ट्रेंडिंग:

>> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ? >> धनगढीको केजी हस्पिटलमा बच्चा जन्माउन गएकी महिलाको पाठेघर निकालियो
ताजा अपडेट
मुख्य खबर

भारतबाट निर्वाध खाद्यवस्तुसँगै बिषादी

कार्बोमेट र अर्गानो फष्फेट नाम दुई प्रकारका मात्रै विषादी परिक्षण हुदै आएको छ । ती विषादीको सट्टामा भारतबाट आयात हुने तरकारी, फलफुल वा अन्य खाद्यान्नमा सोही प्रकृतिको कामगर्ने अर्को नामका विषादी प्रयोग गरेर निर्वाध रुपमा विषादी नेपाल आउने गरेका हुन ।
२३ जेष्ठ २०८०, मंगलवार ०७:२८
२३ जेष्ठ २०८०, मंगलवार ०७:२८

बुटवल, जेठ ।
नेपाल सरकारले वि.स. २०७५ जेठ ३० गते परिपत्र जारीगरी सिमा नाकाबाट भित्रने वा निर्यात हुने खाद्यान्न, बाटे विरुवा, पशु तथा पशु जन्य र फलफुल तथा तरकारीको अनुमती प्रदान गर्ने गरी ४ वटा निकायका लागि परिपत्र जारी ग¥यो ।
जिल्ला स्थित प्लान्ट क्वारेन्टाईन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र खाद्य आयात निर्यायत गुणस्तर प्रमाणिकरण कार्यालय, पशु क्वारेन्टाइन कार्यालय ।
ती कार्यालयहरुले कुन–कुन शिर्षकमा कुन–कुन क्षेत्रमा काम गर्ने गरी निरिक्षण तथा सिफारिस दिने निकाय तोकीएको छ । जसमा आयात आनुमती पत्र जारी गर्ने निकाय समेत निर्धारण गरिएको छ ।
अन्य नाकामा तिन वटा कार्यालयले विषादी सहितको परिक्षण गरी खाद्यान्न विरुवा तथा विरुवा जन्य, पशु तथा पशुजन्य र खाद्य बस्तुको आयात अनुमती पत्र र निरिक्षण तथा सिफारिस गर्दै आएका छन् । तर भैरहवा भन्सार नाकाबा भने तीन वटा निकाय बिच तालमेल नहुँदा विषादी सहितका खाद्य बस्तु, फलफुल आयात भैरहेको पाइएको हो ।
अर्को तर्फ नेपाल सरकारले नै दुई वटा मात्रै विषादी परिक्षण गरेर अन्य विषादी प्रयोग गरेका खाद्यान्न, फलफुल वा अन्य बस्तु आयातमा ‘बैधानीक अनुमती’ दिएको छ ।
दुई वटा मात्रै विषादी नाकामा चेक हुने भएपछि खाद्यान्न तथा फलफुल आयात गर्ने व्यवसायीहरुले भारतमा सोही प्रकृतिको काम गर्ने विशेषता भएका नामका विषादी खुलेयाम प्रयोग गरेर नेपालमा बस्तु निर्यात गर्दै आएका हुन ।
अन्तराष्ट्रिय मापदण्ड अनुसार ४० प्रकारका विषादी परिक्षण गरेर, खाद्यान्न वा अन्य बस्तुको गुाणस्तर परिक्षण गरेर, बस्तुको प्याकेटमा उल्लेख भएको मापदण्ड, गुणस्तर, मात्रा को परिक्षण गरेर मात्रै आयात वा निर्यात हँदै आएको पाईन्छ ।
तर नेपालामा भने दुई वटा विषादी मात्रै परिक्षण गरेर र प्लान्टले रोग किरा छ या छैन, ढुंगा वा माटो मिसावट छ या छैन भन्ने कुरा मात्रै हेरेर आयातामा अनुमती दिँदै आएको हो ।
जसको कारण स्वदेशका लाखौं जनाले आयातीत बस्तु उपभोग गर्दा ‘मन्द विष’ समेत सेवन गर्दै आएका छन् । अर्थात सरकारले नै जनतालाई ‘विष खुवाईरहेको छ । ’
अर्गानो फष्फेट र कार्बोमेट नाम दुई प्रकारका मात्रै विषादी परिक्षण हुदै आएको छ । ती विषादीको सट्टामा भारतबाट आयात हुने तरकारी, फलफुल वा अन्य खाद्यान्नमा सोही प्रकृतिको कामगर्ने अर्को नामका विषाादी प्रयोग गरेर निर्वाध रुपमा विषादी नेपाल आउने गरेका हुन ।
भैरहवाको बेलाहिया नाकामा रहेको ‘खाद्य आयात निर्यात तथा प्रमाणिकरण कार्यालय’का प्रमुख रविन्द्र झाका अनुसार सरकारले दुई प्रकारका मात्रै विषादी परिक्षण गर्नको लागि उपकरण र परिक्षण ल्याव उपलब्ध गराएको र अन्य जाँच गर्नको लागि साधान स्रोत नभएको कारण समस्या भएको बताउँछन् । उनी सोही प्रकृतिका अन्य नाम वा काम का विषादी प्रयोग भएर आएको हुन सक्ने सत्यता नर्कान नसक्ने बताउँछन् ।
उनी भन्छन्–‘हामीले २ वटा मात्रै विषादी परिक्षण गर्ने हो, अन्य गर्नेको लागि भन्सारले अनुमती दिएर सोही अनुसारको प्रयोगशाला र जनशक्ती व्यवस्थापन हुन प¥यो, बल्ल मात्रै सत प्रतिशत जाँच हुन्छ । ’
गत मंसिर महिना देखि हाल सम्म सिमा नाकाबाट भित्रएिका चुकन्दर, परवल, प्याज, किबी, आलु, केरा, आप, अम्बा, फर्सी लगायत को कुल आयातको ३५ देखि ४५ प्रतिशत सम्मका बस्तुमा कोर्बोमेट विषादी प्रयोग गरिएको कारण केही दिन रोकेर त्यसको मात्रा कमी भएपछि मात्रै छाडीएको जानकारी दिए । उनका अनुसार यस्तो रुकावट दर ३५ देखि ४५ प्रतिशत सम्म रहेको छ । चुकुन्दरमा ३९.५ प्रतिशत कोर्बोमेट पाइएपछि क्यारेन्टाईन गरी पुनः परिक्षण बाट विषादीको मात्र कम भएपछि छाडीएको कार्यालयको तथ्यांक रहेको छ ।
कार्बोमेट ४५ प्रतिशत भन्दा माथि भएमा ति बस्तु आयात भएको भए नष्ट गर्नुपर्ने निकाय रहेको छ । विषादी अवशेष द्रत विश्लेषण कार्याक्रम सञ्चालन निर्देशिका २०७५ अनुसार ईनावेसन प्रतिशत ३५ वा भन्दा कम भएमा उपभोग गर्न सकिने र ३५ देखि ४५ सम्म भएमा ४ देखि ५ दिन सम्म क्वारेन्टिनमा राखि पुनः परिक्षण गरी ३५ प्रतिशत भन्दा कम आएमा मात्र उपभोग योग्य हुने र ईनह्यविटेसन ४५ प्रतिशत भन्दा बढि भएमा उपभोगका लागि अयोग्य हुने र उक्त कृषि उपजलाई विर्सजन गर्नुपर्ने नियम रहेको छ ।
यसरी सिमबाट भित्रीएका किवि, खुर्सानी, केरा, लौका, स्वीटलेमल, जस्ता बालीमा सबैभन्दा बढि ईनहीबेटसन (कार्बेमेट्स)को मात्रा बढि पाइएको थियो ।
खाद्य आयात निर्यात प्रमाणिकरणको कार्यालयका अनुसार ३५ भन्दा कम हुनुपर्नेमा ४७ सम्म पाइएको थियो । जसको कारण हाल सम्म २३ हजार ७ सय ५० किलो भन्दा बढि बस्तु नष्ट नगरिएको छ ।

छैन प्रयोगशाला, २ वटा मात्रै परिक्षण
भारतबाट आयात गरिने खाद्यान्न वा फलफुल वा अन्य बस्तु चेकजाँच गरी विषादी भए वा नभएको प्रमाणिकरण गरेर मात्रै भित्र्याउनुपर्ने नियम रहेको छ । तर नेपालमा विषादी तर्फ जम्मा २ वटा मात्रै विषादी कार्बेमेट्स र अर्गानोफस्पेट मात्रै दुई प्रकारका विषादी परिक्षण हुदै आएका छन् । अन्तराष्ट्रिय मपादण्ड अनुसार ४० प्रकारका विषादी परिक्षण गरेर मात्र स्वदेशमा आयात वा निर्यात गर्नुपर्ने हुन्छ । तर नेपालमा भने दुई वटा मात्रै विषादी परिक्षण गरी निर्वाध रुपमा तरकारी, खाद्यान्न वा फलपुल भित्रईरहेको पाइएको छ । जसको कारण उपभोक्ताहरुले प्रत्यक्ष रुपमा विषादी सेवन गरिरहेका छन् । सीमा क्षेत्रमा रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले जम्मा २ वटा मात्रै विषादीको परिक्षण गर्दै आएको छ । यथेष्ट जनशक्ती र अन्य विषादी जाँच गर्ने प्रयोगशाला नै नभएको कारण अन्य विषादी जाँच गर्न नसकीएको कार्यालय प्रमुख झाको भनाई छ ।

कार्यालय विच तालमेन नहुँदा समस्या
विषादी सम्बन्धी जाँच गर्ने निकाय अहिले खाद्य आयात निर्यात तथा प्रमाणीकरण कार्यालय हो । तर विचमा केही समय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले समेत यसको जाँच गरी आयात प्रमाण पत्र दिने गरेको थियो । तर अहिले यो बन्द छ । खाद्यान्नमा समेत विषादी प्रयोग गरी आयात हुने संभावना उच्च रहन्छ । तर चामल, दाल, तेल, अन्य गेडाकुटीको आयात वा निर्यातको अनुमती दिदै आएको प्लान्ट क्वारेन्टाईन कार्यालयमा विषादी जाँच गर्ने प्रयोगशाला छैन तर यो कार्यालयले सोही स्थानबाट किरा लागेको वा माटो ढुङ्गा भए वा नभएको जाँच गरी नेपालमा धामाम खाद्यान्न, दाल, चाम, तेल निर्यातमा अनुमती दिने गरेको हो ।
नेपाल सरकारको परिपत्र अनुसार आयात अनुमती पत्र दिने निकाय तोकीएको भएपनि निरिक्षण तथा सिफारिस गर्ने निकाय अन्य २ वटा तोकीएको छ । तर ती कार्यालयको तालमेन नहुन्दा वा भन्सार कार्यालयबाट अनलाईन प्रणालीमा प्रभाव पर्ने भन्दै एउटै निकायको सफरिसले धान, चाम, तेल, आदी खाद्यान्न, दाल वा गेडागुडी आयात हुदै आएका हुन ।
पशुको दाना, फिड अन्य सप्लीमेन्ट ३ वटा निकायले हेर्नुपर्ने र पशु सेवा विभागले अनुमती दिनुपर्ने कार्यविधीमा छ । यस्तै मह निरिक्षण तथा परिक्षण ३ वटा निकायले गर्ने र पत्र जारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने उल्लेख छ । तर प्लान्ट क्वारेन्टान बाट जारी गरिएको सिंगल अनुमती अनुसार नेपालमा मह आयात भैरहेको छ । यता खाद्यान्नमा पनि सोही प्रकृतिको रहेको हुन्छ । पिठो , मैदा, सुजी प्लान्ट क्वारेन्टाईनबाट आयात पत्र जारी तर निरिक्षण र अनुगमन गर्ने खाद्य आयात निर्यात प्रमाणीकरण कार्यालय रहनुपर्ने कार्यविधिमा छ । तर प्लान्टले सोझै रोग, किरा नभएको भन्दै पत्र जारी गरेर विषादी वा केमीकल परिक्षण विना नै नेपालमा खाद्यान्न आयात हुदै आएका हुन ।
गेडा गुडी, तोरी, दाल, अन्य जातका बनस्पती, चामल, मकै, गहुँ लगायत का बस्तु निरक्षण गर्ने, प्रमाणिकरण गर्ने निकाय र आयात अनुमती पत्र जारी गर्ने निकाय अलग अलग भएको भएपनि एउटै निकायको अनुमती पत्र बाट जारी बाट निर्वाध रुपमा भित्र्दा विषादी सहित नेपालमा आयात हुने संभावना उच्च रहेको छ ।
यता, प्लान्ट क्वोन्टाईन कार्यालय भैरहवा प्रमुख कुल दिप घिमिरेले खाद्यान्न वा अन्य बस्तुको विषादी प्रयोग वा गुणस्तर को मापदण्डको विषयमा चेँक जाँच गर्नेनिकाय नभएको कारण आफुहरुले खासगरी आयातीत बस्तुमा रोग, वा किरा के कस्तो छ भन्ने विषयमा प्रामणित गरेर आयात प्रमाण पत्र दिदै आएको बताए ।कुनै खाद्यान्न वा अन्य बस्तुमा विषादी वा केही बस्तु छ की भन्ने संका लागेमा खाद्य आयात निर्यात तथा प्रमाणिकरण कार्यालय लाई मौखिक रुपमा खबर गर्ने गरिएको तर यो सम्बन्धी चेक जाँच कार्यालयबाट नहुने गरेको बताए ।उनले भने–‘ केही समयमा यो सबै हेर्ने गरी कर्याालय स्थापना हुने भन्ने सुनेका छौं, अव एकिकृत रुपम गुणस्तर, विषादी, रोग, किरा सबै चेक गर्ने निकाय आउँला अहिले सम्म यी जाँच एकै पटक भएका छैनन । ’
विषादीको असर
विषादीले बालीको रोग र किरा मर्ने भए तापनि त्यसको अवशेषले भने मानव स्वास्थ्यलाई पनि असर पार्छ । विषादीले गर्दा शरीर झम्झमाउने, बान्ता हुने, पसिना आउने, चिलाउने, टाउको दुख्ने, आँखा पोल्ने हुन्छ । दीर्घकालमा भने पक्षाघात, मष्तिष्क घात, स्नायु प्रक्रियामा असर, बाँझोपन, क्यान्सरजस्ता रोग लाग्न सक्छन् ।अन्तर्राष्ट्रिय स्तरमा गरिएका अनुसन्धानले के देखाएका छन् भने विषादीको धेरै प्रयोगले क्यान्सर तथा अन्य दीर्घकालिन रोग लगाउन सक्छन् । नेपालमा भने यस विषयमा उल्लेख्य अनुसन्धान भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?