ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

हरितालिका तीज भडकिलो नहोस्

३१ भाद्र २०८०, आईतवार
३१ भाद्र २०८०, आईतवार

तीजको खाजा मिठो पोलेका तामाले
नरोउ भान्जी लिन आउँला भन्थे मामाले ।
मामा आउँछन भनेर बाटो हेरी कुरेर
किन आउँथे पापी मामा माइजु छोडेर ।

यतिखेर तीजले बजार तातेको छ । तीज आउनु एक महिना पहिलेदेखि महिला दिदी बैनीको दर खाने कार्यक्रम चलिरहेको छ । यो चाड बिषेशगरि महिलाहरुको चाड हरीतालिका तीज भनेर चिनीने यस पर्वमा महिलाहरुको जमघट राम्रै हुने गरेको छ । यो जमघटमा धेरै दिनदेखि भेट नभएका दिदी बैनीबीच भेट हुने र भलाकुसारी गर्ने गरेको देख्न सकिन्छ । तीजलाई हिन्दु महिलाहरुको महान पर्वको रुपमा लिने गरिन्छ । यो भनिरहँदा पार्टी तथा संघसँस्थामा आवद्ध कुनैपनि धर्म मान्ने महिलाहरुले पनि यो तीज कार्यक्रममा भाग लिने र दर खाने नाच्ने गाउँनेमा भाग लिने गर्दछन जस्ले गर्दा तीज हिन्दु महिलाको मात्र नभएर सम्पूर्ण महिलाको हुन पुगेको छ ।

आगनीको डिल बसी काली कौवै करायो
केकुमा समाचार ल्यायो बरिलै ।
पहिलो समाचार कागतुको चिर्कटो
दोसरी खबर तिम्लाई लिन हो ।
मेरो माया हुँदो होत बाबा लिन आउँदा हुन
कागतुको चिर्कटाले जान्न बरिलै ।

बर्षको एकपटक आउने हरितालिका तीजले आफ्नै मौलिकता बोकेको पाइन्छ । परापूर्वकालदेखि मान्दै र मनाउदै आएको तीज पर्व परम्परा धान्ने मात्र नभएर लोक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता बोकेको पाइन्छ । हरितालिका तीज बिषेशगरी दर खाने दिन, रमाइलो गर्ने दिन, बर्त बस्ने दिन र ऋषि पञ्चमीको पुजा गर्ने दिन गरी पाँच दिन मनाउने हो भनेर बुझ्ने गरिन्छ । यो भनिरहंदा पछिल्लो समय महिना दिनभरिनै दर खाने नाममा पनि यस्लाई मनाउने गरिएको छ । बिभिन्न पार्टीका महिलासंघ र संगठनहरुले तिन दशक पहिलेदेखि महिलाका हक अधिकारका बिषय उठान गरेर महिलाका पीर ब्यथाहरुलाई तीज गीतमार्फत महिलाको बाक्लो उपस्थितिमा ब्यक्त गर्दै नाच्दै मनाउदै आएका थिए । पछिल्लोसमय टोल संस्था, पार्टीहरु र संघ संस्थाहरु गर्दै महिना दिन मनाउने र तीजका नाममा दर खाने नाच्ने गाउने चलन भएको छ ।

हिँजोका दिनमा र अहिलेको अबस्थामा तीजले धेरै रंग बदलेको छ । बिगतमा छोरी चेलीलाई सानोमा बिबाह गर्दिने चलन थियो । टाढा टाढा अर्काको घर पुगेका चेलीहरुलाई तीजमा लिन जाने चलनले ठूलो महत्व राख्ने गर्दथ्यो । यातायातको ब्यवस्था नभएको अवस्थामा बाटाघाटा पनि राम्रा थिएनन् । पैदल हिंडेर उकालीओराली र घनघोर जंगलको बाटो असिना पसिना गर्दै लिन जानुपथ्र्यो । कुनै कारणबश लिन नआए छोरी चेली धरधरी रोएर तीजको भाकामा मनका बह पोख्दथे । धेरै दुख कष्ट गरेर दिदी बैनी वा छोरीलाई लिन जाँदा पनि नपठाएर मन खिन्न पारेर दाजुभाई वा बाबु फर्किने गर्थे र त्यो पनि एउटा दुःखदायी दिन हुने गथ्र्यो ।

खर काटेको खरान गाइभैंसीलाई चरन
घोंडीलाई चरन चौर बरीरै ।
म एउटी छोरीलाई नौं डाँडाँ कटायौ
हाम्रा बाबा के दयालु छौर बरिलै ।

जस्ता गीतले धेरै आमा बाबुको मन छुने गर्दथ्यो । हाम्रो चाल चलन अनुसार छोरीहरुलाई बिबाह गरेर टाढा पठाउने चलनले गर्दा दश भाई छोरा जन्म घर अटाउने एउटा भएको छोरीलाई पराई घर पठाउनु पर्ने बाध्यतालाई यस्ता गीतले छुने गर्दथ्यो । सानै उमेरमा पराइघर गएपछि ढिंकी जांतो र बस्तुभाउ सबै समाल्नु पर्ने छोरी चेलीलाई सारै कष्ट थियो । यसैले गर्दा बर्ष दिनको तीजमा माइतीमा गै तीज गीत मार्फत मनका पिडा र बिलौना पोख्ने गर्थे र केही दिन भए पनि आमाले पकाएको खाना खाएर आराम गर्ने गर्दथे ।

तीज आयो भनेर सबै जान्छन माइत
हाम्रा माइती मुग्लाड पसे छैन साइत ।
माइती मेरा हुंदा हुन त तीजमा माइत जांदी हुँ
आमाले पकाएको दर खांदी हुँ

जस्ता गीतहरु महिलाहरुले गाउने गर्थे । गाउं पहाडमा डांडाका चौपारी र चौर तीजका महिलाले भरिएर रातै रातै रंगिन्थ्यो । धेरै पछि भेट भएका बालसखा संग गित गाएर छमछम नाचेर रात पार्ने चलन थियो र बल्ल तीज आएजस्तो लाग्थ्यो । पछिल्लो समय युटुबबाट स्पीकरमा बज्ने रेर्कडेड गीत अनि त्यसैमा तीजको गीत पनि दोहोरीमा परिणत भएको छ । पुरानो तीजको झझल्को मेटाएको छ । हुन त बिगत जस्तो अहिलेको अवस्था छैन, हातमा ठेला थाप्लोमा नामलोको डाम जस्ता कुराहरु देख्न बिकट गाउंँतिर लाग्नु पर्छ । अहिले प्रायका हातहातमा मोबाइल फोन छन । जेसिपीले भिरपाखा खनेर बाटो बनाइएको छ । प्रायजसो घरका मानीस बैदेशिक रोजगारमा छन । बिगतमा जस्तो तीजमा लीन आएनन भनेर रुनु पर्दैन र लिन आउने नआउने छिन भरमा मोबाइलले बताइहाल्छ ।

अहिले तीजमा देखिएको भडकिलो चलनलाई बरु नियन्त्रण गर्नुपर्ने देखिएको छ । यो कोरोना कहर अगाडी देखिएको तीजको भडकिलो चलनलाई तिन बर्ष जति कोरोनाले रोक्ने काम गर्यो । जुन तीज भन्दा एक महिना पहिलेदेखि बिभीन्न पोग्रामको नाममा महंगो टिकट बिक्री गरेर कसैकसैलाई जबरजस्ती भिडाएर महंगा होटलमा दर खुवाउने नाममा सब थोक राखेर खुवाउने चलन बढदो थियो । कोरोनाका कारण केही समय बे्रक लागे पनि फेरी यो बर्षदेखि फयाट्टफुट्ट त्यही क्रियाकलाप दोहोरीन लागेको छ । यसलाई नियन्त्रण गर्न सचेत नागरिक अगाडी आउनुपर्ने देखिन्छ ।

कोरोना महामारी पछि सबैमा आर्थिक मन्दी छाएको छ । ब्यापार ब्यबसाय चौपट छ । शहरका घरका सटर फल्याट खाली छन । दैनिक उपभोग्य सामान किन्न मानिसलाई धौ धौ परेको छ । धेरैजसो मानीस ऋणले चुर्लुम्म डुबेका छन । यस्तो अवस्थामा लस्करै आएका चाड पर्वलाई ढाक्न सर्वसाधारणलाई हम्मेहम्मे परेको छ । परम्पराका रुपमा मनाउदै आएका असार पन्ध्र, साउने सक्रान्ती, नागपञ्चमी, जनै पूर्णिमा, कृष्ण जन्माष्टमी, कुशे औंशी र हरितालिका तीज जस्ता पर्वहरुले घेरीसकेको छ । मुख्य चाड बडा दशैं, तिहार र छठ त लाइनमै छन । कसरी यी पर्व धकेल्ने होला भनि धेरैको मनमा ढ्यांग्रो ठोकेको छ । यस्तो अबस्थामा तीजलाई भड्किलो बनाउनेतिर लाग्नु हुंदैन ।

पछिल्लो समय पार्टीका नाममा टोल वडा नगर क्षेत्र र प्रदेश हुंदै महिलाहरुसंग पैसा उठाएर दर खुवाउने गरेको देखिएको छ । यो हुनु ठिक होइन । एउटी महिलाले पार्टीका कति ठाउँमा पैसा बुझाएर तीजको दर खाने, अर्को संघ संस्थामा पनि भाग लिंदा अरु खर्च बढछ । दर खान समेटिन पार्टीको पनि नदोहोरिने गरी एक ठाउंमा मात्र समेटनु पर्छ । तीजको दर खाने बहानामा महिलाहरुलाई चुनावको भोट बैंक बनाएको देख्न सकिन्छ । महिला त खान नाच्न रमाउन जहां बोलायो त्यही जान्छन तर आर्थिक मार धेरैजसो पुरुषलाई परेको हुन्छ । आयआर्जनमा लागेर घरका पुरुषसंग हात नथाप्ने महिलाहरु त औंलामा गन्न सकिनेछन् । धेरै कुरामा बिचार पु¥याएर महिना दिनदेखि हुने खानेको मात्र तीज पर्व नभएर हुँदा खानेको पनि हो भन्ने सम्झन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?