले यहाँको महत्व राम्रै बुझेका थिए । भारत र नेपालका बौद्ध तथा हिन्दु धार्मिक स्थलहरूलाई मध्य एसियासंग जोड्ने कालिगण्डकी र कर्णालीका पुराना मार्गहरूले लुम्बिनी प्रदेशलाई चिरेर जाने भएकोले पनि परापूर्वकालदेखि नै लुम्बिनी प्रदेशका विभिन्न ठाउँहरू पर्यटक र घुमन्तेहरूले देखेका थिए । कोरोना कहर सुरु हुनुअघि लुम्बिनीमा मात्र १९ लाखजति आन्तरिक र बाह्य पर्यटक÷घुमन्तेहरू पुगेका थिए । पर्यटन विस्तारै आफ्नो लयमा फर्किरहेकोले सन् २०२३ मा त्यहि आँकडा भेट्ने अनुमान छ । बौद्ध पर्यटनका केन्द्र कपिलवस्तु, लुम्बिनी, देवदह र रामग्राम, हिन्दु धार्मिक पर्यटन/ तीर्थयात्राका केन्द्र रिडी, स्वर्गद्वारी, रेसुंगा, बागेश्वरी, सुपा देउराली, भैरवस्थान, सिद्धबाबा धाम अनि पर्या पर्यटनका केन्द्रहरू बाँके तथा बर्दिया राष्ट्रिय निकुन्ज, कृष्णसार संरक्षण केन्द्र, हिमाली जिल्ला रुकुमका उत्तरी क्षेत्रहरू लगायत चुरेका डाँडाहरू अहिले पर्यटकका रोजाईको थलोहरू बनिरहेका छन । लुम्बिनी र प्रदेशका अन्य व्यवस्थित पार्क तथा निकुन्जहरूमा टिकट लिएर प्रवेश गर्नेहरूको संख्या ४० लाख भन्दा बढी रहेको अनुमान गर्न सकिन्छ र अन्य धार्मिक स्थलहरूमा १० लाख भन्दा धेरै मानिसहरू पुग्ने सहज अनुमान गर्न सकिन्छ । पर्यटनका यिनै परम्परागत शैलीलाई पच्छाउदै लुम्बिनी प्रदेशको पर्यटन व्यवसाय चलिरहेको छ र राज्यले पनि यसैलाई प्रोत्साहन दिने काम गरिरहेको छ । यो परम्परागत पर्यटनले प्रदेशको पर्यटनलाई कतिन्जेल जोगाउन सक्छ भन्ने कुराको कुनै अनुमान गर्न सकिदैन ।

वार्षिक १८/१९ लाख मानिसहरू लुम्बिनीमा, ५ लाख मानिस वनबाटिका, ४ लाख मानिसहरू बुटवल फूलवारी, ३ लाख मानिसहरू सुपादेउराली, स्वर्गद्वारी र बागेश्वरी पुगिरहँदा पर्यटन क्षेत्र कत्तिको चलायमान भयो ? पर्यटन व्यवसायी र स्थानीयले त्यसबाट कति लाभ लिन सकेका छन् भन्ने कुराको विश्लेषण गर्नुपर्ने बेला आएको छ । खर्च कम गर्ने घुमन्तेहरू लुम्बिनी प्रदेशमा आउने र खर्च गर्न सक्ने मानिसहरू लुम्बिनी प्रदेशबाट अन्य प्रदेश र विदेशमा जाने प्रवृति बढिरहेको छ । यसो हुनुको मुख्य कारण लुम्बिनी प्रदेशको पर्यटन परम्परागत रूपमा नै अघि बढ्नु मुख्य कारण हो । अहिले पर्यटनमा बढी युवा पुस्ता सहभागी भैरहेको छ । यो पुस्ताले नविनता, रोचकता, सुविधा र सहजता खोज्नेगर्छ । अहिलेका पर्यटकहरूले परम्परागत गन्तव्यमा टेक्न खोज्ने भएपनि भुल्नको लागि फरक स्वाद नै खोज्ने गर्छन । बनाएका पार्क र संरचनाहरू भन्दा सहजरूपमा पुगिने नौला पाखा, पखेरा, तालतलैया र फरक भूगोलमा पर्यटकहरू रमाउने गरेका छन । भौगर्भिक पर्यटन, साहसिक पर्यटन, पर्यापर्यटन, खेल पर्यटन र अनुसन्धानमा अहिलेको पुस्ताको बढी रुची र संलग्नता हुने गरेको छ । सिटी टुरिजम, हेरिटेज टुरिजम, क्यासिनो, सफारीलाई नवपर्यटकहरूले प्रतिष्ठाको विषय मान्न थालेका छन । मानिसहरूको व्यस्तताले गर्दा पनि कुनै स्थानमा लामो समय भुल्नु भन्दापनि एकै ठाउँमा सबै सुविधा खोज्ने र रमाउन खोज्नेहरूको संख्या बढिरहेको छ । पर्यटनको बदलिँदो स्वरूपलाई समातेर पर्यटन व्यवसायलाई अघि बढाउन सकेमा मात्र लुम्बिनी प्रदेशको पर्यटनलाई लाभदायक बनाउन सकिन्छ ।

विश्वभरका बौद्धमार्गीहरूको आस्थाको केन्द्र, प्रसिद्ध हिन्दु धार्मिक स्थलहरू हुनु, छोटो दूरीमै हिमालदेखि तराईको स्वाद चाख्न पाइने, भारतीय पर्यटन केन्द्रसम्मको सिधा यातायात सम्पर्क, देशका अन्य प्रदेशहरूसंगको यातायात सञ्जाल अनि भर्खरै संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले गर्दा लुम्बिनी प्रदेशमा पर्यटनका अनेकौ सम्भावनाहरू देखिएका छन । यिनै सम्भावनालाई देखेर नै नीजि क्षेत्रले लुम्बिनी प्रदेशको पर्यटन उद्योगमा ठूलो लगानी गरिरहेको छ । लुम्बिनी, बुटवल, भैरहवा, तानसेन, नेपालगंज, ठाकुरद्वारामा सुविधा सम्पन्न होटलहरू खुलेका छन । पर्यटक कमै पुग्ने चुरे र पहाडी क्षेत्रमा पनि होटेल र रिसोर्ट खुल्ने क्रम चलिरहेको छ । पर्यटकको सुविधाको लागि नीजि क्षेत्रले विलासी बसहरू संचालनमा ल्याईरहेका छन । हान र नाटा जस्ता संस्थाहरूले पर्यटन प्रवद्र्धनको लागि अथक प्रयास गरिरहेका छन । यस्ता प्रयासहरूले पर्यटनको बदलिँदो स्वरूपलाई समेट्न र सेवा दिन सक्ने खालका छन । नीजि क्षेत्र जुर्मुराएको भएपनि सरकार भने प्रदेशको पर्यटनको लागि कुहिरोको काग जस्तै बनिरहेको छ । विगतमा सरकारले लुम्बिनी बाहेक अरू कुनै पर्यटकीय सम्भावना हालको लुम्बिनी प्रदेशमा देखेको थिएन । देश संघीयतामा गएपछि बनेको लुम्बिनी प्रदेश सरकारले लुम्बिनी बाहिर पनि पर्यटनका सम्भावनाहरू छन् भन्ने कुराको विस्तारै महसुस गर्न थालेको छ । शंकर पोख्रेलदेखि डिल्ली चौधरीसम्मका सरकारले लुम्बिनी प्रदेशको पर्यटनलाई प्रदेशको समृद्धिको आधार बनाउने कुरा गरिरहेपनि पर्यटन विकासको लागि कहाँबाट काम थाल्ने भनेर निधो गर्न सकेका छैनन् । पर्यटन मन्त्रालय सधै अस्थिर छ । दुईवटा पर्यटन डिभिजन कार्यालय र एउटा पर्यटन विकास परिषद प्रदेशमा छन्, यी निकायहरू विकासे कार्यक्रममै भुलेका छन् । प्रदेश सरकारले पर्यटन क्षेत्रमा अहिलेसम्म ठूलै खर्च गरेको भएपनि त्यो खर्च परम्परागत गन्तब्य वा त्यस्तै गन्तब्य निर्माणमा खर्चिएको छ । प्रदेशको पर्यटन नीति नबन्दा कहाँबाट काम सुरु गर्ने ? कुन कामलाई प्राथमिकता दिने ? भविष्यमा प्रदेशको पर्यटन कस्तो हुने भन्ने कुराको टुंगो लाग्न सकेको छैन । नविनतम पर्यटन अभ्यासलाई बुझेर लाभ लिन सक्ने पर्यटन जनशक्ति उत्पादनमा प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन । प्रदेशका कृषि तथा वन उत्पादनलाई पर्यटनसंग जोडेर लाभ लिन सकिएको छैन । सबैभन्दा मुख्य कुरा नीजि क्षेत्र र सरकारको काममा र योजनामा तालमेल मिल्न सकेको छैन । पालिकाहरूले पर्यटनबापत लाभ लिने कुरा गरिरहेपनि अन्तरपालिका सहकार्य गर्न सकेका छैनन् । यी सबै अवस्थाहरू हेर्दा लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रले नविनतम पर्यटकीय अभ्यासबाट लाभ लिन सहज नभएको प्रष्टै देखिन्छ ।

वर्तमान समयमा पर्यटन जगत निकै परिवर्तनशील छ । पर्यटनको जनसांख्यिक वनावट, रुची, समय, सुविधा सबैमा छिटो छिटो परिवर्तन आइरहेको छ । अझ भारत र चिनजस्ता ठूला पर्यटन केन्द्रहरूको चेपुवामा नेपालको पर्यटन क्षेत्र परिरहेको छ । नेपाल भित्रैपनि लुम्बिनी प्रदेश पर्यटन उपनिवेश जस्तो बनिरहेको छ । यस्तो अवस्थामा परम्परागत शैलीले नै पर्यटन विकासका कार्यक्रम अघि सार्ने र पुरानै ढर्राले पर्यटन उद्यम चलाउन खोजियो भने प्रदेशको पर्यटन क्षेत्रबाट कहिल्यै लाभ प्राप्त हुनेछैन । पर्यटनको परम्परागत स्वरूपको प्रवद्र्धन गर्दै नविनतम अभ्यासहरूलाई खोजि र प्रवद्र्धन गर्ने काममा राज्यले स्पष्ट नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने र नीजि क्षेत्रले पनि परम्परागत पर्यटन अभ्यासमा टेकेर नविनतम पर्यटनलाई भजाउने खालका गतिविधिहरू गर्ने हो भने प्रदेशले पर्यटन क्षेत्रबाट लाभ लिन सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?