ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
विचार

सहर पसेको नौजवान

३० भाद्र २०८०, शनिबार १५:३८
३० भाद्र २०८०, शनिबार १५:३८

हिजोजस्तै आज पनि नौजवानहरूको पलायन उस्तै छ । गाउँहरू झनपछि झन रित्तिदै गएका छन् । विकासका नाममा गाउँ पुगेका डोजर र एक्साभेटरहरूले पहाडको छाती कोतरेर ‘बाटो’ नामको पहिरोको बिजारोपण गरेका छन् । टाठा बाठाहरूले त्यसरी बजेटको ‘कथित’ सदुपयोग गरे पनि गाउँमा नौजवानहरू रोकिने कुनै संकेत छैन । पुग्न त गाउँमा कथित बाटो पुगेको छ । ब्रोइलर कुखुराको मासु पुगेको छ । वियर र काकाकोला पुगेको छ । चाउचाउ र कुरकुरे पुगेको छ । तर नयाँ पूस्तालाई के लाग्छ भने गाउँमा केही पनि पुगेको छैन ।
तिनलाई लाग्छ–सबै उतै सहरतिर थुप्रेको छ । छन न त गाउँमा धौ धौ गरी चलिरहेको स्कुल छ । थापना नै सही, स्वास्थ्य चौकी छ । चुनाउ जितेका जनप्रतिनिधिहरू छन् । स्थानीय सरकार छ । पुलिस चौकी र एकाध दर्जन पुलिस छन् । तर नयाँ पुस्ताका नौजवानहरूलाई के लाग्छ भने गाउँमा केही पनि छैन । छ त, सहरमा नै छ । सहरमा नै सबथोक छ ।

नयाँ पुस्तालाई लाग्दो हो गाउँमा तिनकोे सपना फुल्ने माटो छैन । तिनको भविष्य सप्रने हावापानी छैन । गाउँमा बाजे बज्यै र बाआमाहरूको दुखिया जिन्दगी मात्रै छ । तिनका नानीहरूको सुखद भविष्यको संभावना छैन गाउँमा । शायद त्यसैले ती आफ्ना सपना फुलाउने रहर बोकेर गाउँबाट सहर पस्दछन् । सहर तिनका आँखामा त्यस्तो क्षितिज भएर देखा पर्दछ जहाँ जीवनको इन्द्रेनी लागिरहेको हुन्छ ।
अन्त्याँटी, गाउँ झनपछि झन्झन् रित्तिदैं जान्छ ।

त्यसरी नै ऊ पनि गाउँबाट सहर पसेको थियो । सहर पसेपछि देखेको थियो–ऊ जस्तै गाउँबाट झरेका असंख्य नौजवानहरू । ती कोही पढ्न चाहन्थे । कोही रोजगारी चाहन्थे । कोही बालबच्चालाई कथित बोर्डिङ स्कूलमा पढाउन चाहन्थे । बिरालाले पाठापाठी बोकेर हिँडेजस्तै ती सहरमा डेरा सर्दै हिँड्थे । सहरको यन्त्रणा सहन ती बाध्य थिए । सहरको यन्त्रणामा ती अभ्यस्त थिए ।

गाउँ र सहरमा फरक हुँदो रैछ !
गाउँले गाली गर्दै माया गर्दथ्यो । गाउँले दिन्थ्यो ।
सहरले माया गर्दै गाली गर्दछ । सहरले लिन्छ ।

गाउँबाट सहर पसेर संघर्ष गर्दै गरेको उसँग जुलुशको परेडले धरती हल्लाउन भनी एकदिन सहरले उसको जुत्ता माग्यो, खुट्टा माग्यो । कुनै अर्को दिन अधिकारको नाराले आकाश थर्काउन भनी उसको आवाज माग्यो । अझै अर्को दिन आफ्नो सुरक्षार्थ पिस्टोलको ट्रिगर दबाउन उसको चोरऔंला माग्यो ।

गाउँ छोडेपछि आखिर ऊ जोडिएको थियो त सहरसँगै जोडिएको थियो । उसका सपनाहरू कोही कसैसँग जोडिएका थिए् त, सहरसँगै जोडिएका थिए । अब उसलाई चाहेर वा नचाहेर कसैसँग भरोसा थियो त सहरसँग नै थियो । अब उसले केही पाउनु थियो त सहरबाट नै पाउनु थियो । उसले केही खोज्नु थियो त सहरमा नै खोज्नु थियो । गाउँ छोडेपछि अब उसका लागि सहरको विकल्प थिएन नि त !
त्यसैले उसले सहरलाई आफ्नो भरोसिलो जुत्ता दियो जुन जुत्ता उसलाई उसको बाले दिएका थिए । आफ्नो गोडाहरूको सम्पूर्ण ताकत दियो जुन ताकत उसलाई उसकी आमाले आफ्नो छाती निचोरेर दिएकी थिइन् । आफ्नो आवाजसँगै हृदयका सप्पै सप्पै शब्दहरू दियो जुन शब्दहरू उसलाई उसको गाउँको आकाशमा उड्ने चरा, पहाडमा बग्ने छहरा, प्यारा वन जंगल र घरगोठले दिएका थिए ।
उसले पिस्टोलको ट्रिगर दबाउन आफ्नो दाहिने हातको चोर औंला मात्रै होइन, आफ्नो पूरै हात सहरलाई दिएको थियो ।
यसरी उसले सहरलाई भूकम्पमा साथ दियो । कोरोना कालमा साथ दियो । हर विपत्तिमा काँध दियो । हर अप्ठ्यारोमा आँट दियो । गुमाएर आफ्ना अमूल्य समय र सपना हर कथित क्रान्तिमा साथ दियो ।

सहर बाठो छ । चलाख छ । क्यानाम्, बहुतै स्मार्ट छ । सहर कुनै पनि कुरामा पछि पर्ने कुरै हुँदैन । त्यसैले सहरले पनि दियो । दियो उसलाई ।
सहरले पनि नदिने कहाँ हो ? दियो नि !

सहरले उसलाई पछाडि पिठ्यूँमा घातको छुरी दियो । अगाडि पेटमा आघातको रामपुरी दियो । फकाएर दियो । झुक्कयाएर दियो । देखाएरै दियो । बारम्बार दियो । लगातार दियो ।
भोकले बटारिएका उसको आँत त्यसपछि भुइँमा झयो ।

गाउँबाट सहर पसेपछि हर नौजवानको हृदयमा जस्तै उसको हृदयमा पनि सपनाहरू हुर्कदै गरेका थिए । हुर्किंदै गरेका ती सपनाहरूको भ्रूण त्यसपछि उसको हृदयमा नै तुहिए । ती भ्रूणले संसार देख्न पाएनन् । उसका सपनाले उसका उदास आँखाहरूलाई देख्न पाएनन् ।
हो, धेरै कुरा पाउने सपना देखेर गाउँबाट सहर पसेको नौजवानले सहरमा केही पनि पाउँदैन ।
खासमा सहर त्यस्तो साहुकार हो जसले ऋण दिन्छ । ऋण पाउने दुखिया ऋणीले सोंच्छ–त्यो ऋणबाट उसले धेरै थोक गर्नेछ । तर त्यही ऋणको व्याज र व्याजको स्याज तिर्दातिर्दै उसको उमेर सकिन्छ । तैपनि मूल साउँ ज्यूँका त्यूँ बाँकी रहन्छ । साँवा चुक्ताका लागि अन्त्यमा साहुले ऋणीको सम्पूर्ण जायजेठा हात पार्छ । त्यसरी ऋणीको सम्पूर्ण जीवन र श्रीसम्पत्ति सकिन्छ । उसका सारा सपनाहरूको अवसान हुन्छ ।
सपनाका अनेक तानाबाना बुनेर गाउँबाट सहर पस्ने नौजवानहरूले एक दिन के कुरा बुझ्ने नै छन् भने सहरले हर कोहीबाट हर क्षण केही न केही खोसिरहेकै हुन्छ ।
हाम्रा नौजवानहरूले त्यो कुरा बुझ्ने दिन कहिले आउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?