ट्रेंडिंग:

>> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध >> सन्दीप बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी >> नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै बंगलादेश अलआउट >> टी-२० विश्वकप: नेपालले टस जितेर पहिला फिल्डिङ गर्दैं >> ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार रोक >> आर्थिक बर्ष सकिन लाग्दा विकास निर्माणको चटारो

‘मिसन’ लाई मुख्य प्राथमिकता दिन रोटरीयनहरुलाई सुझाव

७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

बुटवल, ७ असोज ।

रोटरी क्लव अफ बुटवलको १४ सय ८१ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो ।

त्यस अवसरमा रोटरीबारे जानकारी गराउँदै रोटरी डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक सेक्रेटरी राजेन्द्र शाक्यले रोटरीको सबभन्दा चासो र प्राथमिकताको विषय मेम्बरसिप रहेको बताए ।

अहिले विश्व इतिहासमै रोटरी क्लवहरुको संख्या बढेको तर सदस्याहरुको संख्या भने घट्दै गएको भन्दै उनले यो चिन्ताको विषय भएको बताए । “रोटरीमा सदस्य बनाएर मात्र हुँदैन, टिकाउन सक्नुपर्छ, अहिलेको अवस्था हेर्ने हो भने छोड्ने क्रम बढिरहेको छ, यसतर्फ क्लवहरुले ध्यान दिनुपर्छ ।”

शाक्यले. रोटरीले आफ्नो मिसन र संगठन संरचनालाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिंदै त्यसमा पनि मिसन पहिलो प्राथमिकता हुनुपर्ने बताए । “तर अहिले रोटरीको मुख्य ध्यान मिसनतिर नभएर पदीय झैझगडामा अलमलिएको देखिएको छ, मिसनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सक्दा मात्रै सदस्यहरुलाई टिकाउन सकिन्छ”–उनले भने ।

बैठकमा बोल्ने विभिन्न रोटरीयनहरुले रोटरीको मिसनबारे आम सदस्यलाई बुझाउन नसक्दा सदस्यता टिकाउन गाह्रो हुने गरेको भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा क्लवका अध्यक्ष करुण खनाल, पुर्व अध्यक्षहरु राजेन्द्र लम्साल, विन्ध्याकेशर जोशी, कृष्णप्रसाद अर्याल, रोटरी क्लव अफ बुटवलका पुर्व सचिव रोम शर्मा, अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, तारानाथ भट्टराई, सुरज भट्टराई, रोटरी क्लव अफ लुम्बिनी सिद्धार्थनगरका निवर्तमान अध्यक्ष भोजबहादुर खत्री, आरसिसी भाटाका अध्यक्ष पुष्कर भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा रोटरी क्लव अफ बुटवलका निवर्तमान सचिव लालहरि पाण्डेले क्लवले रेडक्रसलाई हस्तान्तरण गरेको ब्लड कलेक्शन मोवाइल भ्यान सञ्चालनका लागि भएको प्रगतिको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । त्यस अवसरमा बैठकमा शतप्रतिशत उपस्थित जनाउने मणिरत्न पाण्डेलाई अवार्ड प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?