ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
लुम्विनी

पत्रकारितामा विश्वासनियता बढाउन आवश्यक

२४ भाद्र २०८०, आईतवार ०६:३०
२४ भाद्र २०८०, आईतवार ०६:३०

चन्द्रौटा(कपिलवस्तु), २३ भदौ ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले पत्रकारिता क्षेत्रलाई मजबुत बनाउन कलम चलाउन आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कपिलवस्तुले जितपुर ४ नम्बरमा शनिबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन् ।

यतिबेला समाजलाई खोजमूलक पत्रकारिता जरुरी रहेकोले चौतारीले प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । पछिल्लो देशको राजनीति अवस्थासँग साँढेर अन्य संगठनले चपेटामा पारेको बताए । पेशागत संगठनमा विगतमा भएका कमिकमजोरीलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

पत्रकारिता जगतका समसमायिक विषयमा छलफल गर्दै चौतारीमा आबद्ध सञ्चारकर्मीहरुलाई नियमित कलम चलाउन आग्रह समेत उनले गरे । लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका केन्द्रीय सचिव आचार्यले विभिन्न पेशागत संगठनहरुले घेराबन्दीमा राखेर प्रहार गरेको स्मरण गर्दै सचेत भएर अघि बढ्न जरुरी रहेको उनले उल्लेख गरे । समुदायमा भए गरेका हरेक गतिविधीलाई सत्यतथ्यमा आधारित समाज सकारात्मक परिवर्तन हुनेगरी सूचना, समाचार सम्प्रेसण गर्नुपर्ने आचार्यले बताए ।

केहि समय यता पत्रकारिता क्षेत्रमा विश्वासनियता घट्दै गएको प्रति चिन्त व्यक्त गर्दै सञ्चारमाध्यम र पत्रकारप्रति आम नागरिकको विश्वासनियता बढाउन चौतारीले ठोस योजनासहित अगाडी सर्न सबैको सहकार्य आवश्यक रहेको जिकिर आचार्यले गरे । यसैबीच नेकपा एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले पत्रकारले पेशा संगठन बाहेक अन्य राजनैतिक दलमा आबद्ध हुँदा सामाजिक इस्सू उठान गर्न नसक्नु पत्रकारिता जगतको भूल रहेको औँल्याए ।

जुनसुकै संस्थाले गरेका सामाजिक योगदान लगायत सामजिक इस्सुहरुका विषयहरु सञ्चारकर्मीलाई उठान उनले आग्रह गरे । नव नियुक्त चौतारीका कपिलवस्तु ईन्चार्ज टि. आर. शर्मालाई चौतारी नेपाल कपिलवस्तु शाखाले स्वागत तथा सम्मान गरेको चौतारीले जनाएको छ । भित्रिँदै गरेको तीजको शुभकामना अदानप्रदान समेत गरिएको थियो । त्यसैगरी प्रेस चौतारीका कपिलवस्तु अध्यक्ष जानु पाण्डे, ईन्चार्ज. शर्मा, पावर्ती पाण्डे, चौतारीका लुम्बिनी प्रदेश सदस्य शरद अधिकारी, कमल बिष्ट, भेषराज पाण्डे लगायतले विगतका गतिविधीबारे समिक्षा गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?