ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी
एमाले प्रदेश अधिवेशन

अध्यक्षका आकांक्षी रिजालले गरे गोप्य गुट भेला, सयजनालाई निम्ता गरेकामा ३५ जना मात्र उपस्थित

‘सय जना जति हुन्छन् भनेर त्यही अनुसारको हल र खाजाको कुरा गर्नुभएको थियो तर पछि ३५ जना जति आउनुभयो, खाजा,चिया र पानी के चाहिन्छ भनेर सोध्न खोज्दा हलको ढोका खोल्दै खोल्नुभएन’–रिसोर्टका एक कर्मचारीले भने–‘झ्यालबाट एकजनाले वैठक सकिएपछि हामी आफै बोलाउंछौ भन्नुभयो ।’
१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

बुटवल,१३ भदौ ।

नेकपा एमालेको लुम्विनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला शुरु भएको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजाल पक्षले आफ्नोे पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा गोप्य भेला गरेको हो । उक्त पक्षले बुटवलको ढबाहास्थित आरम्भ रिसोर्टमा मंगलबार पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद समेतको सहभागितामा गोप्य गुट भेला गरेको बाहिरिएको हो । रिजाल पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सरकारका पुर्व मन्त्री हुन् ।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट प्रदेशका नेताहरु केन्द्रिय सदस्यहरु बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भुमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थान प्रसाद गैरेले साथ दिएका छन् । गोप्य भेलामा यी नेताहरुसहित १० वटा जिल्ला मध्ये केहीबाट अध्यक्ष र केहीबाट सचिवहरु सहभागी भएका थिए । भेलामा चुनाव भएमा रिजालको टिममा पदाधिकारीमा कुन कुन नेतालाई समावेश गर्ने भन्ने छलफल भएको थियो ।

प्युठान जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार रोल्पा र रुकुमबाट भेलामा नेताहरु आएका थिएनन् । भेलामा जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए । ‘नेतृत्व चयन सहमतिबाट गर्न अधिकतम पहल गर्ने र हुंदै नभएमा मात्रै चुनावमा जाने भन्ने विषयमा छलफल भयो’–विष्टले भने–‘शिर्ष नेताहरुलाई सहमतिका लागि दबाव दिन भेला गरिएको हो,त्यस्तो खास अरु केही भएको हैन ।’

भेलामा एक सय जना आउने भनेर रिसोर्टमा कर्मचारीलाई खाजा अर्डर गरेको भएपनि ३५ जना हाराहारीमा मात्रै नेताहरु उपस्थित भएका थिए । दिउंसो २ बजेदेखि ६ बजेसम्म भएको भेलालाई गोप्य राख्न हलको ढोका र झ्यालमा चुक्कुल लगाएर छलफल भएको थियो । ‘सय जना जति हुन्छन् भनेर त्यही अनुसारको हल र खाजाको कुरा गर्नुभएको थियो तर पछि ३५ जना जति आउनुभयो, खाजा,चिया र पानी के चाहिन्छ भनेर सोध्न खोज्दा हलको ढोका खोल्दै खोल्नुभएन’–रिसोर्टका एक कर्मचारीले भने–‘झ्यालबाट एकजनाले वैठक सकिएपछि हामी आफै बोलाउंछौ भन्नुभयो ।’ भदौ १६ र १७ गते हुने एमाले लुम्विनी प्रदेश अधिवेशनबाट अध्यक्ष हुनका लागि वर्तमान अध्यक्ष समेत रहेका पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि रिजाल आकांक्षी छन् । यस्तै दाङका लक्ष्मण आचार्य पनि आकांक्षी छन् ।

भेलामा संघीय सांसद कपिलवस्तुका बलराम अधिकारी,प्रदेश सांसदहरु रुपन्देहीका भूमिश्वर ढकाल र अर्घाखांचीका चेतनारायण आचार्य तथा बुटवलका पुर्व मेयर शिवराज सुवेदीले हालका अध्यक्ष कंडेललाई जसरी पनि रोक्नुपर्नेमा जोड दिएका स्रोतको दावी छ । गुट भेलाबारे पार्टीका प्रदेश अध्यक्ष कंडेलले एउटा पक्षले गुटगत भेला गरेको आफूले पनि जानकारी पाएको तर आम प्रतिनिधिहरुले विवेक प्रयोग गर्ने बताए । ‘राधाकृष्ण कंडेललाई रोक्न भेला गरेर रणनीति बनाइयो भन्ने साथीहरुले सुनाउनुभयो तर मलाई यसरी गटबन्दी गर्नुछैन’–कंडेलले भने–‘छलफल गर्न थियो भने बुटवलमै पार्टी अफिस थियो, रिसोर्टमा छुट्टै भेला गर्दा राम्रो सन्देश गएन ।’

पार्टीको महाधिवेशनमा एक कार्यकाल प्रदेश अध्यक्ष भएर काम गर्ने सहमति अनुसार केन्द्रीय सदस्य नभएकाले प्रतिनिधिले आफूलाई न्याय गर्ने कंडेल बताउंछन् । चुनाव भएमा कंडेल बलियो भएकाले सहजै जित्ने देखिएकाले रिजाल पक्षले सहमतिको वकालत गरिरहेको कंडेल पक्षका एक अधिवेशन प्रतिनिधिले बताए । ‘हिजोको भेलामा सय जना बोलाएकामा ३५ जना हाराहारीको कमजोर उपस्थितिले उहांहरु हच्किनुभएको छ,त्यसैले सहमतिको कुरा गरिरहनुभएको छ’–ती प्रतिनिधिले भने–‘हामी पनि सहमतिकै पक्षमा छौं तर पार्टी बनाउन सक्ने इमान्दार नेतालाई रोक्न सहमतिको कुरा गर्दा पार्टीलाई फाइदा गर्दैन भन्ने मात्रै हो ।’ एमाले लुम्विनी प्रदेश कमिटीका वर्तमान अध्यक्ष राधाकृष्ण कंडेललाई उपाध्यक्ष बिष्णु पौडेल र केन्द्रिय सदस्य समेत रहेका हरि रिजाललाई महासचिव शंकर पोखरेलको साथ रहेको चर्चा गरिएपनि पौडेल र पोखरेल दुबैले मुख खोलेका छैनन् । प्रदेश अधिवेशनका लागि एक हजार ४ जना प्रतिनिधि छनोट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?