ट्रेंडिंग:

>> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने
समाचार

सिद्धार्थनगर एमालेमा गयो पहिरो, नगर कमिटीका सचिवसहित ७४ जनाको राजीनानमा

२२ जेष्ठ २०८०, सोमबार १०:०९
२२ जेष्ठ २०८०, सोमबार १०:०९

भैरहवा,२२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा नगर कमिटीका सदस्यहरु, अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ नेपाल, स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष तथा सदस्यहरुलगायत रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एमाले सिद्धार्थनगर नगरभित्रका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरुले झण्डै १ महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझावपत्र पेश गरिएको बताए । उनले पार्टीलाई नातावाद, कृपावाद, गुटवाद र धनवादबाट बचाएर एकढिक्का पार्दै अगाडि लैजानका लागि ५१ जना कार्यकर्ताहरुले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि सुझावपत्र पेश गरिएको जानकारी दिए ।
इमान्दार कार्यकर्ताहरुले पार्टी सुधारको माग गर्दा पनि नदेखेझै गरी वार्ता, छलफल र एउटा उचित निष्कर्ष निकाल्नुको साटो व्यक्तिगत आलोचना गर्ने, व्यक्तिगत कारवाही गर्छौं भन्दै हिड्ने, पार्टी संगठनात्मक र संस्थागत रुपले भन्दा पनि व्यक्तिगत र गुटगत तरिकाले हेर्ने, व्यवहार गर्ने, पार्टीका माथिल्लो तहसम्म पनि खबर गर्दा नसुने जस्तो गर्ने गरी आलटाल गरेकाले वाध्य भएर राजीनामा दिएको भण्डारीले बताए ।
अहिलेको २१ औं शताब्दीमा जनताको चाहनाअनुसार पार्टीले सुधार गर्न नसक्ने, कार्यकर्ताको मनोभावना बुझ्न नसक्ने, युवा, लोकप्रिय, इतिहास बोकेकोलाई अहिलेसम्म पछाडी पारिएका, टिकट वितरणमा अन्यायमा पारिएका तमाम कार्यकर्ता र आम जनसमुदायहरुको विकास र समृद्धिप्रतिको तीव्र चाहनालाई समेट्न नसक्ने, पार्टीका उच्च नेताहरु नै भ्रष्टाचारमा मुछिएका, अन्यायमा परेका कार्यकर्ताहरुलाई सधै अन्यायमा पारिएकाले आजैकै मितिदेखि सम्पूर्ण जिम्मेवारीबट राजनीमा दिएको भण्डारीले बताए ।

नगरभित्र दु:खमा परेका जनताहरुको सेवा गर्न स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताए । १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताए । आगामी दिनमा पार्टीमा आमूल परिवर्तन गरी जनताको मनोभावना अनुसार काम गर्ने गरी वार्ता गर्न आएमा संवाद र वार्ताको ढोका पनि खुल्ला राख्ने उनको भनाइ छ । उनले जनताको चाहना भए आगामी निर्वाचनमा सिद्धार्थनगरको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवार दिन तयार रहेको बताए ।

पार्टी सिद्धार्थनगरका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएइको एमाले सिद्धार्थनगर–८ का अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?