ट्रेंडिंग:

>> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित
कर्णाली

अब कर्णालीमा एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू

२९ भाद्र २०८०, शुक्रबार १६:४६
२९ भाद्र २०८०, शुक्रबार १६:४६

सुर्खेत, २९ भदौ ।

अब कर्णालीमै पनि एमआरआई मेसिनबाट उपचार सुरुवात भएको छ । प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू गरिएको छ । दुई महिना अघि अस्पतालमा भित्रिएको थियो । सो मेसिनबाट आजदेखि उपचार सुरु गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

मेसिन जडान तथा प्रोसेसिङ प्रोग्रामहरु इन्स्टल गरेपछि शुक्रबार अस्पतालका निर्देशक डा. डम्बर खड्काले एमआरआई सेवा सुरु गरेका हुन् । एमआरआई मेसिनबाट उपचार सुरुवात भएपछि अब कर्णाली प्रदेशका दश जिल्लाका नागरिकहरु लाभान्वित हुने भएका छन् । कर्णालीमा एमआरआई मेसिनबाट उपचार नहुँदा प्रदेशका नागरिकहरु काठमाडौं तथा भारतको लखनउ जानुपर्ने बाध्यता थियो । यसरी बाहिर जाँदा बिरामीहरुको आर्थिक रुपमा महंगो खर्च तिर्नुको साथै लामो समय खर्चनु पर्ने बाध्यता रहेको थियो ।

आर्थिक रुपमा मात्र होइन उपचारको लागि टाढा जानुपर्ने हुँदा मानसिक रुपमा समेत बिरामीलाई समस्या झेल्दै आएका थिए । प्रदेश अस्पतालै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि विरामीहरुले महँगो खर्च गरेर सुर्खेत बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । यो मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँचगर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ ।

‘यस मेसिनबाट कर्णालीबासीलाई उत्कृष्ट सेवा प्रदान हुन्छ । यहाँका बिरामीलाई बाहिर रेफर गर्नु पर्दैन’ अस्पतालका निर्देशक डा. खड्काले भने, ‘जसले गर्दा बिरामीहरु बाहिर गएर महंगो खर्च गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने छन् । अब यही स्थानीय स्तरमै उक्त सेवा पाउने छन् ।’

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?