ट्रेंडिंग:

>> एमाले बागमति अध्यक्षमा कैलाश र सचिवमा नवराज विजयी >> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना
समाचार

उपप्रमुखहरुको समाचारले प्राथमिकता नपाएको गुनासो

२३ जेष्ठ २०८०, मंगलवार १६:४१
२३ जेष्ठ २०८०, मंगलवार १६:४१

बुटवल, २३ जेठ ।

जुनसुकै राजनैतिक दलले महिलाको सहभागिता स्वीकार गरे पनि नेतृत्व स्वीकार्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुले नगरका उपप्रमुखहरुको समाचारले प्राथमिकता पाउन नसकेको गुनासो गरे ।

मंगलबार बुटवलमा सञ्चारिका समुह नेपाल रुपन्देहीले आयोजना गरेको स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष अन्तर सम्वाद कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाजमा रहेको पितृसत्तात्मक सोचका कारण काम गर्न असहज भएको बताईन् । उनले उपप्रमुखको जिम्मेवारी धेरै हुने गरेको भन्दै सञ्चार माध्यमहरुमा आफ्ना कामहरुले प्राथमिकता नपाउँदा गरेको कामबारेमा धेरैलाई जानकारी हुन नसकेको बताईन् । तिलोत्तमानगर पालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमा नगरपालिकालाई लैगिकमैत्री नगर बनाउनका लागि आफुहरु लागि परेको भन्दै त्यसका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको बताईन् । उनले पत्रकारको कलम जहिले पनि निष्पक्ष ढङ्गबाट चल्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विध्यालक्ष्मी गुरुङ्गले भौतिक विकासले मात्र लक्ष्य पुरा हुन नसक्ने भन्दै अब सबै महिलाहरुलाई आर्यआर्जनका लागि जोड्ने काम आफु प्राथमिकतामा राखेको बताईन् ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उपप्रमुखले गरेको कामको प्रचार हुन नसकेको भन्दै राम्रा समाचार सम्प्रेषण गर्न र गर्नु पर्ने कामका बारे सुझाव दिन आग्रह गरिन् ।

त्यसैगरी गैडहवा गाँउपालिकाका उपप्रमुख माधुरी जैयसवालले सञ्चारकर्मी महिलाहरुलाई सहयोग गर्ने प्रतिबद्धतासगै समाज परिवर्तन गर्न महिलाको भुमिका महत्वपुर्ण रहेको बताईन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले अब स्थानीय तहले पत्रकार महिलाका लागि बजेट विनियोजन गरेर क्षमता बढाउन सहयोग गर्नुपर्नेमा जोड दिए ।
सञ्चारिका समुह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले उपप्रमुख र सञ्चारकर्मी महिलाबीचको सहकार्य जरुरी रहेको भन्दै कार्यक्रमले एक अर्काबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसरका रुपमा सबैले लिनुपर्नेमा जोड दिईन् । सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतमले स्थानीय तहमा रहेर काम गरिरहेका उपप्रमुख र उपाध्यक्षहरुसँगको सहकार्य पत्रकार महिलाका लागि अत्यन्त महत्वपुर्ण रहेकाले कार्यक्रमको आयोजना गरिएको बताईन् । कार्यक्रममा सञ्चारिका समुह रुपन्देहीका सल्लाकार ईन्दिरा अर्याल, रेखा भुषाल, डब्लु डब्लु जे रुपन्देहीका अध्यक्ष कल्पना तिवारी, सञ्चारिका समुह रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, महासचिवअस्मिना पाण्डेय लगायतले बोलेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?