ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

पर्यटन केन्द्रित योजनामा जाग्दै ‘सुस्ता सरकार’

१४ भाद्र २०८०, बिहीबार
१४ भाद्र २०८०, बिहीबार

नवलपरासी, १४ भदौ । जिल्लाको सुस्ता गाउँपालिकाले गण्डक नदी लक्षित पर्यटन योजना ल्याउने भएको छ । विगत बर्षमा गण्डक बाँध भत्किने खत्तरा भन्दै त्रासित भएर बस्नु पर्ने बाध्यता विस्तारै हट्दै गए पछि अहिले गाँउपालिलकाले तिनै गण्डक बाँध अन्तरगतका पुर्वाधार उपयोग गर्दै पर्यटन योजना बनाउने तयारीमा जुटेको हो ।

गण्डक बाँधको मर्मत सम्भार भए पश्चात तिनै बाँध नजिकैका पुर्वाधारहरूलाई फरक तरिकाले सजिसजाउ गरि आकर्षक बनाई पर्यटक तान्ने योजना बनाउन सम्बन्धित वार्डका वार्ड अध्यक्षहरूले अग्रसरता देखाए पछि गाउँपालिकाले पनि पर्यटन योजना बनाउन लागेको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । विगत बर्षमा गण्डक बाँध अन्तरगतकै वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध र सि ग्याँप बाँधका संरचना भारतद्धारा करोडौ रुपिया खर्चेर मर्मत सम्भार गरिएको छ, उनले भने,तर तिनै पुर्वाधारहरू नजिकै केही स साना पुर्वाधार बनाउने, सरसफाई गर्ने र रंगरोदन,आकर्षक मनमोहक दृष्य देखिने खालका सामान्य लगानी थपेर गाउपालिको पर्यटन योजना बनाउने छ । उनले पहिलो चरणमा वडा नं.२ मा पर्ने ५ नम्बर स्परको उत्तर र दक्षिण भाग र वडा नं.४ को स्पर नं.१२ नजिकै गँगा मन्दिर नजिकैको भागलाई ब्यवस्थापन गरिने उनले सुनाए ।

गण्डक नदी किनारमा बाँध संरक्षणका लागि बनाईएका ब्लकहरू रंगाउने, त्यहाँ बस्नका लागि पक्कि तथा काठे कुर्सि तथा बेन्चहरू राखिदिईने कार्य हुन्छ । नदिमा पस्लका लागिका सुरक्षित र ब्यवस्थित स्टिल तथा सिक्रीले जडान गरिने छ । जस्ले गर्दा नदीमा पसेर स्थान गर्न चाहनेले सुरक्षित तरिकाले स्थान गर्न सक्छन्, उनले भने, त्यसैगरि बाँध नजिकै खाने बस्ने सेवा सहितको रेष्टुरेन्ट सञ्चालनका लागि गाउँपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको छ । पर्यटन प्रवद्र्धनका लागि गँगा मन्दिरमा पूजापाठ तथा आरतीका कार्यक्रमहरू पनि सञ्चालन गर्नका लागि वार्ड अध्यक्षहरू तयारीमा जुटेका छन् । अध्यात्मिक पर्यटकका लागि अध्यात्मिक पूर्वाधार बनाईने छ । त्यसै गरि नदीमा जल विहार गर्नका लागि ढुंगा ब्यवस्थापन तथा नदीको विचमा रहेको गण्डक टापुहरूलाई समेत ब्यवस्थापन गरि पर्यटकहरूलाई रमाउने वातावरण योजना भित्र समेट्ने कार्य हुन्छ ।

गण्डक बाँधहरूको मर्मत सम्भार गर्ने, निर्माण गर्ने कार्य भारतले करोडौ रुपिया खर्चेर बनाई सकेको छ,उनले भने, तर नेपाल सरकार तथा स्थानीय तह लगायत स्थानियबासीले त्यसलाई पर्यटन पुर्वाधारको रूपमा उपयोग गर्न सकेका छैनन् । जबकी त्यही पूर्वाधार बनाउनका लागि नेपाल सरकारले अर्बाै रुपियाँ खर्चे पनि बनाउन मुस्किल थियो । गण्डक नदीको वि ग्याँप बाँधको बीच बीचमा दर्जनौ स्परहरू रहेका छन् । त्यसलाई सजाउने र सौन्दर्यिकरण गर्ने कार्य अब मात्र बाकी छ । त्यसैगरि ति स्परका फिँगरहरू रहेका छन्, उनले भने, त्यसलाई आकर्षित तरिकाले सजाउन सकिन्छ । आउने पर्यटकको खान पानका लागि पनि विभिन्न जोनको रूपमा छुट्याउने र ब्यवस्थापन गरिन्छ, प्रमुख प्रशासकिय अधिकृत पौडेलले ति स्थानहरूलाई देखाउदै भने,त्यसमा फिस जोन,मिट जोन र फ्रुट जोन जस्ता बनाइयो भने आउने पर्यटकले आफुले स्थान रोजेर खाने रमाउने अवसर पाउने छन् । पर्यापर्यटन तथा धार्मिक पर्यटनसँगै यस क्षेत्रमा जल विहार तथा गहिरो पानीमा एडवान्चर डुबुल्की लगाउने साहसिक खेलको आयोजना गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायसँग अनुमति र बीमासँग सहकार्य गरेर उतm कार्य गर्न सक्ने आधार पनि उनले देखाए । अन्तर्राष्ट्रिय विमान स्थल भैरहवा देखी बढिमा ६० किलोमिटर दुरीमा रहेको गण्डक क्षेत्रलाई पर्यटनसँग जोड्ने गरि कार्य हुने उनको भनाई थियो । लुम्बिनीमा बौद्ध पर्यटनसँगै जोडिएको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट यसै गण्डक नदि किनारमा रहेको छ, उनले भने, ग्रेटर लुम्बिनीमै समावेश गरि बौद्ध पर्यटन हुन्छ ।

गण्डक नदीसँगै जोडिएको सुस्ता तालमा रहेका गोहीहरूको दृष्यावलोकन गराई पर्यटकलाई आकर्षित गराउन सकिन्छ । भौतिक पूर्वाधारमा भारतले नै झण्डै १० अर्ब लगानी गरिसकेको छ । नेपालले त्यसलाई सजावट गर्न मात्र बाकी रहेको छ । त्यसैगरि नदीको छेउमा कटान रोक्न बनाईएका पर क्युपाईनहरूलाई पनि सजाईयो भन्ने अर्कै आकर्षण दिन सकिने आधार देखिएको छ । गण्डक बाँधसँग सम्बन्धित सबै संरचनालाई अब पर्यटक लोभ्याउने स्थलको रूपमा विकास गर्नका लागि गाउँपालिका र स्थानिय मिलेर सहकार्य गरिने हो भन्ने केही महिना भित्रै गण्डक पर्यटनले ब्राण्ड लिनेमा उनले विश्वास ब्यतm गरे । स्थानियमा उत्पादन हुने उखुबाट बन्ने खुदो, जुस, राब, महिया लगायतका परिकार, केराबाट बन्ने प्रकार,बदामका परिकार, गण्डकको माछा जुन आफैमा खाद्य ब्राण्ड हो,उनले भने, गण्डक(नारायणी) को माछा भनेर देश भरि ब्राण्ड बनेको छ, तर गण्डक छेउमै त्यसको परिकार खुवाउने गरि किन ब्राण्डिगँ गर्न सकिदैन्,उनले भने, तर यसका लािग बेला बेला फुड फेस्टिबल गरेर डमोस्ट्रेसन गर्न आवश्यक छ । त्यसको तयारीमा सुस्ता गाउपालिका लागेको उनले सुनाए । सुस्ता गाउपालिकामा मात्रै गण्डक नदी ९ किलोमिटर छ, उनले थपे,अहिले नेपालकै सबै भन्दा ठूलो झण्डै तिन किलोमिटर लामो सुस्ता झोलुगेँपुलले पनि आकर्षण थप्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?