ट्रेंडिंग:

>> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ?
ताजा अपडेट
स्थानीय खबर

दाङका पशुमा लम्पीस्कीनको महामारी

२३ जेष्ठ २०८०, मंगलवार ०७:३४
२३ जेष्ठ २०८०, मंगलवार ०७:३४

लमही , जेठ ।- दाङका अधिकांश पालिकामा लम्पी स्कीन र अफ्रिकन स्वाईन फिभर नियन्त्रणका लागि चुनौति देखिएको छ । आकस्मिक रुपमा देखा पर्ने र महामारीको रुप लिने यस्ता रोग नियन्त्रणका लागि तिनै तहका सरकारले चासो देखाउदै व्यवस्थित निति कार्यक्रम र बजेट बनाउन आवश्यक छ ।
पशुमा आकस्मिक रुपमा देखा पर्ने महामारीजन्य कुनै पनि रोग नियन्त्रणका लागि स्थानिय सरकारसँग बजेट नहुदा समस्या हुने गरेको शान्तिनगर गाउँपालिकाको पशु शाखा प्रमुख पशु स्वास्थ्य प्राविधिक देवराज आचार्यले बताए । आचार्यले भने ,–‘आकस्मिक रुपमा देखा पर्ने महामारीजन्य रोग नियन्त्रण गर्नका लागि बजेट नहुदा समस्या हुने गरेको छ । हामीलाई अहिले पनि लम्पी स्कीन र अफ्रिकन स्वाईन फिभर जस्ता रोग नियन्त्रणका लागि प्रयाप्त बजेट र स्रोत साधन नहुदा समस्या झेल्नु परेको छ ।
शान्तिनगरमा मात्रै हामीले लम्पी स्कीनका मात्रै करिव ८ सय गाईभईसीको उपचार गरेका छौँ । उपचार पाएका पशु सुधार हुने अवस्थामा भएपनि यो रोग थप नयाँ पशु चौपायाँमा देखिने क्रम भने रोखिएको छैन् । जिल्लामा हजारौको संख्यामा पशुमा देखिएको यस्ता रोगको निवारणका लागि प्रभावकारी योजनाका साथ बजेट ल्याउन आवश्यक छ । वर्तमान समयमा लम्पि स्कीनभन्दा अर्काे कुनै नयाँ रोग देखा परेमा तत्काल केही गर्न सक्ने अवस्था छैन् ।
यस्तै लमही नगरपालिकाका पशु शाखाका प्रमुख शिवराज अधिकारीले पालिकाको सबै वडामा लम्पि स्कीन फैलिएको बताउदै कार्यपालिका बैठकमा पनि यसको नियन्त्रणका लागि बजेटको मागर गरेको बताए । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको प्रस्तावित कार्यक्रममा लम्पी स्कीन र अफ्रिकन स्वाईन फिभरलाई नसमेटिएको भन्दै राप्ति गाउँपालिकाको पशु शाखा प्रमुख दामोदर आचार्यले महामारीको रुप लिएका यस्ता रोग नियन्त्रणका लागि तिनै तहका सरकारको तदारुकता आवश्यक रहेको बताए । उनले भने ,–‘ पूर्व अनुमान र जानकारी विना देखा पर्ने देखा पर्ने यस्ता रोग नियन्त्रणका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानिय तहविचको समन्वय नहुदा असहज भएको भन्दै समन्वय र सहकार्य प्रभावकारी हुन अवाश्यक छ । सम्पर्क र समन्वय राम्रो भएपछि मात्रै काम राम्रो हुन्छ, त्यसपछि मात्रै किसान सन्तुष्ट बन्न सक्छन् ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको आयोजनामा केन्द्रका प्रमुख सुदाम भट्टले आ.व. २०८०÷०८१ का लागि केन्द्रको प्रस्तावित कार्यक्रमका मा यसलाइ समेटिने बताए ।प्रमुख भट्टले विभिन्न प्रथावित कार्यक्रमका लागि ६ करोड ४० लाख ४० हजार रुपैयाँ बजेट छुट्टाईएको बताए । साथै उनले गत आ.व. मा कुल बजेटको २५ प्रतिशत बजेट कटौती भएको जानकारी दिए ।
पशु चिकित्सक मनोज वलीले पशुमा रोग अतंक र त्यसको प्रभाकारी उपचार नहुदा तथा उत्पादनले उचित बजार मुल्य नपाउदा पछिल्लो समय किसान विस्थापित हुने क्रम बढ्दै गाएको बताए । उनले पशु पालनमा कसरी किसानको लागत घटाएर उत्पदान बढाउन सकिन्छ भन्ने योजनाका साथ काम हुन आवश्यक रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?