ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
विचार

आधुनिकताका नाममा हराउँदै तिजको मौलिकता

१ आश्विन २०८०, सोमबार १३:०६
१ आश्विन २०८०, सोमबार १३:०६

हरितालिका तिज नेपाली महिलाहरुको महत्वपूर्ण चाड हो । हिन्दु धर्मग्रन्थका अनुसार सत्य युगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिईन । पिता हिमालयले पार्वतीको इच्छा बिपरित बिष्णुसंग विवाह गरिदिन खोजेपछि उनले आफ्नो समस्या संगीहरुसंग सुनाई आफूले शिववाहेक अरुसंग विवाह नगर्ने अठोट गरेको बिस्तारपछि पार्वतीका साथीहरुले उनलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । लुकेर बसेकै ठाउँबाट पार्वतीले निराहार ब्रत बसी महादेवलाई प्राप्त गरेको कुरा बिभिन्न धर्म ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरेको पाईन्छ । पार्वती साथीहरुसंग हरण भएको दिन भाद्र शुक्ल तृतियाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको ब्रत लिने प्रचलन सुरु भएको मान्यता छ । हरितालिका तिजको मौलिकता र वास्तविकतालाई नियालेर हेर्ने हो भने भाद्र शुक्ल द्वितियाका दिन दर खाएपछि औपचारीक रुपमा तिज शुरु हुने र भाद्र शुक्ल पञ्चमीको दिनसम्म मनाईन्छ । तृतियाकादिन हरितालिका बर्त चौथिकादिन गणेशको पुजा र पञ्चमीको दिन स्ननागरी दत्तीवलखाई अरुण्धती सहित सप्तर्षिको पुजागरी तिज समापन हुने प्रचलन र बास्तविकता मानिन्थ्यो । माईतीले चेलिबेटीलाई बोलाएर द्वितियाका दिन दर खुवाउने परम्परामा वास्तविकता थियो । तिजको बत स्वास्थ्यको ख्याल गर्दै निराहार बस्ने प्रचलनले बर्तालुले मिठामिठा र आडिला परिकार दरकारुपमा खाने र बिशेषगरी माईती घर वा मावली घरका आफन्तहरुले आफ्ना चेलिबेटीहरुलाई बोलाएर दर खुवाउने परम्पराको वास्तविकता थियो । यसमा तिजको मौलिकता पाईन्थ्यो । महिलाले बर्षदिनसम्म आफुलाई परेका दुःखपिर र मर्कालाई तिजको गीतको लयमा बेदना पोख्ने, तिजका अवसरमा गितका माध्यामबाट पिरमर्कालाई सार्वजनिक गर्ने तथा जन्मघरबाट कर्मघर गई बस्दा पाएका दुःख पिरमर्कालाई गितको लयमा बताउने वास्तविक प्रचलन थियो । र, यही वास्तविकतामा हरितालिका तिजको मौलिकता पाईन्थ्यो ।

तर अहिले पछिल्लो समयमा आएर तिज मनाउने तरिकाले फरक मोड लिएको पाइएको छ । पछिल्ला वर्षहरुमा तिजका नाममा उश्रृंखलता र तडकभडक बढ्दै गएको देखिन्छ । साउने संक्रान्तिदेखि नै तिजको दरखाने अभियान शुुरु गरि गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिबिधिले तिजको संस्कृतिलाई बिकृतिको रुपमा नलैजाला भन्न सकिन्न । पछिल्लो समयको फेसन देखाउने खालको तिजको दरखाने र गरगहना प्रदर्शन, पोशाक प्रदर्शन गर्ने र आफ्नो औकात नहेरी छिमेकीको देखासिकी गरी तिज मनाउन लाग्दा एकातिर साँस्कृतिक पर्वको मौलिकता हराउने र अर्कोतर्फ अवस्था कमजोर भएकाहरुलाई रहरको र देखासिकीको दरले पारिवारीक जीवनमा समस्या निम्त्याउने कुरामा कुनै दुईमत छैन । अर्काको लहलहैमा उसले ग¥यो म किन नगर्ने भन्ने सोचाईले र तिजको मौलिकता र वास्तविकतालाई बिर्सिनाले तिजको दरखाने चलन र तिज मनाउने चलन अहिले निकै फरक र मौलिकता विपरित देखिन थालेको छ । विभिन्न सञ्चारका माध्यमहरुले ल्याएका समाचार र प्रदर्शन गरेका फोटो फिचरहरु देख्दा तिजमा लगाउने रातो सारी नेपाली मौलिकता झल्किने पोशाक हिन्दु नारीहरुको श्रीमानहरुको दीर्घायूको कामनाको प्रतिकको रुपमा मानिने नारीहरुले प्रयोग गर्ने सिन्दुर, टिकापोतेलाई ओझेल पार्दै अलि उत्ताउला खालका पश्चिमेली सँस्कृति झल्काउने पोशाक लगाउने, पूरै शरीर नछोप्ने खालका फरक रंगका पोशाक र महंगा खालका गरगहना लगाउने र फरक खालका डिस्को गितहरुमा नाच्ने र घरायसी उत्पादित खाना र तिजको मौलिकता झल्कने खाना खानुको सट्टा बजारीया होटलका प्याकिङ गरेर ल्याईएका खाद्य परिकारको प्रयोगले एकातर्फ तिजको मौलिकता हराएको आभाष गराएको छ भने अर्कोतर्फ यि खानाले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने साथै पारिबारीक आर्थिक र सामाजिक रुपमै समस्या र नकारात्मकता नआउला भन्न सकिन्न ।

त्यसैले हरेक साँस्कृतिक पर्वलाई साँस्कृतिक पर्बको मौलिकता झल्कने र पर्वको वास्तविक अर्थ बुझेर पर्व मनाऔं । घाँटी हेरेर हाड निलौ । एक सालको पर्व मनाईले परिवारका सदस्यको टाउकोमा आर्थिक भार नथुपारौं । छिमेकीको देखासिकी होईन आफ्नो औकात अनुसार पर्व मनाऔं । छिमेकीले के भन्ला भनेर वा उसले ग¥यो म किन नगर्ने भनेर आफ्नो अवस्था नहेरी कुनैपनि पर्व नमनाऔं । साँस्कृतिक पर्व मनाउँदा वास्तविकता के हो बुझेर पर्वको मौलिकता झल्कने गरी मनाऔं र ब्रत बस्दा निराहार बस्ने भनेर स्वास्थ्यको ख्याल नगरी नबसौं । आफ्नो शरीरको अवस्था हेरेर स्वास्थ्यलाई मध्यनजर गरेर र साँस्कृतिक पर्वको मौलिकता झल्कने गरेर ब्रत बसौं । प्रतिष्पर्धामा हैन स्वतस्फूर्त रुपमा आफुले र आफ्नो औकातले धान्न सक्ने गरी र स्वास्थ्यले सहन सक्ने गरी साँस्कृतिक पर्वहरु मनाऔं । पर्वलाई मनाउने निहुमा विकृति नभित्राऔं । साँस्कृतिक पर्वको विशाल मौलिकतालाई कोठामा सिमित नगरौं । पर्वलाई केवल फेसबुक र टिकटकमा देखाउनका लागि मात्रै पर्व नमनाऔं । साँस्कृतिक पर्वले दिन खोजेको वास्तविक अर्थ र पर्वको वास्तविक मौलिकता र यथार्थतालाई नभुलौं । पाश्चात्य सँस्कृतिको देखासिकी नगरौं । आफ्ना पर्व मनाउँदा स्वतःरुपमा आत्मीयता उजागर गर्ने र स्वस्फुर्तरुपमा भावुकता आउने गरी पर्व मनाऔं । र, खानपानमा अत्यन्तै ध्यान दिऔं । समस्यामा बल्झिनु भन्दा समस्या आउने बाटो नै छेक्ने प्रयास गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?