ट्रेंडिंग:

>> कटान आदेशबिना कसरी काटियो कपिलवस्तु अस्पतालका रुख ? >> प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची >> कोशी प्रदेशमा भारी वर्षा, कस्तो रहला अन्यत्रको मौसम ? >> रोहितसँग झगडा गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले तिरायो जरिवाना >> कर्णालीका सांसद भन्छन्ः बजेटमा विचौलिया हावी भए >> चुरे संरक्षण गर्न दबाब दिऔं >> राजा परीक्षित र सुनको महिमा >> प्रतापपुरमा ‘न्यायमा पहुँच कार्यक्रम’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> फर्साटिकरलाई जिल्ला लिगको उपाधि >> एनजीओको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन >> वजेटमा सत्तापक्षकै सांसदहरु रुष्ट, प्रेम आलेले दिए संसदमै बदला लिने चेतावनी >> बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय >> पुष्पा २ को नयाँ रिलिज मिति सार्बजनिक >> प्रथम सहाना प्रधान यु —१९ भलिबलमा लुम्बिनी प्रदेश खेल्दै >> इन्टरनेट पनि अत्यावश्यक सेवामा, २५ वटामा हडताल गरे कारबाही >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> बजेटमा पक्षपात भयो, पारित गर्ने दिन संसद बहिष्कार गर्छु- डा.अमरेशकुमार सिंह >> बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड >> लिङ्देनले रोष्टममै च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका >> ‘औद्योगिक क्रान्तिका समयमा पछि परेका देशको विकासका चुनौतीलाई सम्बोधन गर्न जरुरी छ ।’—प्रधानमन्त्री दाहाल >> सल्यानका १० पालिकामा एमालेका नया पदाधिकारी >> एम्बाप्पे मास्क लगाएर खेल्ने >> गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा >> सोनाक्षी र जहीर जुन २३ मा कोर्ट म्यारिज गर्दै >> ज्ञानेन्द्र शाहीको महासेठलाई प्रश्न, तपाइँ झापा र धनुषाको मात्र मन्त्री हो ? >> कानुनको पूर्ण पालना गर्न सहकारी संस्थाहरुलाई विभागको आग्रह >> विश्व बैंकको आईडीए बैठक आजदेखि काठमाडौंमा >> खडेरी नियन्त्रणमा ऐक्यबद्धता जरुरी >> लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर >> फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान >> ११ महिनामा ७ लाख नेपाली रोजगारीका लागि विदेशिए >> बुटवलमा ‘हाइमास्ट लाइट’ उज्यालो >> प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची >> पूर्वी भूभागमा मनसुन सक्रिय, यस्तो छ आजको मौसम पूर्वानुमान >> बुटवलमा चुरेको जोखिम र अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीको ध्यान कुर्सी जोगाउने र मिलेर खानेमा मात्रै : विप्लव >> सरकारको आयू लम्बाउन ओलीको जुक्ति : सीके राउतलाई परराष्ट्रमन्त्री अफर >> ट्यांकर चालक र सरकारबीच सहमति >> घरजग्गा कारोबारमा बृद्धि >> ओलीको असन्तुटी देखावटी मात्रै, खल्तीमा राजीनामा बोक्नु रास्वपाको पहिचान : प्रधानमन्त्री >> बक्स असिफमा भिड्दै अल्लु अर्जुन र आमिर खान >> काठमाडौंका पेट्रोल पम्प बन्द >> चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु >> ६ किलो सुन र ४८ लाख रुपैयाँसहित चिनिया नागरिक पक्राउ >> चर्को गर्मीले साउदीमा १४ जनाको मृत्यु >> बंगलादेशविरुद्ध इतिहास रच्न चुक्यो नेपाल >> आज दिउँसो ३, राति ४ प्रदेशमा वर्षाको सम्भावना >> पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

आक्रमणको विरोधमा हेटौंडाका ७८ डाक्टरले दिए राजीनामा

२९ भाद्र २०८०, शुक्रबार
२९ भाद्र २०८०, शुक्रबार

बुटवल,२९ भदौ । बिरामीका आफन्तबाटै असुरक्षित रहेको भन्दै मकवानपुरको हेटौडाका विभिन्न अस्पतालमा कार्यरत ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।
हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका हुन्। उनीहरुले शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट एचडीयूमै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन्।

बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो। आक्रमणमा परी एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापा घाइते भएका छन्। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । थापा उपचारका लागि काठमाडौं गएका छन् ।

डेंगुका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन्। साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो।

प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो। कुटपिटमा संलग्न चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?