ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
पर्यटन

नेपालगञ्जका होटलैपिच्छे क्यासिनो

रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् क्यासिनो । फाईदासंगै क्यासिनोका कारण कुनै पनि प्रकारको विकृति नभित्रियोस् र नेपालगन्जको मौलिक पहिचान नगुमोस् भन्नेमा सबै सचेत छन् ।
१६ भाद्र २०८०, शनिबार ०८:४४
१६ भाद्र २०८०, शनिबार ०८:४४

बाँके, १६ भदौ ।

पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ्ग, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु, ड्रिमल्याण्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ्ग सन्चालनमा छन् । उद्योग बिभागमा दर्ता भई सञ्चालन आउन बाँकी अन्य क्यासिनो समेत रहेका छन् ।

संघीय सांसद धवल शम्सेर राणा नेपालगन्जलाई क्यासिनो सिटी बनाउनुपर्ने बारे धेरै पहिलेदेखि चर्चा परिचर्चा गरिरहन्थे । नभन्दै पछिल्लो एक दशकमा भारतीय लक्षित यहाँ आधा दर्जन बढी क्यासिनो खुलिसकेका छन् । थप होटलमा क्यासिनो सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।

‘क्यासिनो खुलेपछि नेपालगन्जका होटलहरु गुल्जार बनेका छन् । चहलपहल बढेको छ’– पूर्व मेयर समेत रहेका राणा भन्छन्–‘राज्य र नागरिक दुबैलाई यसले फाईदा नै गरेको छ ।’

रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् क्यासिनो । फाईदासंगै क्यासिनोका कारण कुनै पनि प्रकारको विकृति नभित्रियोस् र नेपालगन्जको मौलिक पहिचान नगुमोस् भन्नेमा सबै सचेत छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली भन्छन्–‘क्यासिनोका कारण कयौंक्षेत्रमा फाईदा पुगेकै छ । अझै त्यसबाट पर्यटन क्षेत्रमा कसरी फाईदा पुर्याउन सकिन्छ भन्ने बिषयमा हामीले सोच्नुपर्छ ।’ महासचिव ओलीले क्यासिनोका कारण सामाजिक विकृति नभित्रियोस् भन्ने आम नागरिकको चिन्ता र चासो प्रति पनि ख्याल गर्नुपर्नेमा जोड दिन्छन् ।

क्यासिनो सञ्चालनसंगै रोजगारी वृद्धि भएको छ । कोभिड–१९ ले खोसेको नेपालगन्जको क्यासिनोको रोजगारी पुरानै लयमा फर्किएको छ । एक क्यासिनोमा कार्यरत सुर्खेतका युवा भन्छन–‘करिव दुई वर्ष म बेकामे भएर बसे । अहिले कोभिड–१९ अन्त्यसंगै क्यासिनो पनि खुल्यो र म अहिले नियमित काममा गइरहन्छु ।’

मासिक रु ३० देखि ४० हजारसम्म पारिश्रमिक पाउने उनी जस्तै कैयौं युवायुवती नेपालगन्जको क्यासिनोले सिर्जना गरेको रोजगारी फेरि पुरानै लयमा फर्किएपछि खुसी छन् । कोभिडको महामारी अघि सन्चालनमा रहेका क्यासिनो बन्द थिए । भारतबाट कुनै नागरिक आउन नपाएपछि लामो समय बन्द रहेका क्यासिनोका कर्मचारीहरु घरतिर लाग्न बाध्य भए । बेरोजगार बनेका युवायुवतीहरु तनाव थिए । तर कोभिड अन्त्यसंगै पुराना क्यासिनो पनि र थप नयाँ क्यासिनो पनि सन्चालनमा आएपछि रोजगारी बृद्धि भएको छ ।

यहाँ सञ्चालनमा रहेका क्यासिनोले कम्तिमा ५ सय जनालाई प्रत्यक्षरुपमा रोजगारी सिर्जना गरेका छन् । नाम उल्लेख गर्न नमानेका एकजना क्यासिनो सन्चालक भन्छन्–‘सानो भन्दा सानो क्यासिनोमा ५० देखि ८० जनाले रोजगारी पाएका छन् । ठुलो क्यासिनोमा त १ सय ५० जना छन् ।’

यी क्यासिनोमा कार्यरत कर्मचारीले टिप्स समेत गरेर मासिक न्यूनतम ३० हजारदेखि अधिकम डेढ लाख (ब्यवस्थापन तह) सम्म पारिश्रमिक बुझ्ने गरेका छन् । धेरै क्यासिनो सञ्चालनमा रहेका कारण सबै क्यासिनोमा समान तलव र नियमित पारिश्रमिक पाउने भने नहुने गरेको छ । क्यासिनो सञ्चालनमा रहेकै कारण यहाँ तारे होटलले नियमित जस्तो ग्राहक पाइरहेका छन् ।

बाँके जिल्ला पश्चिम नेपालका पर्यटकस्थलको मात्र नभई प्रसिद्ध मानसरोवर धार्मिक यात्राका लागि पनि ‘ट्रान्जिट’ हो । यही कारणले गर्दा पनि बाँकेको नेपालगन्ज र कोहलपुरमा पर्यटन तथा सेवा उद्योगका क्षेत्रमा कर्जा प्रवाह बढ्दै छ । समग्रमा देशभर पर्यटन क्षेत्रमा होटल व्यवसाय विस्तार हुँदै गएको, उर्जा आपूर्तिमा सुधार आएको तथा आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने वातावरण विकास हुँदै गएको सन्दर्भमा आगामी वर्ष पर्यटन क्षेत्र थप विस्तार हुने देखिएको राष्ट्र बैंकको निष्कर्ष छ ।

करोडौ लगानीका होटलमा क्यासिनो थपिदा उनीहरुलाई राहत भएको बाउँछन् सिद्धार्थ समूहका प्रबन्धक केशव न्यौपाने । उनी भन्छन्–‘भाडा वापत क्यासिनोले पैसा तिर्छन् अर्को ग्राहकहरुका कारण कतिपय रुमहरु पनि जान्छन् । क्यासिनाले राहात दिएकै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?