ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
मुख्य समाचार

तीजमा रमाएका चेलीबेटी

तीजको निहुँमा माईतीको दैलो टेक्ने, भेटघाट हुने, माइतीसँग मिठोमसिनो खाने, दिदीबहिनीहरू सँगसँगै गीत गाउने, नाचगान गर्ने, कामको व्यस्ततामा केही दिन ज्यानलाई आराम दिने चेलीबेटीका लागि तीजका रमाइला पक्ष हुन् ।
३१ भाद्र २०८०, आईतवार ०६:००
३१ भाद्र २०८०, आईतवार ०६:००

बुटवल, ३१ भदौ । अनिता अर्याल पाल्पाको मदनपोखराबाट तीज मनाउन माइती बुटवल बिहीबार नै आईपुगेकी हुन् । एक सन्तानकी आमा अर्याल तीज मनाउन आफ्नो माईती आएकी हुन् । बुढा बा आमा दाई भाउजु बुहारी र दिदी बहिनीसँग रमाएर तीज मनाउने उनले बताईन ।
उमेरले ४५ वर्ष पुगेकी अर्यालले तीज पहिले जस्तो नभएको बताउँछिन । उनी भन्छिन्–‘पहिला पहिला त तीज भनेपछि आफूले दुई÷तीन दिन अगाडि नै घरको काम सकाएर तीजको लागि तयारी गर्नुपर्ने अवस्था थियो । तर अहिले समय फेरिएको छ । पहिले बा आमाको मा एक दिन मात्रै दर खाने चलन थियो तर आजभोलि सबैकोमा पालैपालो खाने चलन छ । हामी चेलीहरूलाई त सबैकोमा जान पाउनु र रमाउन पाउनु दुबै खुशीको कुरा हो । समय अनुसार पर्व पनि फेरिएको हो कि ?

रूपन्देहीको सालझण्डी माईती भएकी यमकला भण्डारीलाई तीज पर्व फेरिएको लाग्छ तर धेरै अरूले भने जस्तो विकृती नभएको उनको बुझाई छ । तीज पनि अरू जस्तै चाडपर्व हो बाँकी यो पर्वमा महिलाहरू धेरै रमाउँछन् यसो भनिरहँदा दाजुभाई रमाउँदैनन् भन्ने होइन । हाम्रा दाजु भाई पनि हामी जाँदा नाच्दा रमाएकै छन् । फरक पहिले जस्तो त केही पनि छैन न तीज छ न अरू सबै समय अनुसार परिवर्तन भएका हुन । भण्डारी भन्छिन् पहिले पहिले महिला दिदी बहिनीका समूहहरू हुँदैनन थिए, जागिर खाने महिला कम थिए त्यसैले खाली माईत मात्रै जाने भन्ने चलन थियो तर आजभोलि जागिरेहरूका कार्यालय समूहहरूले पनि मनोरञ्जन गर्ने दाजु भाईहरूले पनि आफ्नै घर नभएर पाटी प्यालेसमा दिदी बहिनीहरूलाई एक दिन दर खुवाउँदैमा र नाच्दैमा त्यसलाई विकृति भन्ने मिल्दैन ।
तिलोत्तमानगर पालिकाकी मुना गुरुङ्ग पनि माइतीमा दाजुभाईले बोलाएर खान जाने रमाउने पर्व हो तीज यसमा महिलाले के नराम्रो गरेका छन् र वर्षदिनभरि आफ्नै घरमा दुःख सुख खाईन्छ । बाँकी केही दिनदेखि हामीलाई आफना माईतीले बोलाएर राम्रा भएर दर खान गएको मात्रै हो ।
समयको माग अनुसार नै तीज पर्व पनि अरू जस्तै मनाएको हो बाँकी बिकृति के मा दाजु भाईले बोलाएर दिदी बहिनीलाई खुवाउँदा के बिकृति हुन्छ र उनीहरूलाई जहाँ जसरी सजिलो लाग्छ त्यहि बोलाउँछन् हामी दिदी बहिनी जम्मा भएर रमाएर नाच्ने रमाउने पर्व हो हिजो हाम्रा आमा हजुर आमाले पनि तीजमा आफनो माईती जाने र रमाउने प्रचलन नै थियो । हिजोमा दिनमा पनि साउन लागे पछि तीजका गीत गाएर पर्वको शुरु गर्ने हाम्रो परम्परा हो अहिले पनि हामी सबै माईती र आफन्तकहाँ जान्छौ खाएर नाचेर रमाएका छौ केहि फरक छैन ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महŒवपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुगेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथि देखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको र यो तीजको पर्वको रूपमा मनाउने चलन शुरु भएको हो ।

आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको थियो ।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् । बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन् । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको बर्त अन्य बर्त भन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानी सम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?