ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

भगवती जात्राको तयारी भव्य

१८ भाद्र २०८०, सोमबार
१८ भाद्र २०८०, सोमबार

पाल्पा, १८ भदौ ।

यही भदौ २१ गते विहिवार तानसेनमामनाइने २०३ औ भगवती रथायात्राको तयारी भव्य रुपमा भईरहेको छ । श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समिती तानसेन पाल्पाले सोमवार पत्रकार सम्मेलन गरी भगवती जात्रा विजयउत्सव लाई भव्य बनाउने गरी तयारी भईरहेको जनाएको छ ।

गुठी व्यबस्थापन समितीले ९ वटा विभिन्न उप समिति गठन गरी विजय उत्सवलाई भव्य बनाउन लागि परेको छ । गुठी व्यबस्थापन समितिले प्रकाशनाथ गोङ्गालको संयोजकत्वमा आर्थिक व्यबस्थापन उप समिति, सुशील प्रधानको संयोजकत्वमा झाँकी व्यबस्थापन प्रचार प्रसार उप समिति, मुल पुजारी हिक्मत बहादुर बज्राचार्यको संयोजकत्वमा पुजा व्यबस्थापन उपसमिति, पुरन महर्जनको संयोजकत्वमा वलि, पिपा, बजा व्यबस्थापन उपसमिति, दिपेन्द्र बज्राचार्यको संयोजकत्वमा प्रसाद व्यबस्थापन उपसमिति, सुशिला श्रेष्ठको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, वसन्तमान सिमाङ्गैडाको संयोजकत्वमा मन्दिर सरसफाई रंगरोगन उपसमिति, ज्ञान कुमार बज्राचार्यको संयोजत्कत्वमा भजन व्यबस्थापन उपसमिति, सुरेश लिगल र सुरेन्द्रमान कर्माचार्यको नेतृत्वमा स्वयमसेवक रथयात्रा रुट उपसमिति गठन गरिएको समितिका अध्यक्ष अशोकमान महर्जनले पत्रकारहरुलाई जानकारी दिए ।

विजयउत्सवको अघिल्लो दिन ८ बजे देखि मन्दिरमा विधिवत पुजा शुरु गर्ने, भजन कृतन गर्ने, राति साढे ११ बजे देखि पौनी १२ बजे भित्र बजार घुमाउने रथलाई ३ पटक सम्म परिक्रमा गराउने र भगवतीको मूर्ति राख्ने कार्यक्रम रहेको समितिले जनाएको छ । भदौ २१ गते साढे १२ बजे देखि १ बजेको बीचमा विजयउत्सव स्वरुप भगवतीको रथ उठाउने कार्यक्रम रहेको र सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विशिष्ट अतिथिको रुपमा नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता रहने कार्यक्रम रहेको समितिका सचिव प्रकाशनाथ गोङ्गालले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले भगवतीजात्रा विरता र ऐतिहासिकता संग जोडिएकोले सोही अनुसारको कार्यक्रम गर्न समितिलाई सुझाव दिए । समितिले गुठीको सम्पत्ति पूर्णरुपमा खोजी, आगामी दिनमा अक्षयकोषको रकमबाटै जात्रा संचालन गर्न सकिने गरी काम गर्न समितिलाई अध्यक्ष रानाले जोड दिए । समितिका सल्लाहकार केदारलाल श्रेष्ठले विगतमा हँुदै आएको जात्रा संचालनको अवस्थाबारे जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?