ट्रेंडिंग:

>> न्यू होराइजन स्पोर्टस् क्लबको अध्यक्षमा ठकुरी >> अर्घाखाँची र गुल्मीमा वनको डढेलो गाउँमा पस्दा ६० बढी घरगोठ जले >> बागेश्वरी संगीतालयले मनायो रजत जयन्ती >> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा
विचार

यसरी राष्ट्रकै नमूना बन्यो मणिमुकुन्द उद्यान

नेपालमा हालसम्म यो बराबर आकर्षक र विकसित उद्यान सम्भवतः दोस्रो छैन । यसले नेपाल राष्ट्र मै अगुवा उद्यानको पहिचान बनाएको छ । यही जेठ ६ र ७ गते नेपाल भरका उद्यानहरुको राष्ट्रिय सम्मेलन उद्यानमै आयोजना गरेर त्यसको पुष्टि गरेको छ ।
२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

नेपाली शब्द भण्डार अनुसार फूलबारी भन्नाले पुष्पबाटिका, पुष्पबगैंचा, पुष्पोद्यान भन्ने बुझिन्छ । त्यसैगरी उद्यान भन्नाले बगैंचा, फलफूलको सुरक्षित बारी, उपवन, फूलवारी वा बाटीका भन्ने बुझिन्छ । यसरी फूलबारी र उद्यान पर्यायवाची शब्द हुन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित मणिमुकुन्द सेन उद्यानको पहिलेको नाम फूलबारी हो । पहिले सेनवंशीय राजाहरुको फूलबारी हो, अहिलेको राष्ट्रमै नमुना कहलिएको र वर्षेनी लाखौं सङ्ख्यामा पर्यटकले अवलोकन भ्रमण गर्ने मणिमुकुन्द सेन उद्यान । यो मणिमुकुन्द सेन उद्यानको पहिले, अहिले र भोलीको अवस्थाबारे चर्चा गर्नु यस लेखको उद्देश्य हो ।

यो उद्यानको ईतिहास केलाउँदा १६ औं शताब्दीबाट यसको शुरुवात भएको मान्न सकिन्छ । वि.सं. १५७५ मा यहाँ तत्कालिन पाल्पा राज्यका प्रसिद्ध राजा मणिमुकुन्द सेनले शीतकालिन दरबार निर्माण गरेको इतिहास छ । जुन राजदरबारको भग्नावशेष अहिले पनि संरक्षित छ । त्यही राजदरबार क्षेत्रमा फूलबारी निर्माण गरिएको थियो । जो बटौली (बुटवल) फुलबारीको नामले टाढा टाढा सम्म प्रख्यात थियो । जहाँ मौसम अनुसारका पुष्प तथा फलफूलजन्य वृक्ष हुर्काउने गरिन्थ्यो । यसरी यसको इतिहास पाँचसय वर्ष बढी पुरानो हुन्छ । सेनकालीन राजबंशको इतिहाससँग यसको सम्बन्ध छ । शायद यसको निर्माण मणिमुकुन्द सेनको पालामा नै भएको हुन सक्छ । जुनबेला राजदरबार बन्यो, त्यही बेला नै दरबार क्षेत्रमा एउटा सुन्दर बगैंचा पनि परिकल्पना गरियो । किनकी राजदरबार र बगंैचाको अन्योन्याश्रीत सम्बन्ध हुन्छ । सेनवंशीय राजाहरुको शीतकालीन दरबार क्षेत्रमा यो उद्यान रहेकाले यसको ऐतिहासिक तथ्याङ्ककमा दुईमत हुन सक्दैन । निश्चित रुपमा १६ औं शताब्दीमा शुरुवात भएको पाँच सय वर्ष पुरानो उद्यान हो यो ।

पाल्पा राज्य वि.सं. १८६३ मा नेपाल अधिराज्यमा गाभिएपछि यो राजदरबार क्षेत्र उपेक्षित र जीर्ण अवस्थाबाट गुज्रियो । फूलबारीको पनि संरक्षण भएन । नासियो । रुख वृक्षहरु हुर्किए पनि पुष्पोद्यान नष्ट भयो । राजदरबार पनि जीर्ण भई भत्कियो । भग्नावशेष मात्र बाँकी रह्यो । १८६३ लाई आधार मान्दा १ सय ७४ वर्षसम्म यो क्षेत्र उपेक्षित अवस्थाबाट गुज्रियो । वि.सं. २०३७ मा बुटवल नगर पन्चायतका यस वडाका जनप्रतिनिधि मुन्निलाल शाक्यको अगुवाईमा यस क्षेत्रको खोज, अनुसन्धान र फूलबारीको पुनर्जागरणको लागि प्रयास गरियो । यसलाई तत्कालीन रानी ऐश्वर्यको नाममा ऐश्वर्य पार्क नामाकरण गरी पुनर्जागरण गर्ने प्रयास गरियो । राजा विरेन्द्रको समेत ध्यानाकर्षण गराइयो । यद्यपि यसले सार्थक रुप लिन सकेन । बटौली (पारी बुटवल) बासीको फोहर विसर्जन गर्ने ठाउँ (डम्पीङ्ग साइट) को रुपमा यो क्षेत्र रहेको थियो । २०३७ सालपछि यसमा केही सुधार आयो । फोहोर विसर्जन गर्न आंशिक कमी आयो । मलाई राम्रोसँग याद छ, बुटवलका पुराना पत्रकार सूर्यलाल र दिल साहनी लगायतले यो ऐतिहासिक राजदरबार क्षेत्र एवं जीतगढी क्षेत्र भएकाले डम्पिङ्ग साइट बनाउनु भएन, यसको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ भन्दै अखबारमा लेखेर र मौखिक रुपले बोलेर समेत बुटवलबासीको ध्यानाकर्षण गराएको । बटौलीबासीको फोहोर विसर्जन गर्ने यो क्षेत्र ५० को दशकबाट पूर्ण रुपले पुनर्जागरण भई तीन दशकमा राष्ट्रकै नमुना उद्यान बनेको छ । यसको पहिलेको ईतिहास जति गौरवलायक छ, पुनः निर्माणको इतिहास पनि प्रेरणादायी छ । मुन्निलाल शाक्यको २०३७ सालको सामान्य प्रयासले यसको पुनर्जागरणको शुरुवात ग¥यो । २०४६ सालमा बहुदलीय प्रजातान्त्रीक व्यवस्थाको स्थापना भएपछि २०४९ सालमा नेपाली काग्रेसका नेता सूर्य प्रसाद प्रधान बुटवल नगरपालिकाको प्रमुख (मेयर) निर्वाचित भएपछि यसको पुनः निर्माणको क्रमले गति लियो ।

नगरपालिकाको अगुवाईमा प्रधानले यसको सरसफाई, पुनः निर्माण र सौन्दर्यकरणका काम अघि बढाउनु भयो । बुटवलका द्वारीका प्रसाद उदय र ऋषि ज्ञवाली लगायतले पनि निकै मेहनतका साथ पुनः निर्माणमा योगदान गर्नुभयो । द्वारीका उदयले जनही १ हजार १ सय ५० रुपैयाँ लिएर २ जना बढी संस्थापक सदस्य बनाउनु भयो र राम्रै रकम जुटाउनु भयो, पुनः निर्माणको लागि । यो रकम त्यसबेला ठूलो धनराशी हो, जसले धेरै पूर्वाधारका काम गर्न सकियो । २०५४ सालमा बुटवल नगरपालिकामा भोज प्रसाद श्रेष्ठ मेयर निर्वाचित भएपछि यसको पुनः निर्माणले झन गति लियो । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति दर्ता गराई संस्थापक अध्यक्ष बन्नु भयो, भोजप्रसाद श्रेष्ठ । त्यसपछि यसले संस्थागत विकासको रुप लियो । २०६५ सालमा यसलाई स्वायत्त संस्थाको रुप दिइयो । संस्थाका सदस्यहरु मध्येबाट मोतिराज ज्ञवाली अध्यक्ष निर्वाचित हुनुभयो । ज्ञवाली दुई कार्यकाल अध्यक्ष निर्वाचित हुनुभयो । त्यसपछि वर्तमान अध्यक्ष खेम प्रसाद लुइटेलको यो दोस्रो निर्वाचित कार्यकाल हो, सदस्यहरु मध्येबाट । अहिले संस्थामा सस्थापक ३ सय १४, आजीवन ४९, साधारण २ सय ११ र संस्थागत सदस्य ३ गरी ५ सय ७७ सदस्य संख्या छ । समितिको कार्यकाल ३ वर्ष अवधिको हुन्छ । संस्थाको अभिलेख अनुसार २०७९ साल साउन देखि २०८० बैशाख सम्म उद्यानको अवलोकन भ्रमणमा ४ लाख पर्यटक आई रु. २ करोड आम्दानी भयो । वार्षिक बजेट करिब रु. ५ करोड बराबरको हुन्छ । टिकट लिने र नलिने समेत गरी वार्षिक करिब ८ लाख पर्यटकले यो उद्यान अवलोकन भ्रमण गर्दछन् । जसमध्ये एक लाख बढी भारतीय पर्यटक आउँछन् । यो अहिले १६ विगाह क्षेत्रफलमा फैलिएको छ । निकट भविष्यमा सामुदायिक वनसँग समन्वय गरी ३० विगाहमा विस्तार गर्ने योजना छ ।

यहाँ पुष्पोद्यानका अतिरिक्त श्री स्वामिनारायण मुकुन्द धाम, बुद्धबाटिका, मणिमुकुन्द सेनले घोडा चढी सवार भएको शालिक, बुटवल स्मारक (जसमा रामपिथेकस, लखन थापा, मायादेवी, मणिमुन्द सेन, दशरथ चन्द, बसिर मिया, भिमदत्त पन्त, गौतम बुद्ध, चोक बहादुर गुरुङ्ग, जीवराज आश्रित, उजिरसिंह थापा, तारापति भट्टराई, सूर्य प्रसाद घिमिरे र यादवनाथ आलोकका मुर्ति राखिएका छन्) शिव मन्दिर, मजारथान, मुनामदन बाटिका, मदन आश्रित बाटिका, विसे नगर्ची बाटिका, शंखधर साख्वा बाटिका आदी मनोरम, ऐतिहासिक र ज्ञानबद्र्धक पुर्वाधार निर्माण गरिएका छन् । एनिमल कर्नरमा उद्धार गरी संरक्षण गरिएका भालु, चितुवा, चित्तल, मृग, राजहाँस, अजिङ्गर, निलगाई, खरायो, स्याल, चाइनिज मुसा, कछुवा, कालिज, ढुकुर, हरिण, लौकाट, सुगा आदी पशुपन्छीहरु पालिएका छन् । यहाँ विवाह, वनभोज, व्रतबन्ध, पूजा, कुलायन पूजा, आदी धार्मिक अनुष्ठानका अतिरिक्त डाँडाकाँडा, चिडियाखाना, जङ्गल हेर्न र शितल हावापानीको आनन्द लिन मानिसहरुको घुँइचो लाग्छ । नेपालका कुना काप्चा र भारतको उत्तर प्रदेश, विहार, महाराजगन्ज आदी क्षेत्रबाट ठूलो संख्यामा पर्यटकहरु आउँछन् । लुम्बिनी संस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रमा विभिन्न जातजातिका भेषभुषा प्रयोग गरी फोटो खिचाउन एवं टिकटक र भिडियो बनाउन मानिसहरुको भिड लाग्ने गर्दछ ।

इतिहास, धर्म, संस्कृति, जैविक विविधता, फलफूल, पुशपन्छी आदिको खुला सङ्ग्रहालय हो मणिमुकुन्द सेन उद्यान । यहाँ नेपालको राजनीतिक ईतिहास, नेपाल अङ्ग्रेज युद्धको ईतिहास, मठ मन्दिर, संस्कृति र वनस्पतिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न मानिसहरु आउने गर्दछन् । यसको नामाकरण पनि उपयुक्त छ, वास्तवमा यो राजा मणिमुकुन्द सेनको उद्यान हो । राजा मणिमुकुन्दले शुरुवात गरेको उपवन हो यो । यहाँ करिब ७५ थरीका वनस्पतिहरु पाइने उद्यानको भनाई छ । यो उद्यान इतिहासको स्रोत हो । पुराना बाइसे चौविसे राज्यहरु मध्ये चौविसे पाल्पा राज्यको शीतकालिन राजधानी हो यो । वि.सं. १८७१÷७२ मा भएको नेपाल अङ्ग्रेज युद्धमा नेपालले जितेको जीतगढी क्षेत्र हो यो । उद्यानदेखी करिब पाँच सय मिटर पूर्व दक्षिणमा रहेको जीतगढी किल्ला सम्म सुरुङ्ग मार्ग रहेको र यही सुरुङ्ग मार्गबाट नेपाली सेनाका कर्णेल उजिर सिंह थापा सैनिक सहित जीतगढीमा ओर्लेर अङ्ग्रेज विरुद्ध लडेको जनश्रुती छ । यो सुरुङ्ग मार्ग खोल्ने काम गर्ने हो भने यो अन्तराष्ट्रिय स्तरको उद्यान बन्ने छ । यसमा पुरातत्व विभागको ध्यानाकर्षण होस् । यो उद्यानमा उजिर सिंह थापा र मणिमुकुन्द सेनको नाममा सङ्ग्रहालय स्थापना र सञ्चालन गर्नु आवश्यक देखिन्छ । यसरी यो उद्यान एउटा ऐतिहासिक, पुरातात्वीक र जैविक विविधतायुक्त क्षेत्र हो । यसको अझै संरक्षण प्रबर्धन र विस्तार हुनु पर्छ । यसलाई उत्तरतर्फ पाल्पाको नुवाकोट गढी सम्म विकास र विस्तार गर्नु पर्छ ।

नेपालमा हालसम्म यो बराबर आकर्षक र विकसित उद्यान सम्भवतः दोस्रो छैन । यसले नेपाल राष्ट्र मै अगुवा उद्यानको पहिचान बनाएको छ । यही जेठ ६ र ७ गते नेपाल भरका उद्यानहरुको राष्ट्रिय सम्मेलन उद्यानमै आयोजना गरेर त्यसको पुष्टि गरेको छ । लगन एवं दृढ प्रतिज्ञा भएमा छोटो समयमा धेरै विकास गर्न सकिन्छ भन्ने नमूना प्रस्तुत गरेको छ, यो उद्यानले । रुपन्देही जिल्ला एवं बुटवल नगर एक अन्तराष्ट्रिय पर्यटकीय क्षेत्र हो । त्यसैले बुटवललाई पार्क (उद्यान) हरुको शहर पनि बनाउनुपर्छ । बुटलमा सञ्चालित हिलपार्क, मिलन पार्क, लक्ष्मी पार्क, पाणिनी पार्क, ग्लोबल पिस पार्क आदीलाई पनि थप विकास र प्रवद्र्धन गर्नु पर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?