ट्रेंडिंग:

>> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै >> मन्त्रिपरिषदको बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी गर्दै सरकार >> २ हजार बढ्यो सुन >> धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु >> मध्यरातमा सन्दिपको पीडा : ममाथि षडयन्त्र गर्नेहरुको नाम छिटै बाहिर ल्याउंछु >> कुवेतमा अलपत्र रुपन्देहीकी महिला स्वदेश फर्कन सफल >> अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द >> नेपाल गणतान्त्रिक यातायात व्यवसायीको अध्यक्षमा जितेन्द्र खत्री >> चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन् >> नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज >> राईजिङ्ग सन युथ क्लबद्वारा सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण >> आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस >> मिडियाले सत्य लुकाउनु हुदैनः मुख्यमन्त्री महरा >> ‘लु र फ्लू’ को जोखिमबाट बचौं >> सूचना प्रविधि र सञ्चारः अप्ठ्यारा, अवसर र चुनौति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन >> तिलोत्तमा, शुद्धोधन, कञ्चन र देवदह विजयी >> लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण >> बुटवलमा यु—१४ क्रिकेट प्रतियोगिता हुदै >> वनबाट सल्केको डढेलो बस्तीमा फैलिंदा ८ वटा घर गोठहरु जलेर नष्ट >> टी २० विश्वकपमा नेपाली टोलीको घोषणा

लुम्बिनी प्रदेश सभा बैठकमा सत्तापक्षको बलजफ्ती,संसदीय मर्यादाकै खिल्ली

१८ असार २०८०, सोमबार
१८ असार २०८०, सोमबार

बुटवल, १८ असार । संसदीय अभ्यासमा संसद अर्थात सदनमा प्रतिपक्षको विशेषाधिकार हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । तर लुम्बिनी प्रदेशसभामा भने सत्तापक्षले संसदीय मूल्य मान्यता विपरित बलजफ्ती गरेको प्रतिपक्षी दलको भनाई छ । बजेट निर्माणमा एकलौटी र पूर्वाग्रह साधेंपछि सदनमा प्रतिपक्षी दलले सशक्त प्रतिरोध गरेको छ । तर प्रतिपक्षको नाराबाजीकै बीचमा अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने, सत्तापक्षका सांसदले एकपक्षीय धारणा राख्ने र त्यसैका आधारमा अर्थमन्त्रीले धारणा राख्ने र सभामुखले सैद्दान्तिक छलफल सकिएको घोषणा गर्ने काम भएको छ ।
यसलाई प्रतिपक्षी दलले सरकारको बलमिच्याइँ भन्दै आपत्ती जनाएको छ । सरकारले यसअघिका महत्वपूर्ण आयोजनाका बजेट र सांसदले पेश गरेका अत्यावश्यक योजना समेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा सशक्त विरोध जनाउँदै आएको हो ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री लिला गिरीले सदनको सुरुमै बजेटका बारेमा धाराणा राखेर बजेट पूर्वाग्रही, सतही, संघीयताको मर्म विपरित, बेथिति निम्त्याउने र कार्यकर्ता पोस्ने खालको आएको भन्दै सच्याउनुपर्नेमा जोड दिएका थिए ।
बजेटको विरोधमा सत्तापक्षकै पनि कतिपय सांसदहरु देखिएपछि सरकारलाई हम्मे हम्मे परेको छ । सदन सुरु भएका दिनदेखि बजेटका बारेमा छलफल नै सुरु भएको छैन । सरकारले यसका लागि आवश्यक वातावरण नै बनाउन सकेको छैन । मुख्यमन्त्री डिल्ली चौधरी सदनको गतिरोध हल गर्नेतिर भन्दा जिल्ला दौडाहामा केन्द्रित भएको भन्दै सत्तापक्षकै सांसदले गुनासो गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले असार १ गते सदनमा बजेट प्रस् तुत गरेको थियो । आर्थिक मामिला मन्त्री धनबहादुर मास् कीले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेट सार्वजनिक भएपछि सत्तापक्षकै केही सांसदले टिप्पणी गरे–बजेट गतिलो आएन र सांसदहरुसंग मागिएका योजनाहरु समेत कुनै समावेश भएनन् ।
एकातिर प्रमुख प्रतिपक्षी दलको सशक्त प्रतिरोध र अर्कोतिर सत्तापक्षै सांसदले विरोध गरेपछि सरकारलाई सकस भएको छ । चौतर्फी विरोधका स्वर बढ्न थालेपछि दश दिन ढिला गरी सदन आह्वान गरियो । तर, आह्वान गरिएका दिनमा पनि सदन चल्ने वातावरण बनेन ।
१० गते आह्वान गरिएको बैठक बस् न नसकेपछि तीन दिनपछि १३ गतेलाई सारियो । कार्यव्यवस् था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूचि बनाउन सहमति जुटाउन खोजियो । त्यस दिन प्रमुख प्रतिपक्ष दलका नेता लिला गिरीले सम्बोधन गर्दै बजेटलाई संशोधन गरेर समृद्धिका आधार साकार पार्न केन्द्रित गर्नुपर्ने माग गरे । सत्तापक्षले त्यसमा चासो दिएन ।
त्यसपछि एमाले सांसदहरुले विरोध शुरु गरे । एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सदनमा उभिएर बजेट पूर्वाग्रही र कार्यकर्ता पोस्ने खालको आएकाले यसलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाए । त्यसपछि एमालेका सबै सांसदले उभिए । सभामुख तुलाराम घर्तीले सहमति खोज्ने भन्दै आधा घण्टा स् थगित गरेको बैठक चल्नै सकेन र बैठक नै नबसी सूचना टाँस गरेर १७ गतेलाई आह्वान गरियो ।
असार १७ गते आइतबार ढिलागरी बैठक शुरु भयो । सभामुखले अर्थ मन्त्री धनबहादुर मास् कीलाई प्रस् तावित बजेटमाथि छलफलका लागि प्रस् ताव पेश गर्न समय दिए । लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरु रोष्ट्रम घेराउ गर्न पुगे । आइतबार बसेको लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १३ औं बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले नाराबाजी गरे र सदनको कारबाही अगाडि बढ्न सकेन ।
यो सिलसिला सोमबार पनि कायमै रह्यो । सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए । सभामुखले समय उपलब्ध गराएपछि उनले सम्बोधन गर्दै सरकारले एकलौटी र बलमिच्याइँ गरेर अगाडि बढ्न खोजेकाले सदनमार्फत् विरोध जनाएको उल्लेख गरे ।
प्रतिपक्षको नाराबाजीकै बिच सैद्धान्तिक छलफल सकिएको घोषणा
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दलले उठाएको विषयको वास्तै नगरी सत्तापक्षले बलजफ्ती गरेको छ । सदनमा लगातार आवाज उठाउँदै आएको नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुखले सदन अगाडि बढाए र बजेटमाथिको छलफल सकिएको घोषणा गरी मंगलबारका लागि अर्को बैठक आह्वान गरे ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि अर्थमन्त्री मास्कीले प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न सोमबार आह्वान गरिएको प्रदेश सभा बैठकमा एमालेका सचेतक चौधरीले आफुहरुले उठाएको मागका बारेमा सरकारले टलफल गर्नुपर्ने माग गरे । त्यसलगत्तै चौधरीसहित एमाले सांसदहरु उभिएर नाराबाजी सुरु गरे ।
बैठकमा नाराबाजीकै बीच सभामुखले सत्ता पक्षका सांसदहरुलाई बजेटमाथि आफ्ना धारणा राख्न लगाएका थिए । कांग्रेस सांसद बसिउद्दिन खाँले बजेट हालसम्मकै राम्रो आएको दाबी गर्दै नमुना प्रदेश बनाउन सकिने बताए ।
जनमोर्चाकी सांसद तारा थापाले बजेटमा क्रमागत योजनाहरु कटौती गरिएको भन्दै त्यसलाई बजेटमा सच्याउनुपर्ने बताइन । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि राजनीतिक मुद्दामा भन्दा जनताका समस्यामा केन्द्रित हुन आग्रह गरे ।
विपक्षी दलले छलफलमा भाग नलिएपछि अर्थमन्त्री मास्कीले छलफलका क्रममा उठेका विषयवस्तुमा नाराबाजीकै बीचमा जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफसँगै सभामुख घर्तीले राजस्व र व्ययमाथिको सैद्धान्तिक छलफल सकिएको घोषणा गरेका थिए । अर्थमन्त्री मास्कीले आगामी आवका लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
सोमबारको बैठकमा अर्थमन्त्री मास्कीले आव २०८०÷०८१ सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका छन् । उक्त विधेयकमाथि मंगलबारदेखिको बैठकमा छलफल सुरु हुने सभामुख घर्तीले बताए । प्रदेश सभाको आगामी बैठक मंगलबार दिउसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रतिपक्ष दलका सांसदहरु रोष्ट्रम अगाडि उभिएर बिरोध जनाइरहेकै बेलामा सरकारले प्रस्ताव पनि बलजफ्ती रुपमै प्रस्तुत गरेको थियो । अर्थमन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफलको प्रस् ताव यसअघिको बैठकमा जबर्जस्ती रुपमा पेश गरेका थिए ।
सदनमा प्रतिपक्षी दल एमालेले उठाउँदै आएको गम्भीर र संवेदनशील विषयमा वास्तै नगरी र सहमतिको वातावरण नै नबनाई सत्तापक्षले फेरि बलजफ्ती गर्ने काम भएको एमाले सांसद भोजप्रसाद श्रेष्ठको टिप्पणी छ ।
आर्थिक वर्ष २०८०÷०८१ को बजेट मार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने, विगत सरकारले सञ्चालन गरेका क्रमागत योजनाहरु कटौती गर्ने, बहुवर्षीय योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ थोरै बजेटको व्यवस् था गर्ने र सरकारको सम्पूर्ण ध्यान संघीयताको मर्म र भावनालाई कमजोर बनाउन उद्यत रहेको भन्दै एमाले सांसदहरुले बजेटको विरोध जनाउँदै आएका छन् ।
‘एमाले सहमति र सहकार्यको पक्षमा सधै अडिग रहँदै आइरहेको छ तर प्रदेश सरकार एकलकाँटे, संविधानको मर्म र भावनाका विरुद्धमा एकपछि अर्को निर्णय गर्दै अघि बढिरहेको अवस्था छ’–एमाले प्रमुख सचेतक चौधरीले भने–सदनम सत्तापक्षको बलमिच्याइँ भयो यसले संसदीय मर्यादाकै खिल्ली उडाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np