ट्रेंडिंग:

>> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति
अर्थ
चामल व्यापारीको नयाँ ठगी धन्दा :

मोटा चामलको ‘मसिनो मूल्य’

नेपाली मोटा चामल (धान) को व्यापारीहरूले चामल मिलको सहायतामा मसिनो चामलको रूपमा रूप परिवर्तन गर्ने गरेका छन् । पछिल्लो पटक नेपालमा चामलको मूल्य बढेपछि व्यापारीले भारतीय मोटा चामलमा आँखा लगाएका छन् । त्यसरी रूप बदलिएको चामलको नेपाली ब्रान्ड र मसिना चामलको मूल्यमा बिक्री हँुदै आएको छ ।
२९ भाद्र २०८०, शुक्रबार ०५:५०
२९ भाद्र २०८०, शुक्रबार ०५:५०

बुटवल, २९ भदौ । मोटा चामललाई मसिनो बनाएर उपभोक्ता ठग्दै आएको भेटिएको छ । भारतबाट ल्याएर मोटा चामल ल्याएर नेपाली मिलमा मसिनो र चिप्लो बनाएर बेच्ने गरेको भेटिएको हो । त्यसरी ल्याइएको भारतीय मोटा चामलको मसिना चामलको नेपाली ब्रान्ड हालेर बिक्रि हँुदै आएको छ । नेपालमा चामलको मूल्य बढेपछि तस्करहरूले भारतीय मोटा चामलमा आँखा लगाएका हुन् ।

नेपाली मोटा चामल (धान) को पनि व्यापारीहरूले मसिना चामलको रूपमा रूप परिवर्तन गरेर बजारमा पठाउने गरेका छन् । चामल मिलको प्रविधिमा आएको फड्कोले चामलको रूपमा परिवर्तन गरि आकर्षक बनाउन सकिने भएको छ । यसले चामल व्यापारीलाई फाईदा पु¥याएपनि किसानलाई फाइदा हुने गरेको छैन् भने उपभोक्ता भने ठगिइरहेका छन् । एक चामल व्यापारीले त्यसरी रूप परिवर्तन गरेको चामल देख्दा मसिनो जस्तो देखिने गरेपनि स्वाद भने मिठो नहुने बताए । पोलिस लगाउने हुँदा पकाउँदा भात टासिने, गिलो हुने त गर्दैन् ति व्यापारीले भने, तर स्वाद मोटोकै आउँछ । त्यसरी चामलको रूप परिवर्तन गरी बिक्री गर्दा प्रति क्वीन्टल कम्तीमा तीन हजार बढी पैसा पर्ने गर्दछ ।

खुल्ला सीमानाको फाईदा उठाउँदै भारतीय तस्करहरूले नेपालमा यसरी चामल पठाउँदै आएका हुन् । पछिल्लो समयमा सिमा सुरक्षामा खटीने शसत्र प्रहरीले नेपाल प्रहरीको सहयोगमा भारतबाट अबैधरूपमा दैनिक ट्याक्टरमा र मोटरसाईकलम, साईकलमा हजारौ बोरा चामल नेपाल भित्रिएको फेला पारेको छ ।

यसरी भित्रीएका चामललाई नेपाली भुभागमा गोदाम गर्ने र नेपाली उत्पादन भन्दै बिभिन्न शहरमा पठाउने गरेको उनीहरूको भनाइ छ । यसरी सीमामा घर भाडामा लिएर गोदाम बनाएर अबैध सामान राख्दा समेत प्रहरीले देखेको नदेखेझै गदै आएका छन । कहीले काहीँ थोरै थोरै सामान्य फेला पारे जस्तो गरेपनि चामलको तस्करीलाई प्रहरीको सहयोग रहेको मचवारका एक स्थानीयले बताए । रूपन्देही नवलपरासी कपिलबस्तुबाट ठुलो मात्रामा चामलको तस्करी भैरहेको छ । भारतमा मोटा चामलको मुल्य न्युन पर्ने भएकाले उक्त चामल नेपालमा मिल वाला ब्यापारीले खरीद गरेर त्यसलाई मसिनो बनाएर बिभिन्न ब्रान्डका नाममा बजार जाने गरेको एक मिल सञ्चालकले बताए ।

‘मोटा किन्ने मसिनो बनाएर बेच्ने काम भैरहेको छ’ उनले भने । राजश्व अनुसन्धान कार्यालय बुटबलले बिभिन्न ठाउँबाट नियत्रणमा लिएका चामलका गाडीहरूबाट यसको पुष्टी गर्न बल मिल्छ । मुख्य राजमार्गमा खटीने प्रहरी र राजश्व अनुसन्धान कार्यालय, बुटवलले नबलपरासीबाट केही समय अगाडि चामल लोड गरेका ३ बटा पिकअप गाडीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरीरहेको छ । बिक्री विल काटेको भएपनी खरीद गरेको बिल देखाउन नसक्दा उनीहरू फन्दामा परेका हुन् । त्यस्तै कपिलबस्तुबाट तुल्सीपुर लागी चामल बोकेर हिँडेको ट्रकलाई केही दिन अगाडि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व कार्यालय बुटवललाई बुझाई दिएको छ । ट्रकमा रहेको चामल समेत भारतीय रहेको र नेपाल भित्राउने तस्करले खरीद बिल देखाउन नसक्दा गाडी र सामान जफतको अवस्थामा पुगेको बुझीएको छ । कृष्णनगरबाट लोड गरीएको भनिएको उक्त ट्रकलाई शंका लागि चेकजाँच गर्दा बिक्री बिल भएको तर सामान शंकास्पद देखिएपछि राजश्व अनुसन्धानलाई बुझाई दिएको थियो । खरिद बिल नभएकाले उक्त चामल समेत भारतबाट अबैध रूपमा नेपाल भित्रीएको हुन सक्ने भन्दै अनुसन्धान गरीरहेको स्रोतको भनाई छ ।

राजश्व अनुसन्धान कार्यालय, बुटबलका सुचना अधिकारी होम पौडेलले नबलपरासीबाट ३ बटा चामल बोकेका पिकअफ गाडी र कपिलबस्तुको कृष्णनगरबाट चामल बोको एउटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बताए । पौडेलका अनुसार नवलपरासीबाट नियन्त्रणमा लिएर अनुसन्धान भैरहेका ३ वटा मध्ये एउटा पिकअप गाडी सामान बराबरको धरौटी बुझाएर छाडीएको छ भने अन्य गाडीहरूको हकमा अनुसन्धान भैरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?