ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
अर्थ

दाङ उद्योेग बाणिज्य संघको चुनावमा दुई प्यानलबीच प्रतिष्पर्धा हुँदै

३१ भाद्र २०८०, आईतवार ०६:१६
३१ भाद्र २०८०, आईतवार ०६:१६

दाङ, ३१ भदौ ।

दाङ जिल्ला उद्योेग बाणिज्य संघको असोज १३ गते हुन लागेको चुनावमा दुई प्लानल बीच प्रतिष्पर्धा हुने भएको छ । उम्मेदवारीको लागि शनिबार अपरान्ह ४ बजेसम्मको समय तोकिएकोमा कुल २० पदमा ४० जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक निर्मल गौतमले जानकारी दिए ।

उनका अनुसार, अध्यक्ष पदमा बसन्त जोशी र रामप्रसाद पोख्रेलको उम्मेदवारी परेको छ । जोशी कांग्रेस र माओबादीले गठबन्धन गरेको प्यानलबाट उम्मेद्वारी दर्ता गराएका छन् भने पोख्रेलले वामपन्थी प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । उनलाई राप्रपा, बिप्लब, नेकपा मोटो मसालले समर्थन छ ।

जोशीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउँदा उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली र कोषाध्यक्षमा जगतप्रसाद आचार्यको उम्मेदवारी परेको छ । यसैगरी, जोशी प्यानलबाटै सह कोषाध्यक्षमा माधव खनाल, उद्योग सदस्यमा विक्रम रानाको उम्मेदवारी परेको छ ।

उता, पोख्रेल नेतृत्वको वामपन्थी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्रकुमार पुन मगर, उद्योग उपाध्यक्षमा ध्रुवराज गहतराज, वाणिज्य उपाध्यक्षमा राजभक्त राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भीमसेन डिसी, कोषाध्यक्षमा प्रेमबहादुर बुढामगरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी पोख्रेल प्यानलबाट सह कोषाध्यक्षमा यादवबहादुर श्रेष्ठ, उद्योग सदस्यमा सन्तोष नेपालीको उम्मेदवारी परेको छ ।

आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न दलीय रुपमा भाग बण्डा लगाएर प्रतिष्पर्धा गर्न थालिएको उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पदका लागि जोशीको गठबन्धन प्यानलबाट लिला नेपाली र वामपन्थी प्यानलबाट देवकला बस्नेतको उम्मेदवारी परेको छ ।

बस्तुगत सदस्यमा जोशीको गठबन्धन प्यानलबाट विष्णुप्रसाद रिजाल र पोख्रेलको वामपन्थी प्यानलबाट ओमप्रकाश पोख्रेलको उम्मेदवारी परेको छ ।

एशोसियट सदस्यका लागि जोशी समुहबाट युवराज पोख्रेल र पोख्रेल समूहबाट गणेशप्रसाद दाहालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, खुल्ला सदस्यमा जोशीको प्यानलबाट रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ, सुरज बुढाथोकीको उम्मेदवारी परेको छ । उता, पोख्रेल नेतृत्वको प्यानलबाट खुल्ला सदस्यमा रणबिक्रम चन्द, राजकुमार गुप्ता, सुशील आचार्य, कृष्णबहादुर कुँवर, अर्जुन पन्थी, रेवन्तकुमार श्रेष्ठ, सन्जय विश्वकर्मा र शेरबहादुर पुनको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक गौतमले जानकारी दिए । उम्मेदवारी मनोनयन भएसँगै दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको माहोल अझ तातिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?