ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य

नश्ल सुधारले किसानलाई फाईदा

नगरका बंगुरपालक कृषकको उत्पादन वृद्धि गर्न उन्नत जातको पाठापाठी वितरण गरेको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा २२ जना कृषकलाई पाठापाठी वितरण गरेको पशु शाखाले जनाएको छ ।
७ आश्विन २०८०, आईतवार
७ आश्विन २०८०, आईतवार

चन्द्रौटा (कपिलवस्तु), ७ असोज । बंगुरपालन किसानको समस्यालाई मध्यनजर गर्दै शिवराजले बंगुरको नश्ल सुधार कार्यक्रम गरिरहेको छ । यसबाट स्थानीय किसानले मात्रै होइन अरूले समेत फाइदा लिइरहेका छन् । “बंगुर पालक किसानको उत्पादन वृद्धि तथा प्रजनन्का लागि उन्नत पाठापाठी नगरपालिकाको सहयोगले कृषकले आफ्नै फर्ममा प्रजनन् गराउन सहज भएको छ । स्थानीय स्तरका पाठापाठी खरिद गर्दा प्रजाति थाहा नहुँदा वृद्धि विकास कम हुने गर्दथ्यो । पालिकाले गरेको सहयोगले अब आगामी समयमा प्रभावकारी हुन्छ”ः कपिलवस्तुको शिवराज वडा नम्बर–३, भितरियाका सूर्य थारुले भने ।

यस्तै सोही वडा मदवाका कृषक लाल वहादुर घर्ती सरकारी प्रजनन केन्द्रबाट खरिद भएकोले गुणस्तरमा सुनिश्चितता भएको बताउँछन् । उत्पादन भएका बंगुर बिक्री गर्न सहज भएपछि कपिलवस्तुमा बंगुर पालन गर्नेको लहर चल्न थालेको हो । पछिल्लो समय गाउँटोलमा साप्ताहिक कृषि हाटबजार खुल्न थालेपछि मासु बिक्री सहज बनेको छ । जसले गर्दा व्यापारीहरू बंगुर खरिद गर्न कृषकको घर मै आउने गरेको विगत एक दशक देखि बंगुर पालन गर्दै आएका स्थानिय कृषक रमेश थारु बताउँछन् ।

शिवराज नगरपालिकाले बंगुरको नश्ल सुधार गर्ने कार्यक्रम सञ्चालन गरेको छ । नगरका बंगुर पालक कृषकको उत्पादन वृद्धि गर्न उन्नत जातको पाठापाठी वितरण गरेको छ । गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा २२ जना कृषकलाई पाठापाठी वितरण गरेको पशु शाखाले जनाएको छ । केही कृषकहरूले अनुदानमा खरिद भएका बंगुर ढिलो हुर्किएको गुनासो समेत गरेका छन् । उन्नत जात पालन गर्दा आहारा, सरसफाई जस्ता पक्षमा ध्यान नदिँदा समस्या हुन सक्ने नगपालिकाले जनाएको छ । कृषकको फर्ममा अनुगमन गरी समस्या समाधान गरिने शाखा प्रमुख धनेश्वर खनालले बताए ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराबाट ल्याण्डरेस, योर्कशायर, ड्युुरोक जातका बंगुरका पाठा पाठी प्रजनन बिउका लागि उपलब्ध गराएको प्रमुख खनालले बताए । उनका अनुसार प्रति जिउ ५ हजारको दरले पाठापाठी खरिद गरिएको छ । कृषकका मागका आधारमा उत्कृष्ट किसान छनोट गरी वितरण गरिएको थियो । पालिकाले कृषकलाई स्याहार सुसार गर्न तालिम प्रदान गरेको छ ।

प्रजनन् बिउका पाठापाठीलाई रोग लागेमा उपचार गर्न प्राविधिक समेत खटाइएको नगरपालिकाले जनाएको छ । कृषकहरूलाई सरकारले अनुदान लगायतका सुविधा उपलब्ध गराए पनि बैंकको चर्को ब्याज त्यसमा मासु तथा दानाको मूल्य उतारचढाबले गर्दा कृषक मारमा परेको गुनासो गर्ने गरेका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?