ट्रेंडिंग:

>> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते
मुख्य समाचार

ज्वाईको विश्वास र चेकको भर परेर घर जग्गा पास दिंदा बृद्ध दम्पत्तिको डुब्यो ६० लाख

नगद दिन्छु भनेर ढाँट्दै चेक बाउन्सको अवधि कटाए । प्रहरीमा उजुरी दिएपनि सुनुवाई भएन
३० भाद्र २०८०, शनिबार १५:२६
३० भाद्र २०८०, शनिबार १५:२६

बुटवल, ३० भदौ ।

घर खरीद गरी एक व्यक्तिले स्थानीय एक वृद्ध दम्पत्तीसँग ६० लाख रुपियाँ ठगी गरेका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ निबासी मनरुपा रेग्मीको १५ धुरमा बनेको घर कपिलवस्तु ४ नम्बरका कुम्भस गिरीले २०७८ मंसिर १५ मा खरीद गरेका थिए । तर खरीद गर्दा विभिन्न मितिको ६३ लाखको चेक दिएपछि सोही चेकको विश्वासका आधारमा घरधनी मनरुपाले १५ धुरमा बनेको घर कुम्भज गिरीका नाममा रजिष्ट्रेशन पास गरिदिएकी थिइन् ।

बुटवल–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरीद गर्ने गिरीलाई घरधनी मनरुपाका ज्वाईं राजेश लम्सालसँग सम्पर्क गराएकी थिइन् । घरधनी मनरुपाले आफ्नै ज्वाईको विश्वासको आधारमा घर पास गरिदिएकी थिइन् । ज्याई लम्सालले भने माया सुवेदीको विश्वासको आधारमा घर पास गर्नका लागि आफ्ना ससुरालीलाई सहमत गराएका थिए ।

“म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको छैन, आफ्नै ससुरालीको घर बिक्रीका लागि स्थानीय माया सुवेदीले घर खरीद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरीद बिक्रीको काम भएको हो”–शनिबार आयोजित पत्रकार सम्मेलनमा लम्सालले भने ।

घर खरीद गर्ने क्रममा बयनो बापत १० लाख रुपियाँको चेक २०७८ मंसिर १५ गतेको मितिमा खरीदकर्ताले काटेका थिए । तर सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रुपियाँ नगद ल्याएर दिएको घरधनी मनरुपाले बताइन् ।

त्यस्तै २०७८ माघ १५ गतेको मितिमा २५ लाख रुपियाँको चेक काटिएको छ भने २०७८ चैत ३० गतेको मितिमा २८ लाख रुपियाँको चेक काटिएको छ । ती सबै जोड्दा चेकबापतको रकम ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रुपियाँ छुट्टै नगद दिएकाले ६४ लाख रुपियाँ घरधनीले पाउने गरी खरीद बिक्री भएको पाइएको छ । तर घर खरीद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रुपियाँ कारोबार गरिदिने माया सुवेदीले कमिशन खाने मनसाय राखेको देखिएको छ ।

मनरुपाका श्रीमान रत्नखर रेग्मीले पैसा प्राप्त नहुँदासम्म आफूले घर पास नगरिदिन आग्रह गरेको तर ज्वाईंले भनेपछि पास गरिदिएको बताए । दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले घर खरीद गरेर पैसा नतीर्दा आफू समेत तनावमा परेको बताइन् । “मैले नै कारोबार गराएकी हुँ, तर खरीद गर्ने कुम्भज गिरीले पैसा दिन्छु भनेर बारमबार झुक्याइरहेका छन्, यसले मलाई समेत तनाव भैरहेको छ”–सुवेदीले भनिन् ।

घर बिक्री गरेका मनरुपा र रत्नखर रेग्मीले चेक बाउन्समा उजुरी हाल्ने तयारी गरे पनि खरीदकर्ता गिरीले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको पीडितहरुले बताएका छन् । चेक काटेको मिति ६ महिना नाघेमा चेक बाउन्समा उजुरी नलाग्ने ब्यवस्था छ । पीडितले आफूहरुमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन् । तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।

अहिले उक्त घर सिर्जना श्रेष्ठको नाममा पास गरेको पाइएको छ । मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले उक्त घर दृष्टिबन्धक राखी बैंकबाट क्रृण निकाल्नको लागि सिर्जनाको नाममा नामसारी गरेको पाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?