ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
मनोरञ्जन

काँग्रेस बुटवल–४ ले ग-यो तीजमिलन कार्यक्रम

२६ भाद्र २०८०, मंगलवार १६:०६
२६ भाद्र २०८०, मंगलवार १६:०६

बुटवल, २६ भदौ ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ४ ले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीनिकट महिलाहरुलाई सहभागी गराएर काँग्रेसले तीज मिलन तथा दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डेले नगरपालिकामा कांग्रेसले जितेपछि महिलाहरूलाई आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको बताए ।

उज्यालो बुटवल, हरियाली बुटवल, स्वच्छ र समृद्ध बुटवल निर्माण गर्ने योजना अगाडि बढाएको भन्दै नगर प्रमुख पाण्डेले बुटवलका पुर्ब नगर प्रमुख सुर्य प्रसाद प्रधानले सुरु गरेको आम्दा अस्पतालको स्तरवृद्वि गरी ३०० बेडमा लैजाने योजना अगाडि बढेको भन्दै उनले त्यसका अलावा, आमा सुरक्षा कार्यक्रम, पोषण भत्ता, निःशुल्क भिडियो एक्सरे सेवा लगायतका काम सुरु भएको जानकारी गराए ।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ४ का सभापति अरूणकुमार श्रेष्ठले महिलाहरुका बीचमा आत्मियता कायम गर्न र मुलुकको संस्कृतिलाई जोगाइराख्न तीज मिलन कार्यक्रम गरिएको भन्दै महिलाहरू सचेत भए राजनीति पनि राम्रो हुने बताए । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य सविता शाक्य, नेपाली कांग्रेस जिल्ला सचिव परमानन्द भट्टराई, नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रीय सचिव विमलराज भट्टराई, बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल लगायतले बोल्दै मुलुक आर्थिक संकटमा रहेको अवस्थामा तडकभडक नगरी जे छ त्यसैमा रमाएर चाडपर्व मनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा महिलाहरूलाई तीजको दर खुवाउनुका साथै तीजका गीतमा नाचेर मनोरञ्जन लिएको नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ४ कि सचिव पवि श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?