ट्रेंडिंग:

>> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित
पर्यटन

तीज संस्कृति जगेर्ना गर्न सुझाव

२२ भाद्र २०८०, शुक्रबार १५:३२
२२ भाद्र २०८०, शुक्रबार १५:३२

बुटवल, २२ भदौ । कुनै बेला महिलाहरु भेट भएर आफ्नो वर्षभरिको बेदना पोख्नेदिनका रुपमा पहिचान बनाएको तीज पर्वलाई समयसापेक्ष जगेर्ना गर्न आवश्यक रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबार बुटवलमा भएको तीज मिलन कार्यक्रम २०८० मा बोल्ने बक्ताहरुले भड्किलो नाचगान र खानपिनभन्दा संस्कृति पर्वका रुपमा मनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले उद्घाटन गर्दै महिलाप्रति नकारात्मक संस्कार, संस्कृतिको अवशेष बाकि रहेको भन्दै यसलाई चिर्न अझै पनि बाकि रहेको बताईन । आर्थिक रुपमा सबल नभई महिला नेतृत्वमा आउन नसक्ने भन्दै उनले महिला सशक्तीकरणलाई जोड दिनुपर्ने बताईन। तिज मिलनको नाममा नाचगान र रमाईलोमात्र नभई नया योजना बनाउने रुपमा रहेको बताईन। पहिले भिन्न संस्कार र संस्कृतिको रुपमा मनाईने समाजमा हेलाहोचो, बुहारीको बेदला पोख्ने रुपबाट वर्तमान समयमा आईपुगेको उनले बताईन । हरेक पर्व धार्मिक संस्कृति मुल्यमान्यतामा जोडिएको उनले बताईन । महिलाहरुलाई कमजोर बनाउने संस्कार र संस्कृति जोडेर अहिलेको अवस्थामा आईपुगेको उनले बताईन । श्रीमानको मृत्यु हुदा श्रीमती सति जानुपर्ने सतिप्रथाको विभेद रहेको समाजबाट अहिलेको अधिकारप्राप्तीको अवस्थासम्म आईपुगेको उनले बताईन ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधव नेपालले दुख पोख्ने दिनमात्र नभई अधिकार प्राप्ति गर्ने दिनका रुपमा रहेको बताए । महिलाहरु अधिकारसंगै देश सुधार गर्ने अभिभारा आफ्नो काधमा लिनुपर्ने उनले बताए । तीज पर्वलाई भावनासंग जोडिएको पर्वका रुपमा मानिने गरेको भन्दै उनले पछिल्लोसमय भड्किलो बनेको दुखेसो गरे । तिजमा गाउने गितमा बेदना र भावना हुन छोडेको उनले दुखेसो गरे । समाज परिवर्तन र देशमा परिवर्तन आउने गरि गित गाउन उनले आग्रह गरे । एउटा कार्यक्रमबाट आन्तरिक पर्यटन प्रवद्घर्नको क्षेत्रमा समेत महत्वपूर्ण योगदान मिल्ने उनले बताए ।

कार्यक्रममा याक ब्रुअरी प्रालिका डिपुटी म्यानेजर प्रितम गिरिले वर्षको एक दिन महिलाहरुलाई रमाईलो गर्ने दिनको रुपमा मनाउने गरि संस्थागत सहयोग गरिएको बताए । गुणस्तरीय उत्पादनलाई जोड दिएको भन्दै उनले स्वदेशमा उद्योग गर्न धेरै कठिनाईहरु रहेको दुखेसो गरे । तीजलाई संस्कृतिको रुपमा जोगाउने गरि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले संघको वार्षिक योजना अनुसार ब्यवसायमा आवद्घ महिलाहरुलाई मनाउने गरि कार्यक्रम गरिएको बताए । पर्यटन ब्यवसायको रुपमा मान्यता लिएर होटल ब्यवसायलाई सरकारबाट आवश्यक सहयोग हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव खनालले तिज पर्व महिला अधिकार प्राप्तिमा महत्वपूर्ण रहेको बताए। वर्षभरिको दुखेसो पहिचान बनाएको बताए । देशमा लामो राजनितिक परिवर्तनका बिच महिलाका धेरै अधिकार प्राप्त हुने बताए । कार्यक्रमका संयोजक माधव ढकाल, सीता ढकालले लैगिक हिसा अन्त्य गर्ने अभियानमा तिज मिलन कार्यक्रम फलदायी हुनेमा आशाबादी रहेको बताए ।

कार्यक्रममा संघका सल्लाहकार प्रेमलाल पाण्डे, वरिष्ठ सल्लाहकार महेन्द्र श्रेष्ठ, समुन्द्र जिसी, देवीकुमार श्रेष्ठ, बाबुराम श्रेष्ठ, केशर राज ज्ञवाली, संघका महासचिव अर्जुन थापाले शुभकामना दिएका थिए । कार्यक्रममा लोकदोहोरी गितसंगितबाट कलाकारहरु प्रचण्ड जिसी, सिता रानामगरले मनोरञ्जन दिएको कार्यक्रमको संचालन विकास भट्टराईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?