ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

थारु जातिको बड्का अट्वारी पर्वको महत्व

३१ भाद्र २०८०, आईतवार
३१ भाद्र २०८०, आईतवार

नेपाल विविधताले भरिएको एक सुन्दर शान्त मनमोहक राष्ट्र हो । भौगोलिक दृष्टिकोणले हिमाल, पहाड, तराई तथा भित्री मदेशको रूपमा विभाजन भै प्राकृतिक वातावरणले सुशोभित रहेको छ भने अन्तर्राष्ट्रिय जगतमा एक सुन्दर राष्ट्रको रूपमा पहिचान वनाएको सर्वस्वीकार्य नै छ । नेपालमा अनेक जातजाति तथा जनजाति, आदिवासी जनजातिहरूको परापूर्व कालदेखि नै बसोबास गदै आएको पाइन्छ । सबैको एक अर्का प्रति प्रेमभाव प्रचुर मात्र रहेको छ । सबैले सामाजिक र साँस्कृतिक परम्परा अन्तर्गत विभिन्न प्रकारका चाडपर्व मनाउदै आएको पाईन्छ । नेपालमा करिव १०३ जातजाति, जनजाति, आदिवासी जनजातिहरू बसोबास गर्दै आएका छन । जसभित्र करिव ५९ जनजाति र आदिवासी जनजाति पर्दछन् । जस मध्ये आदिवासी जनजाति थारुहरू पर्दछन । थारु जातिहरू भूमिपुत्रको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आदिवासी जनजातीको रूपमा परिचित छन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मदेशमा थारुहरूको वसोवास रहेको छ । थारु जातिले नेपालमा मनाईने राष्ट्रिय चाडपर्व दशै र तिहारको साथै अन्य विभिन्न चाडपर्वहरू वाँके, वर्दिया, कैलाली, कन्चनपुर जिल्लामा बसोबास गर्दै आएका थारुहरूले वर्षभरिमा मनाईने पहिलो चाडपर्वको रूपमा गुरही अथवा गुरीया (नागपञ्चमी), क्रमशः अष्टिम्किी (कृष्ण जन्माष्टमी), बडका अटवारी पर्व, दँशिया ( दशै), देवारी (तिहार) र माघ (माघे संक्रान्ति), होली (फागू पूर्णिमा) हर्ष उल्लासका साथ मनाउदै आएको पाईन्छ । यसको अतिरिक्त विभिन्न देवी देवताहरूको पुजाआजा गर्दा पनि चाडपर्वको रूपमा हर्ष उल्लासका साथ मनाउदै आएको पाईन्छ । दाङ्ग र देउखुरी जिल्लादेखि पूर्वका जिल्ला तथा मधेशमा बसोबास गर्दै आएका थारुहरूले रैव, जितिया, पावैन, छठ, चौचन्द, सभा चकेवा, चौठीचन्द, चाडपर्व मनाउदै आएको पाईन्छ ।

बडका अटवारी पर्वः– दाङ्ग देउखुरीदेखि पश्चिम वाँके, वर्दिया, कैलाली, कन्चनपुरमा बसोबास गरेका थारुहरूको बडका अटवारी व्रत पर्व धुमधामका साथ मनाउदै आएको पाईन्छ । यो पर्व प्रत्येक वर्ष भाद्र शुक्ल पक्षको तृतिय तिथि पछि पर्ने पहिलो आइतवारका दिन मनाईने गरिन्छ । एक हप्ताभित्र पर्ने सबै दिन कुनै न कुनै देवताको नामले चिनिन्छ । आइतवार सूर्य देवता ो नामले चिनिन्छ । भाद्र शुक्ल पक्षको तृतिय तिथि पछि पर्ने पहिलो आइतवारलाई ठूलो आइतवारको नामले चिनिने धार्मिक मान्यता छ । त्यसैले यो ठूलो आइतवारका दिन व्रत वसी अटवारी व्रत पर्व मनाउने प्रचलन भएकोले यो पर्वलाई बडका अटवारी व्रत पर्वको रूपमा चिनिने गरिएको छ ।
बडका अटवारी व्रतको मान्यताः– हरेक जातजाति, जनजाती, आदिवासी जनजातिहरूले मनाउने चाडपर्वहरू धार्मिक ग्रन्थहरूमा वर्णित देवी देवताहरूसँग सम्बन्धित घटना परिघटनाको आधारमा प्रचलित भएको पाईन्छ । थारुहरूले बडका अटवारी व्रत पर्व महाभारतका पात्र कुन्तीपुत्रहरू पाँच पाण्डव, कर्ण माता कुन्तीका साथै भगवान श्रीकृष्ण सँग सम्बन्धित भएको पाईन्छ । सूर्य देवता उपासना गरी अटवारी व्रत बसेमा माँगेको कुरा पूरा हुने विश्वास छ ।

दोस्रो मान्यताः– बडका अटवारी व्रत पर्व मनाउने सम्बन्धमा महाभारतका पात्र पाँच पाण्डवहरू र दाङका थारु राजा दंगीशरण थारु र पाँच पाण्डबहरू बीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको पाईन्छ । पाँच पाण्डवहरूको चौदह वर्षको वनवास कालमा माता कुन्तीका साथमा सुर्खेतको काँक्रे विहारमा आएर बसेका रहेछन् । त्यसै समयमा दाङका थारु राजा दंगीशरणको राज्यमा शत्रुहरूले
आक्रमण गरेको समाचार पाएपछि भीम तुरुन्तै आफ्नो हातहतियार लिएर राजा दंगीशरणको पक्षमा शत्रुसँग लडाई गर्न गए र शत्रु पक्षलाई हराई फर्केर आए । थारु राजाको राज्यमा शत्रुले आक्रमण गरेको खबर पाउने बेला भीमले रोटी पकाउन तावामा रोटी राखेका थिए । तावामा राखेको रोटी नपकाई भोकै थारु राजाको पक्षमा हात हतियार सहित लड्न गएका थिए । भीमले जीऊ ज्यानको परवाह नगरी लडाई लडेर थारु राजा दंगीशरण थारुलाई विजय गराई फर्केका थिए । यसरी भीमले दाङका थारु राजा दंगीशरणलाई विजय गराएकोले पाँच पाण्डबका भीम थारु जातीमा पुज्य मानिन्छन । संयोगले यो घटना भाद्र शुक्ल पक्षको तृतीय तिथि पछि पर्ने पहिला आइतवारका दिन पर्न गएको विश्वास गरिन्छ । यसै दिनको सम्झनामा र पाँच पाण्डव र थारु राजा दंगीशरण थारुको प्रगाढ सम्बन्ध रहेको साथै विजय उत्सवको रूपमा रोटी पकाई सबैले खाई खुसियालीको रूपमा मनाईन्छ भनि जन विश्वास छ । त्यसैले ब्रतालुहरूले दिउसो रोटी पकाउँदा भीमको नाममा एउटा ठूलो रोटी सर्वप्रथम पकाई भीमको नाममा चढाउने चलन छ । जुन रोटीलाई “भ्यवाँ” भन्ने गरिन्छ ।

बडका अटवारी व्रत मनाउने विधिः– बडका अटवारी व्रत पर्व मनाउने मान्यताको आधारमा विश्लेषण गर्ने हो भने अटवारी व्रत मनाउने तौर तरिका फरक हुन सक्छ । देउखुरी उपत्यकामा बसोबास गर्दे आएका थारु जातिले बड्का अटवारी व्रत पर्व मनाउने बारेमा विश्लेषण गरिएको छ । अटवारी व्रत सूर्य देवताको लागि गरिने पूजाको रूपमा मानिआएको छ । ब्रतालुहरू शुद्धता प्रति विशेष ध्यान दिनुपर्ने हुन्छ । भाद्र शुक्ल पक्षको तृतीय तिथिपछि आउने आइतबारलाई बडका अटवार ( ठूलो आइतवार) को रूपमा चिनिने धार्मिक मान्यता छ । बडका आइतबारको दिन आउनु पूर्व अर्थात शनिबारभित्र सम्पूर्ण सामग्रीहरू, शुद्ध मसिनो चामल शुद्ध पिठो गहँुको, शुद्ध घीउ, तेल, सागसब्जी, सके सुकेको माछा आदि तयार भैसकेको हुनुपर्छ । साथै फलफूल जति हुन्छ दही व्यवस्था गरिसकेको हुनुपर्छ । परिवारका पुरुष सदस्य सवै व्रत बस्नुपर्ने अनिवार्य हुन्छ । महिला सदस्यलाई अनिवार्य हुदैन । व्रत बस्ने व्रतालु पुरुषहरूबाट सूर्य देवतालाई अर्पण गरी खाने सामाग्री तैयार गरिन्छ । खाने सामग्री तैयार गर्दा अर्थात पकाउनमा सहयोग गर्ने महिला सदस्य मात्र ब्रत बस्नुपर्ने हुन्छ । विहानको खाना अर्थात सोमवारका दिन व्रतालूहरूले सुर्य देवतालाई अर्पण गरी खाने सामाग्री हरू परिवारका सवै सदस्यको सहयोगमा तैयार हुन्छ । खाना पकाउनु अघि परिवारका सवै सदस्यहरू अनिवार्य रूपमा स्नान गरेको हुनुपर्छ । व्रतालुहरू विहानै नदीमा स्नान गरी घरको पूर्वपट्टिको आँगनमा गाईगोरुको गोवरलाई सुकाएको जसलाई कन्दा भनिन्छ । आगोमा सल्लाहको साना टुक्रा पारी सो मा कालो तिलको गेडामा शुद्ध घिउमा मोली अग्निदेवतालाई धुप अर्पण गरिन्छ । त्यसपछि ब्रतालुहरू कोई सुर्य देवतालाई अर्पण गरी व्रतालुले खाने सामाग्री तैयारीमा, कोही घरको अन्य काममा लागेका हुन्छन । यी खाने सामाग्रीहरू आइतवारका दिन मुख्य भान्सामा पकाइदैन । घरको अन्य कुनै ठाउँलाई शुद्ध पारी पकाइन्छ । विशेषगरेर घरको बहरी अथवा मझेरीमा गाइगोरुको गोवरले आवश्यकता अनुसारको ठाउँ लिपपोत गरी चुल्हो वसालिन्छ । चुल्हो माटोले बनाएको हुन्छ । जो प्रयोग नगरेको भै शुद्ध हुनुपर्छ ।

रोटी वेल्ने : चौकी बेलनाहरू भएसम्म नयाँ नभए राम्रो सफा तरिकाले धोएको हुनुपर्छ । खाने सामग्रीहरू तैयार गर्ने भाँडाकुँडाहरू सकेसम्म ब्रतालुले नै सफा गरेको हुनुपर्छ । आइतवारका दिन व्रत बस्ने व्रतालुहरूले सुर्य देवतालाई अर्पण गरी खाने प्रसादीको परिकार शुद्ध घिउमा पकाएको पुरी अर्थात पक्की पुरी, सुख्खा राटी, मिठाई, दही र फलफूल वाहेक अरू हुदैन । सल्लाको धुप र कालो तिल घिउमा मिसाई अग्निमा धुपारी गर्न अनिवार्य रूपले व्यवस्था गरेको हुनुपर्छ । सवै खाने परिकारका साथै अग्निमा धुपारी गर्ने सल्लाको धुप र कालो तिल सफा सुग्घर गरी तैयार राख्ने जिम्मा व्रतालुको हुन्छ । सुर्य देवतालाई अर्पण गरी सवै परिकार तयार भएपछि ब्रतालुको संख्या अनुसार थालमा पक्कीरोटी फलफूल, मिठाई आदि प्रसादी प्रकारहरू पस्किन्छ । परिकार तैयार गरेको ठाउँको चुल्लो हटाई आगो बिचमा पर्ने गरी सबै व्रतालुहरू गोलाकारमा बस्दछन । सबैलाई प्रसादी परिकारहरू पस्किएको थाल सबैलाई दिईन्छ । प्रसादी परिकार पस्किएको थालको साथमा मालुवा पातले गाँसिएको टपरी राखिएको हुन्छ । सो टपरीमा ब्रतालुले प्रसादी परिकारको केही भाग थालवाट निकाली माथिवाट पातले ढाक्नुपर्ने हुन्छ । सर्वप्रथम सवै व्रतालुले घीउमा मिसाएको सल्लोको धुप, कालो तिल अग्निमा अर्पण गर्दछन । त्यसपछि सवै प्रसादी परिकारहरू थोरथोरै भागमा घीउ मिसाई अग्निमा अर्पण गरिन्छ । जलले आफ्नो थाल र टपरीमा राखेको प्रसादीलाई जलले पर्छि आचमन गरी सूर्य देवतालाई नमन गरी टपरीमा छुट्टाइएको प्रसादी अलग छुट्टाई राखी व्रतालुले प्रसादी ग्रहण गर्दछन । यो कार्य दिउसो १२ वजेपछि साझ ३ वजेसम्म सम्पन्न भै सक्नुपर्ने हुन्छ । प्रसादी ग्रहण गरिसकेपछि सुर्य नअस्ताउदासम्म जल तथा प्रसादी ग्रहण गर्न सकिन्छ । सुर्यास्त भएपछि जल तथा प्रसादी ग्रहण गर्न मिल्दैन । अर्को सोमवारका दिन विहानै परिवारका सवै महिलाहरू स्नान गरी विभिन्न प्रकारका खानाका परिकारहरू तैयार गर्दछन् । र, सवै मिलेर परिकार ग्रहण गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?