ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
ताजा अपडेट
स्थानीय खबर

ठेकेदारका कारण गण्डक नहरमा पानी बगेन

२३ जेष्ठ २०८०, मंगलवार ०७:४१
२३ जेष्ठ २०८०, मंगलवार ०७:४१

नवलपरासी, जेठ- ठेकेदारको लार्वावाहीका कारण नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा पानी प्रवाहमा ढिलाई हुने देखिएको छ । नहर मर्मत सम्भारका लागि नहरका दुई वटा शाखा तथा मुल नहरका केही भागमा सफाई गर्नु पर्ने कार्य बेलामा सम्पन्न हुन नसक्दा नहरमा पानी प्रवाहका लागि ढिलाई हुने देखिएको हो ।
गण्डक नहरमा पानी प्रवाहमा किन ढिलाई भई रहेको बारे प्रतिकृया दिदै गण्डक ब्यारेजबाट पानी प्रवाह हुने भए पनि नेपाल गण्डक नहरमा केही संरचना मर्मत सम्भारका काम नटुगिँएका कारण पानी प्रवाहमा ढिलाई हुन गएको ब्यवस्थान कार्यालय सेमरीका प्रमुख रनधिर शाहले जानकारी गराए । नहरको मर्मत सम्भार गर्दै गर्दा ठेकेदारले काम अधुरो रहन गएको छ,उनले भने,विचमै पानी प्रवाह यदि गरियो भन्ने सो संरचनामा असर पर्न सक्छ । त्यो भएर यो बर्ष एक साता पानी ढिलो हुन गएको छ ।

किसानलाई विँउ राख्नमा नहरको पानी प्रवाहमा ब्यवस्थापन कार्यालय असमर्थ देखिएको छ,उनले थपे,तर रोपाईको बेला नहरमा पानी प्रवाह भई सक्ने छ । ब्यवस्थापन कार्यालय जति सक्दो पानी प्रवाह चाडै गरिदिइने कार्यमा लागि परेको छ । सम्भव भएसम्म एक दुई दिनमै पानी प्रवाह गर्न सकिन्छ । मुल नहरमा पनि चुरे पहाडबाट पहिरो गएर सफा गर्ने कार्य भई रहेको छ । त्यो कार्य छिट्टै सकाउनमा लागि रहेको उनको भनाई थियो ।

नहरमा पानी केही ढिलो भए पनि रोपाईको बेला पानी प्रयाप्ता बढाउने गरि नहरको मर्मत सम्भार भईरहेकोले विउँ राख्नका लागि थोरै पानी आवश्यक पर्ने हुदा बोरिगँ र पम्पिगँसेटको उपयोग गरि किसानले विँउ राख्न थालेका छन् । तर रोपाईको बेला आई नपुग्दै नहरमा पानी प्रवाह भई सक्ने दाबी ब्यवस्थापन कार्यालय प्रमुख शाहको थियो । उता भारतिय पश्चिमी नहरबाट पिपरपाती प्रसौनीमा सिचाई नहर प्रणालीमा पानी प्रवाह गर्ने भएको हुदा सो नहरमा पानी प्रवाह भई रहेको छ । त्यहाँका किसान नहरकै पानीले विँउ राख्न थालेका छन् । ठेकेदारलाई जटि अत्याउदा पनि ढिलो गरिदिएकोले पानी ढिलो भएको प्रति उनले दुःख ब्यतm गर्दै भने,निर्माणाधिन संरचनामा यदि पानी प्रवाह गरिदियौ,भने ठूलो क्षति ब्यहोर्नु पर्ने हुन सक्छ । त्यो भएर केही धैर्यधारण गरि किसानलाई वैकल्पिक ब्यवस्था गर्नका लागि आग्रह पनि गरिएको उनको भनाई थियो ।

गण्डक सम्झौता अनुसार नेपालको कुल ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा सिचाई गर्ने गरि नेपाल गण्डक पश्चिमी नहर प्रणाली कुल ३२ किलोमिटर लम्बाई रहेको छ । मुल नहरबाट विभिन्न शाखा र प्रशाखा नहर मार्फत सिचाई हुने गरेको छ । नहरमा डेढ सय क्युसेक पानी प्रवाह हुने गरि संरचनाहरु बनेका छन् । तर संरचनागत कमजोरीका कारण नहरमा बर्षेयाममा सिचाई गर्दा गण्डक नहरमा धेरै मात्रामा (बालुवा) सिल्ट बगेर आउने र ति सिल्ट नहरमा जम्मा भएर नहरमा पानी प्रवाहमा अवरोध हुने विगतकै समस्या रहेको छ । सो समस्या समाधानका लागि ब्यवस्थापन कार्यालयले मुहानमा सिल्ट बेसिनको काम पनि थालेको छ । ३५ करोड लागतमा सिल्ट सफाईका लागि सिल्ट बेसिनको निर्माण प्रकृयामै छ । पुरै काम सम्पन्न भए पश्चात नहरमा विगतको तुलनामा सिल्ट छान्ने कार्य मुहानमै भई सक्ने अवस्था हुन्छ । त्यो भएर नहर सहज ढंगले सुचारु हुने उनको भनाई थियो ।

चुरे पहाडबाट बग्ने खोलाका पानी ठाँउ ठाँउबाट नहरमा पस्ने भएकोले नहर पुरिने समस्या पनि रहेको छ,बालुवा बालुवा नै रहेको स्थानमा नहरको डिल नै भत्किने अवस्था पनि रहेको हुदा ति स्थानमा नहरलाई पक्कि बनाउने कार्य पनि यसै बर्ष देखी शुरु भएको छ । ति स्थानमा नहर पक्कि भए पछि चुरेको पहिरोले नहर पुरिने अवस्थामा पनि सुधार आउने ब्यवस्थापन कार्यालय प्रमुख शाहको भनाई रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?