ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
कृषि

सावित्री र हाइब्रिड जातका धानका बोटमा किराको प्रकोप बढी

३१ भाद्र २०८०, आईतवार २०:४७
३१ भाद्र २०८०, आईतवार २०:४७

नवलपुर, ३१ भदौ ।

केही दिनयता पुर्वी नवलपरासीका विभिन्न भागमा धानमा विभिन्न रोग देखिन थालेपछि किसान चिन्तित भएका छन् ।

किसानले यो वर्ष कम पानी परेकै बाबजुद पनि धान रोपाई जिल्लामा ९८ प्रतिशत सकिएको भए पनि अहिले धानमा सेतो किरा लाग्दा पहेलो हुने र बोट नसप्रने समस्या देखा परेको जिल्ला कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

एक हप्तादेखि जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैंडाकोट नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकाका धेरै क्षेत्रमा यस्तो समस्या देखिएपछि यो वर्ष जिल्लामा धानको उत्पादन घट्न सक्ने ज्ञान केन्द्रले जनाएको छ ।

विशेष गरेर सावित्री र हाइब्रिड जातका धानका बोटमा किराको प्रकोप बढी देखिएको छ । सेतो पुतली लाग्दा धानका बोट पहेँलो हुँदै विस्तारै सुक्ने अवस्थामा पुगेको मध्यबिन्दु १ का किसान राजकुमार थारुले बताए । पाँच दिनअघि एकाध बोटमा देखिए पनि अहिले खेतभरी सेतो पुतली फैलियो‚’ थारुले भने, ‘पात र डाँठ खाइदिएर बोट नै सुक्ने अवस्थामा पुर्याउने रहेछ । समयमा नै समाधान नगरेमा धान उत्पादन घटने भयो ।’

कृषि ज्ञान केन्द्र नवलपुरका बालीविद् मिरा चौधरीले सेतो पुतलीले धानमा क्षति पुर्याएको बताईन् । प्राविधिकको सल्लाहविना नै धान हरियो बनाउन युरिया मल राख्दा प्रकोप थप बढ्न सक्ने जोखिम रहेको उनको भनाई छ । रोग लागेको थाहा पाएपछि कृषि प्राविधिकलाई खबर गरेर मात्र औषधि र रासायनिक मल हाल्नुपर्ने चौधरीले बताईन् ।

किराको प्रकोप बढेको पनि कति क्षेत्रफलमा रोग फैलिएको छ भन्नेबारे यकीन तथ्यांक सरकारी निकायसँग नभए पनि पाँच हजार हेक्टर बढी क्षेत्रफलमा यो रोग देखा परेको जनाईएको छ । किसान भने छिटोभन्दा छिटो प्रकोपको समाधान खोजिदिन स्थानीय तह र कृषि ज्ञान केन्द्रलाई आग्रह गरिरहेका अमरापुरीका कृषक राम थापाले बताए ।

यो वर्ष पूर्वी नवलपरासीमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । ७६ हजार नौ सय ५६ मेट्रिक टन धान उत्पादन हुने अनुमान थियो । बोटमा रोग लागेपछि उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?