ट्रेंडिंग:

>> प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची >> कोशी, गण्डकी र बाग्मती  प्रदेशमा चट्याङ्ग सहित वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान >> इन्धनको मूल्य घट्यो >> कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला >> मकैमा फौजी किराको प्रकोप >> प्रदेश सरकारका अस्थिर पर्यटन नीति र त्यसका असरहरू >> प्रगति विवरण होइन, काम देखाउ सरकार >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मोटरबाटोले हरायो बटुवा हिंड्ने गोरेटो >> चाइना स्टेट कम्पनीको ३ वटा टिपर र एउटा जेसिबी प्रहरी नियन्त्रणमा >> काकाकुल रेक्चाबासी : पानी माग्न आन्दोलन >> छिपछिपे सहकारीका ७ जना पुर्पक्षका लागि कारागार चलान >> लुम्बिनीको वजेट ३८ अर्ब ९५ करोड (पूर्ण पाठ सहित) >> चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन >> चाैथाे अधिवेशन । तेह्राैं बैंठक | लुम्बिनी प्रदेश सभा । २०८१ असार १ गते >> आईसीसीले पनि भन्यो– दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शन गर्व गर्न लायक >> राप्रपा नेपालले आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने >> तिलोत्तमा व्यापार संघद्वारा ९ वटा वस्तुगत समिति गठन >> तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत >> मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न >> राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा >> दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त >> नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमै रोक्यो, कुशल भुर्तेलले लिए ४ विकेट >> नेपाल टस जितेर फिल्डिङ गर्दै, सागरको ठाउँमा सन्दीप >> अभिभावकको छहारी >> उल्टो धारमा सुल्टो धारणा >> ‘बल ब्वाय’ बाट कोच >> बाली बीमामा ‘बढेन आकर्षण’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सप्तकोशी बैंकका पूर्वसीईओ नवीन सुवेदीलाई ३ वर्ष भन्दा बढी कैद, २ करोड बढी जरिवाना >> असार ३ गते सार्वजनिक बिदा >> गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटा पदमुक्त >> विकास र राजनीतिलाई जोडेर लैजाऔं : पौडेल >> लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा तेस्रोपटक आचार्य >> चर्को गर्मीले विद्यार्थी बेहोस, सल्यानमा विद्यालय बन्द >> ‘हरेक ५० जना बालबालिकामा एकजनालाई अटिजम’ >> ताप्लेजुङमा पहिरोले घर बगाउंदा चारजनाको मृत्यु >> एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित >> वेस्ट इन्डिज पुग्यो नेपाली टोली : भोलि दक्षिण अफ्रिकासँग खेल्दै >> टी-२० विश्वकप :आज अफगानिस्तान र पीएनजी तथा अमेरिका र आयरल्याण्डबिच खेल हुँदै >> लुम्बिनी प्रदेशमा आज पनि पानी नपर्नेः यस्तो छ अन्य ठाउँमा मौसम पूर्वानुमान >> नेपालको शिक्षा नीतिमै अलमल : नैतिकता र संस्कारको खडेरी >> निर्माणाधीन नालामा माटोको ढिस्कोले पुरिंदा तीन मजदुरको मृत्यु >> किसानलाई उपकरण वितरण >> १६ दिने निःशुल्क वारिष्ठा तालिम सुरु >> रक्तदातालाई प्रोत्साहनको खाँचो >> बैँकको खाताबाट बचत गायब सेवाग्राहीको बिचल्ली ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मानव विकास सूचकांकले गिज्याउँदै प्रदेश सरकार >> लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा 

तीजः मौलिकता मासिँदै कि समयानुकूल बन्दै ?

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

काठमाडौं, २९ भदौ ।

अहिले तीजको रौनक घरदेखि बजारसम्म छाएको छ । कतिले तीजको मौलिकता मासिँदै गएको र तडकभडक बढ्दै गएको भनेर चिन्ता प्रकट गरेका छन् ।

तर यो पर्वले महिलाहरूलाई आफ्नो स्वतन्त्रता अभिव्यक्त गर्ने अवसर दिएको कतिपयको धारणा छ ।

हिजो तीज चेलीले माईतीलाई मनको बह पोख्ने भन्ने थियो । तर, अहिले समाजको आधुनिकीकरणसँगै तीज मनाउने र तीजमा गाईने गीतका प्रकृति फेरिएका छन् । बिगतमा धार्मिक, सांस्कृतिक र परम्परागत आधारमा तीज मनाईन्थ्यो । घर, आँगन, पिढी, चौतारोमा माईती जान नपाएको परिवारको बुहार्तन जस्ता गुनासाहरु गीतमा पोखिन्थे भने अहिले तीज पार्टी प्यालेस र रेष्टुराँमा सीमित भएका छन् । तीजका मौलिक भाकाहरु हराउँदै गएका छन् । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यसको महत्वमा भने कुनै कमी आएको देखिंदैन । हिजोआज शहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको र तीजको मैलिकता र संस्कृती हराउँदै जाने हो कि भन्ने चिन्ता र चासो पनि ब्यक्त गर्न थालिएका छन् ।

तीज मनाउने बहानामा उत्ताउला र भड्किला गीतमा परिवारसँग बसेर हेर्न नसकिने खालका नृत्यहरुले तीजको अस्तित्व नै सकिने हो कि भन्ने चिन्ता लाग्न थालेको छ, संस्कृतिविद् जगमान गुरुङलाई । विकृती हो भनौ भने क्याम्पसमा पढ्ने युवतीहरु पनि ब्रत लिन थालेका छन् । मान्यताको पालना भैरहेको पनि छ । होईन भनौ भने “अहिले दरको नाममा पार्टी प्यालेस र रेष्टुराँमा महिना दिनसम्म भव्य भोज गरिन्छ । मैलिक गीत भन्दा पनि भड्किला गीतमा केटाकेटी सँगै नाचेको देखिन्छ । परिवारका सदस्यसँगै बसेर हेर्ने, असहज हुनेगरी चर्को चर्को आवाजमा गीत बजाउने, नाच्ने । रत्यौली हो कि तीज हो त्यस्तो त तीज हुन्छ र ?” उनले भने । पहिले तीजमा महिलाले मात्र गीत गाउँथे, नाच्थे । पुरुषहरु टाढा टाढा बसेर हेर्थे । “तीजको गीतको भाका भिन्नै हुन्छ, लय भिन्नै हुन्छ । अहिले तीज भनेर नाच्ने दोहोरी हुन् । तीजको गीतमा कुनै किसिमको बाजा बजाईदैन खाली थपडी मात्र मार्ने हो । तीजको साहित्य नै हरायो । अहिलेका नाच्ने गीत झ्याउरे हुन् ।

तीजसँग विभिन्न सामाजिक सांस्कृतिक पक्ष पनि जोडिएका छन् । हिजो संस्कृती थियो, तर पछिल्लो समयमा परम्पराको नाम जोडेर गरिएका भड्किला कार्यक्रमहरु मौलिक सांस्कृतिक पक्षलाई ओझेलमा पार्ने कोसेढुङ्गा बन्दै गएका छन् । तीजमा विवाह भएर घरमा गएका चेलीलाई माईतीमा लिन जाने चलन थियो । श्रीमानका घरमा पाएका दुःख, सुख गीतको माध्यमबाट ब्यक्त गर्ने गरिन्थ्यो । तीज गीतको माध्यमबाट सासुको कचकच, नन्द अमाजु र ससुराको टोकसो पोखिन्थे । वर्षपछि भेट भएका दिदीबहिनी, साथी संगीसँग सुखदुःखको कुरा गर्ने, बचनले ब्यवहारले ब्यक्त गर्न नसकेका कुरा तीजको गीतबाट बेदना पोख्थे । बेदना पोखेपछि मन हलुका बनाउँथे । जसले एक किसिमको थेरापीको काम गर्दथ्यो । “माईती र चेलीबीच सद्भाव, माया र आत्मियता थियो”, उनले भने, “अहिलेका चेली आफै कमाउन सक्ने भए । महिला सशक्तिकरण, महिला जागरण भनेको छ ।” गुरुङका अनुसार पार्टी प्यालेस र रेष्टुराँमा मदिरा खाने र चर्को चर्को आवाजमा गीत लगाएर केटाकेटी नाच्ने तीज संस्कृती होईन । धनीहरु भब्य रुपमा एक महिनादेखि तीज मान्ने । निमुखाको चुलो नबल्ने । चेलीलाई बोलाउने खर्च छैन । आर्थिक, सामाजिक समानता छैन । “एकातिर यसले तडकभडकको संस्कृतीलाई बढावा दिँदैछ । अर्कोतिर साथीसंगीको देखासिखी गर्नुपर्ने बाध्यताले केही घरमा कलहलाई समेत निम्त्याउँदैछ । हामीले कतै तीजलाई संस्कृतीको साटो विकृति त बनाउँदै गएका छैनौँ ? अञ्जानमै धनी र गरिबको खाडललाई छरपस्ट पारिराखेका त छैनौँ ? चाडपर्वहरु हुनेखानेको मात्र होईन हुँदा खानेको पनि बन्न सक्नु पर्दछ”–उनी भन्छन् ।

कु्नै समय थियो गाउँमा मादल बज्दा तीज आएको आभाष हुन्थ्यो । दिनभरि मेलापात सकेर साँझ परेपछि छिमेकीको आँगनमा जम्मा भएर तीज गीत गाईन्थ्यो । मादलका तालमा तीजका मौलिकता झल्कने गीत गाएर आ आफ्ना दुख, पीडा, बेदना र समसामायिक बिषयवस्तु तीजगीत मार्फत ब्यक्त हुन्थे, । राति अबेरसम्म गीत गाएपछि घरमा उपलब्ध जे हुन्छ खाजाका रुपमा खाने चलन पुरानो नै हो । विवाह भएर गएका चेलीलाई माईती लिन जाने तीजको अघिल्लो दिन (दर खाने) दिन खीर, घिउ, अचार, तामा बोडीको तरकारी आदि परिकार बनाएर खुवाउने चलन थियो । बिहे भएर घर गएका चेलीहरु माईती जान र एक सरो नयाँ लुगा लगाउन तीज कुर्नुपर्ने बाध्यता थियो । उतिबेला स्रोत साधनको अभाव थियो । विवाह भएर गएका छोरी चेलीहरुको माईत आउने र जमघट हुने भनेकै तीजको अवसरमा थियो भने कतिपय त पारिवारिक जिम्मेवारीका कारण तीजमा माईत जान नपाउने बाध्यता पनि थियो । अहिले महिला कामकाजी भएका छन् । यातायातको सुविधा नपुगेको प्रायः ठाउँ छैन । अत्यास लाग्यो भने भेट्न चाडपर्व नै कुर्नुपर्ने बाध्यता छैन । अहिले समय फेरिएको छ । समयसँगै तीज मनाउने शैली पनि फेरिएको छ । तीजमा गाउने गीतका भाका, शैली फेरिएका छन् । पहिले घरमा सीमित महिला अहिले कामकाजी भएका छन् । विभिन्न संघ संस्थामा महिलाहरुको आवद्धता बढेको छ । बसाई सराई गरेर पहाडबाट तराई हँुदै विदेशमा पनि स्थानान्तरण भैरहेका छन् । आफ्ना खुट्टामा उभिन सक्ने भएका छन् । एकसरो लुगा लगाउन र मिठो मसिनो खान चाडपर्व कुर्नुपर्ने आवश्यकता छैन । यातायात र इन्टरनेटको पहुँचले गर्दा चाहेको बेला भेट्न र घण्टौंसम्म सुखदुख साट्न, मनका बह पोख्न भिडियो कलको प्रयोग गर्नसक्ने भएका छन् । तीज नै कुर्नुपर्ने बाध्यता छैन ।

तीज संस्कृती, परम्परा र सभ्यतासँग गाँसिएको नेपालको एउटा मौलिक पर्व हो । ऐतिहासिक कथाको आधारमा मनाउनुपर्ने, आध्यात्मिक दृष्टिबाट मनाउनुपर्ने हो । तर, यसलाई रुपान्तरण गर्ने भनेर साथीभाई, ईष्टमित्र भेट्ने रमाईलो गर्ने, खाने नाच्ने भन्नेतिर मात्र तीजलाई लिदा तीजको गरिमा कतै घट्यो कि भन्ने महशुस भैरहेको छ नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाललाई । उनी भन्छिन्, “तीज हिन्दु महिलाहरुको मौलिक पर्व हो । पहिले महिलाहरु तीजमा माईत जाने र आफै गीतहरु रचना गर्ने अनि गाएर आफ्नो भावना पोख्ने संस्कारसँग तीज जोडिएको थियो । अहिले भावनात्मक गीत भन्दा पनि मनोरन्जनात्मक ढंगबाट मात्र तीज मनाउन थालिएको छ । जसले गर्दा भोलीको पुस्ताले यसको महत्वलाई नबुभ्ने होकि भन्ने आशंका छ ।” तीज मात्र होईन कुनैपनि पर्व मनाउने नाममा बढी भड्किलोे नगर्न उनी सल्लाह दिन्छिन् ।

पछिल्ला वर्षमा बजारमा दर्जनौका संख्यामा तीजलाई भनेर एल्बम निस्केका भएपनि वास्तविक तीजको मर्म बोकेका भाका पाउन भने मुस्किल भएको स्वीकार्छिन् लोकदोहोरी गायिका लक्ष्मी न्यौपाने । जीवनको लामो समयदेखि लोकसंंगीतमा लागेकी र यसको सम्वद्र्धनमा खटिएकी गायिका न्यौपाने तीजको गीतमा लय हुने, नारीको बेदना हुने, नारीको बेदना र विद्रोहका कुरा हुने बताउँछिन् ।

“समयसँगै परिवर्तन हुँदै जानु स्वभाविकै भएता पनि तीजको स्वरुप र अस्तित्व नै धरापमा पर्ने गरी र विकृती निम्त्याउने खालका गीतहरु आउनु हामी कसैका लागि पनि राम्रो पक्ष होईन । तीजको गीत तीजको मौलिकता बोकेको हुनुपर्छ ”, उनी भन्छिन् ।

“यसरी तीज गीतमा परिवर्तन गर्दै स्वरुप बदल्दै जाँदा भोली आउने नयाँ पिढीलाई हामी तीज भनेर के हस्तान्तरण गर्ने ?” उनले प्रश्न गरिन् । “परिवर्तन राम्रोको लागि हुनुपर्छ । विकृतीका लागि हँुदैन भन्ने मेरो मान्यता हो । यसको मुख्य जिम्मेवार हामी स्रष्टा कलाकार नै हौं”, उनी भन्छिन् । दर्शक स्रोताले पनि बिकृति बढ्ने खालका गीतहरुलाई मूल्य मान्यता नदिने हो भने कलाकारले पनि यस्ता गीत नल्याउने न्यौपाने बताउँछिन् । खबरदारी गर्नुपर्छ र विकृती भित्रिनबाट रोक्नुपर्ने उनको भनाई छ ।

ज्योतिष तथा वास्तुविद जनार्दन न्यौपाने तीज पर्व हिमालय पर्वतकी पुत्री पार्वती र भगवान शिवको विवाहसँग जोडिएको बताउँछन् । न्यौपानेका अनुसार पार्वती सानैबाट शिवको अत्यन्तै भक्त हुन्छिन् । नारदले उनको विवाह भगवान विष्णुसँग गर्ने प्रस्ताव गर्छन् । पार्वतीले आफ्ना साथीहरुलाई यो कुरा सुनाउँछिन् । पार्वतीका साथीहरुले उनलाई हरण गरेर घनघोर जंगलतिर लैजान्छन् । पार्वतीले भगवान शिवको कठोर तपस्या गर्छिन् । उनको तपस्याबाट महादेव प्रशन्न भएर उसको सारा मनोकामना पूरा गरिदिएको पौराणिक कथा छ ।  पार्वतीको व्रत सफल भएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । त्यसैले भाद्र शुक्ल तृतीयाको दिन महिलाहरु निराहार व्रत बसी विवाह भएकाहरुले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र परिवारको सुख शान्तिका लागि व्रत बस्छन् भने अविवाहित नारी पनि राम्रो पति पाउँ वा आफ्नो सारा मनोकामना पूरा हुने विश्वासका साथ व्रत बस्ने परम्परा रहेको न्यौपाने बताउँछन् । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाईन्छ । अघिल्लो रात अर्थात द्वितीयाका दिन दर खाईन्छ । तीजका दिन ब्रत बसिन्छ । चौथीका दिन स्नान गरी ब्रतको पारायण गरेर खाना खाईन्छ । तीजको तेस्रो दिन अर्थात ऋषिपन्चमीका दिन ब्रतालु महिलाहरुले ३ सय ६५ वटा दतिवनले दाँत माझेर शुद्ध माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पन्चमीका दिन अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, बिश्वामित्रा तथा वशिष्ठ ऋषिको पुजा गरी हलोले नजोतेको अन्न र एक सुईरे भएर उम्रने कर्कलो आदिको तरकार वा एकदलीय अन्न मात्र खाईन्छ । यो दिन श्रीमानले पकाएको खाना खाए आपसी आत्मीयता एवं सदभाव बढ्ने विश्वास समेत रहेको ज्योतिष न्यौपानेले बताए । चाडपर्व सभ्य र शालीन तरिकाले रमाईलो गरी मनाउनु आफैमा राम्रो पक्ष हो । किनकी यसबाट संस्कृती एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्छ । तीजको अवसरमा गाउने गीतले हाम्रो मौलिक संस्कृतिको विकास गरेका छन् कि विकृतीलाई अँगाल्दैछन् ? यसको पनि जवाफ खोज्न जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?