ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

समय अनुसार तीजको महत्व

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

नेपाली हिन्दु नारीहरूको महान चाड हरितालीका तीज प्रत्येक वर्ष जस्तै यो वर्ष पनि हाम्रो घर आँगनमा तीज भाका मार्फत आएको छ । तीज भदौं महिनाको तृतीया तिथीका दिन पर्ने गर्दछ । तीजमा मुख्य गरी दरखाने दिन अर्थात् तीजको अघिल्लो दिनदेखि सुरु भएर ऋषिपञ्चमीका दिनसम्म ३ दिन मनाइन्छ । तीजको दिन नेपाली हिन्दु नारीहरूका लागि विशेष महत्वपूर्ण दिन मानिन्छ । अघिल्लो दिन मध्यरात सम्म दर खाने नाचगान गर्ने र भोलिपल्ट सबेरै उठेर नुवाइधुवार्ई गरि निरहार बसि पानी पनि नखाई भगवान शिवको पूजा आरधना गरेमा घरमा सुख, शान्ति र वैभव प्राप्त हुने विश्वासका साथ विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दछन् भने अविवाहित नारीले राम्रो र असल जीवनसाथी प्राप्तिकोे लागी वर मागे प्राप्त हुन्छ भन्ने धार्मिक जनआस्था रहेको छ । समयको परिवर्तन सँगै हाम्रा मौलिक चाडपर्वहरूमा पनि परिवर्तन सँगसँगै विकृति र विसंगतिहरूले पनि प्रवेश गरेको छ । यसको उदाहरण तीजलाई पनि मान्न सकिन्छ । तीज अहिले भड्किलो र महंगो बन्दै गएको छ । तीजको मौलिकताका साथै गीतका भाकाहरूमा पनि मौलिकता पाइँदैन तीजले धनी र गरिब बीचको भिन्नता पनि बढ्दै गएको छ ।

यो वास्तवमा राम्रो होइन । समय अनुसार तीजलाई छुट्टाछुटै महत्वका साथ मनाउन थालिएको छ । पहिला पहिला तीजलाई माईत जाने र मिठो मसिनो खाने अर्थमा लिइन्थ्यो अथवा वर्षभरि घरमा मेलापात, चुलोचौका, घाँसदाउरा गरेर शारीरिक रूपले थाकेको र घरमा पनि सासु–ससुरा, श्रीमान, नन्द आमाजु आदिको नराम्रो व्यवहार बाट मानसिक रूपमा पनि तनाव भइरहकोे अवस्थामा २/४ दिन भएपनि माईत जान पाए हुन्थ्यो भन्ने मनमा इच्छा हुन्थ्यो भने अर्कोतिर घरका सदस्यले माइत जान दिन्छन दिँदैनन होला भन्ने पिर महिलालाई उत्तिकै हुन्थ्यो । तीजमा माइत जान बुवाआमा दिदीबहिनी र बाल्यकालमा सँगसँगै खेलेका उकाली –ओराली गरेका साथीहरूसँग भेट्न र वर्षभरि घरमा भोगेका भोगाईहरूलाई तीजका गीत बनाएर समाजमा भएको शोषण र दमनको विरुद्धमा गीत गाई नाचगान गर्ने र दुःख सुख साट्ने महत्वपूर्ण चाडको रूपमा लिने गर्ने गर्थे भने अहिले तीजलाई सामर्थ देखाउने पर्वको रूपमा लिन थालियो । महँगा साडी गरगहना लगाउने र ठूला–ठूला पार्टी प्यालेसहरूमा गई विभिन्न थरीका परिकार र मदिरा समेत सेवन गर्दछन । पहिला एक दिन माइतमा मात्र खाइने दर अहिले एक महिना अघि देखि छर–छिमेकी इष्टमित्र र पार्टी प्यालेसमा गएर खाने विकृति रहेको छ ।

हाम्रो देश विभिन्न थरीका जातजाति, धर्म र संस्कृति, रिती–रिवाज र चाडपर्वको धनी छ । हाम्रा मौलिक चाडपर्व भनेका हाम्रा गहना हुन्, सम्पत्ति हुन जसरी हामीले आफूले लगाउने गरगहनाहरूलाई सुरक्षित साथ जोगाएर दराजमा राख्छांै त्यसैगरि यी हाम्रा सम्पत्ति जस्तै चाडपर्वहरूलाई यिनकै मौलिकपनमा बचाउन सकियो भने चाडपर्वको महŒव बढेर जान्छ । यी यस्तै चाडपर्वहरूले गर्दा हाम्रो जीवनमा कति खुसी, उमङ्ग र आशा लिएर आएको हुन्छ । यसले हामीलाई कति धेरै खुसी दिन्छ जुन खुसीलाई हामी पैसाले पनि किन्न सक्दैनौ । तीजको राम्रो पक्ष यो लाग्छ कि यसले हामीलाई शारीरिक मानसिक रूपले छोटो समयका लागि भएतापनि स्वस्थ्य राख्न मद्दत पुयाउँछ । अहिलेको व्यस्त समयमा मानिस खाली काम र दामको पछी पछी लागिरहेको छ । उसलाई आफ्नो र आफ्नो कामको बारेमा मात्र मतलब छ उसलाई परिवारसँग बस्ने कुराकानी गर्ने समयनै छैन । अहिलेको युग भनेको प्रविधिको युग पनि हो । यसले हामीलाई सहयोग पुयाइरहेको छ भने अर्कोतर्फ मानिसलाई ‘मेसिन’ जस्तो पनि बनाइरहेको छ । मानिस जति बेला पनि उसको अधिनमा रहेको जस्तो लाग्छ यसबाट टाढा राखेर यी हाम्रा चाडपर्वहरूले जसरी पनि हामीहरूमा एकआपसमा भेटघाट हुनुपर्छ । दुःख, सुख बाँड्नुपर्छ भन्ने सिकाएको हुन्छ भन्ने सामाजिक सद्भाव सहिष्णुता र भाइचाराको सम्बन्धलाई अझ बलियो र कसिलो बनाउन मद्दत गर्दछ ।

हामी आफ्नो चालचलन, रितीरिवाज बिर्सिएर अरूका चाडपर्वमा रमाउन थालेका छौं । यसैले नकरात्मक प्रभाव मान्न सकिन्छ । तीजमा लगाउनका लागि भनेर किनिने हजारौंं पर्ने साड़ी एक दिनका लागी भनेर किनिने गरिन्छ जुन खरिद गर्दा थुप्रै पैसा खर्च हुन्छ । हामी नेपालीहरु यथार्थतामा भन्दा अन्धविश्वासमा बढी विश्वास गर्दछौं । म यहाँ एउटा कुरा के जोड्न चहान्छु भने जब श्रावण महिना शुरू हुन्छ तब हामी नेपाली महिलाहरूले हरियो चुरा र महेन्दी हातमा लगाउने हो भने राम्रो हुन्छ भन्ने अन्धविश्वासमा हरियो चुरा र मेहन्दीमा थुप्रै पैसा खर्च गरिरहेका हुन्छौ । हामीलाई थाहा छैन कि यो मार्फत हाम्रो मुलुक बाट प्रत्येक वर्ष करोडौं रूपैयाँ छिमेकी देशहरूमा गइरहेको छ । अझ यति सम्मको उमेरले २/४ वर्ष लागेको ती कलिला नानीहरूका हातमा पनि हरियो चुरा लगाई दिएका हुन्छौं । यसरी बर्षमा २/४ दिनको लागी भनेर किन्ने र वर्ष दिन दराजमा थन्काउने अहिले हाम्रो देश अधिक संकट बाट गुज्रिरहेकोे अवस्था छ । यस्तो २/४ दिनको लाई भनेर गरिने देखावटीमा खर्च गर्न भन्दा दैनिक घर खर्च चलाउनका लागी सहज हुने कुनै ब्यवसायमा लगानी गरेर आर्थिक लाभ लिन सके राम्रो हुन्छ जस्तो लाग्छ ।

हाम्रा दाजुभाई, दिदीबहिनीहरू वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा गएर रगत पसिना गरी कमाएर पठाएको पैसाले देशमा विभिन्न किसिमका आर्थिक गतिविधिहरू चलेको अवस्था छ । त्यसरी दुःख गरी घरमा पठाएको पैसालाई हामी सही ठाउँमा खर्च गर्न सकेनौं भने भोलीका दिनहरूमा अफ्ठ्यारो परिस्थिति पनि आउन सक्छ । तसर्थ पैसा कमाउनु मात्र पनि कमार्ई गरे जस्तो हो भनी बुझ्न जरुरी छ । तीजमा खास गरी महिलाहरूले महिला माथि हुने सामाजिक, आर्थिक र राजनैतिक विभेदको बारेमा आवाज उठाउने र तीनका बारेमा सबैलाई सचेत गराउन सक्ने एउटा मौकाको रूपमा पनि लिन सकिन्छ । त्यसैले सर्वप्रथम महिला हामी आफू संक्षम बनौं, यदि हामी सक्षम भयौं भने देश बलियो बन्छ । यदि देश बलियो भयो भने यी हाम्रा मौलिक चाडपर्वहरूलाई हामीले बचाउन सक्छौं र देशको अस्तित्व पनि जोगाउन सकिन्छ । हामीले हाम्रा भावी पुस्ताहरूलाई दिन सक्ने भनेको यिनै हाम्रा मूल्यवान संस्कृति हुन् । त्यसैले यिनिहरूको महत्व बुझौं । अन्त्यमा हरितालीका तीज २०८० को उपलक्ष्यमा देश तथा विदेशमा रहने हुने बुवाआमा, दाजु, भाई तथा दिदीबहिनीहरूमा हरितालीका तीजको शुभकामना दिन चाहान्छ । तीज रमाइलो गरी मनाउनु होला, स्वस्थ रहनु, होला खुशी रहनु होला । धन्यबाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?