ट्रेंडिंग:

>> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ?
समाचार

सुनवल–बर्दघाट प्रशारण लाईनको कामले गति लिदै

२७ भाद्र २०८०, बुधबार ०६:०८
२७ भाद्र २०८०, बुधबार ०६:०८

सुनवल, २७ भदौ । रुख कटानको अनुमति पाएसँगै पश्चिम नवलपरासीको सुनवल देखि बर्दघाट सम्मको २ सय २० केभि डलब सर्किट प्रशारण लाईन निर्माणको कामले गति लिएको छ । यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रशारण लाईन निर्माणको लागि म्याद थप गर्नुपरेको थियो । २१ किलोमिटर लामो प्रशारण लाईनका लागि ५६ ओटा टावर निर्माण गर्नुपर्नेमा हाल सम्म ६ ओटाको निर्माण सम्पन्न भएको छ भने २२ ओटा टावर निर्माणाधिन अवस्थामा रहेको आयोजना प्रमुख विश्वरन्जन मिश्रले जानकारी दिए । दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकोमा हालसम्म २ हजार रुख कटान भईसकेको छ । उक्त प्रशारण लाईन बिस्तार क्षेत्रमा कुल ५ हजार ८ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजनाले जनाएको छ ।

थपिएको म्याद अनुसार यहि वर्षको पुस मसान्त सम्ममा काम सक्ने गरी पावर चाईना सेप्कोले ६० करोड लागतमा प्रशारण लाईन निर्माणको काम गरिहेको छ । भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर देखि नवलपरासीको बर्दघाट सम्म २ सय २० केभिको डबल सर्किट प्रशारण लाईनको उद्घाटन गरेका थिए । सोहि प्रशारण लाईनमा अहिले निर्माण भईरहेको विद्युत प्रशारण लाईन बर्दघाट पुगेर जोडिने छ ।

जसबाट पुर्वि नेपाल देखि पश्चिम नेपाल सम्मै गुणस्तरीय विद्युत विस्तारको क्षमता अभिवृद्धि हुने छ । नवलपरासीको सुनवल १३ सुर्यबस्तीमा यसअघिनै १ अर्ब ८० लाखको लागतमा न्यु बुटवल सब स्टेशन निर्माण भईसकेपनि प्रशारण लाईनको काम पुरा नहँुदा २२० केभिको डबल सर्किट प्रशारण लाईन भरतपुर सम्म जोड्ने योजना अधुरो बनेको हो । निर्माण सम्पन्न गर्नुपर्ने समयवाधि भित्र वन मन्त्रालय बाट रुख कटानको अनुमति नपाउँदा प्रशारण लाईनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न समय थपिएको आयोजना प्रमुख मिश्रले बताए ।

२१ किलोमिटर लामो प्रशारण लाईन अन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिएपनि दोस्रो सर्वेक्षणले कम मात्रै रुख कटान गर्नुपर्ने निष्र्कष निकाले पछि अनुमतिमा ढिलाई भएको थियो । प्रशारण लाईन निर्माण सम्पन्न भएपछि बुटवल देखि बर्दघाट, भरतपुर हँुदै पूर्वी नेपाल सम्म उच्च क्षमताको गुणस्तरीय विद्युत वितरण गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?