ट्रेंडिंग:

>> थानकोटबाट झर्दै गर्दा >> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा
शिक्षा / स्वाथ्य
विद्यालयका नर्स कार्यक्रमः

किशोरीकालागि ‘संजीवनी बुटी’

तिलोत्तमा नगरपालिकाका १२ वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सञ्चालनमा रहेको छ । पालिकाले अरु सामुदायिक विद्यालयमा नर्स राख्ने पहल गरिरहेको छ भने निजि विद्यालयलाई पनि लागु गर्न नगरले परिपत्र गरिसकेको छ ।
२२ जेष्ठ २०८०, सोमबार ०७:३९
२२ जेष्ठ २०८०, सोमबार ०७:३९

बुटवल- दिपा गैरे उमेरले बल्ल १४ वर्षकी भईन । उनी शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन् । विद्यालयमा नर्स शिक्षक हुदा धेरै कुराको फाइदा दिन पाएको उनी सुनाउछिन् । उनी भन्छिन्, पहिला त हामीले महिनाबारी भयो भने भन्ने पनि कोहि हुदैन थियो त्यस्तो बेलामा घर जानुको विकल्प थिएन । तर पछिल्लो केहि समय यता हाम्रो विद्यालयमा नर्स शिक्षक आएपछि समस्या सुन्न थालिएको छ । हामी बिरामी भयौ भने पनि उहाँ सल्लाहका साथै आवश्यक परेको अवस्थामाऔषधी दिनुहुन्छ । खाएर एक छिन आराम गरेपछि निको हुन्छ । स्कुल नछाडेर अर्को कक्षा लिन पाइने हुँदा फलदायी भएको उनीहरुको भनाइ छ ।
शान्ति नमूना माविमा नर्सको रुपमा रहेकी अफ्सना जिसिले बालबालिकासँग विद्यालयमा काम गर्नुको अनुभव फरक रहेको सुनाइन । बुटवलको एक नीजि अस्पतालमा कामको अनुभव लिएका जिसीले दुई वर्ष देखि तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आफनो पेशालाई निरन्तरता दिएकी छन् । उनी भन्छिन् विद्यालय र अस्पतालमा काम गर्नुको भिन्नता फरक छ । अस्पतालमा आफनो डियूटीलाई हरेर सेवा गर्ने हो तर यहाँ त सेवासँगै बालबालिकाको पोषण र शारिरिक परिर्वतनका बारेमा जानकारी दिन पाउदा खुशी लागेको छ । उनिहरुको शरिरीरमा आउने नियमित प्रक्रियाका बारेमा जानकारी दिएर उनिहरुलाई सहज वातावरण सृजना गर्नु पनि यहाँ मेरो दायित्व भित्र पर्छ । बिरामी छात्रा मात्र होईन छात्र पनि हुन्छन् । उनीहरुलाई औषधी दिने परामर्शा दिने काम हो यहाँ मेरो । विद्यालयमा पारिवारिक वातावरणमा काम गर्ने अवसर मिलेको छ ।
शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयकी नर्स सन्जु रोकाहालाई विद्यालयसँग सहकार्य गर्न पाउदा अत्यन्त खुशी लागेको बताईन । उनी भन्छिन् विद्यालयमा काम गरिएला भन्ने त थिएन । तर अहिले आफुले पढेको विषय विद्यालयमा आएर देखाउन पाउदा साच्चै कस्तो अच्चम महसुस भएको छ । यो अहिलेको अवस्था होला भन्ने नै थिएन । अस्पतालमा काम गरिएला भन्ने थियो तर सरकारले अस्पतालसँगै विद्यालयलाई पनि महत्व दिएर यहाँ प्राथमिक स्वास्थ्थ सेवा आवश्यक मानेर यसरी काम गर्ने अवसर दियो ।
तिलोत्तमा नगरपालिकाका उपसचिव गंगाराम आचाय विद्यालय नर्स कार्यक्रमले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई फाईदा पुग्ने भएकाले लागु गरिएको बताए । अहिले तिलोत्तमानगरपालिकामा जम्मा १२ वटा विद्यालयमा यो विद्यालय नर्स कार्यक्रम सञ्चालनमा रहे पनि यसको माग सबै विद्यालयबाट आएको उनले बताए । उनले यो कार्यक्रम सामुदायिक विद्यालयमा मात्रै नभएर निजि विद्यालयलाई पनि लागु गर्न नगरले परिपत्र गरिसकेको भन्दै लागु गर्न सबै निजि विद्यालयहरुलाई आग्रह गरे ।
कार्यक्रममले विद्याथीको मानसिक स्वास्थ्य र किशोरकिशोरीको यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी गराउन सहज वातावरण निर्माण गरेको बताए । तिलोत्तमा नगरपालिकाकी शिक्षा अधिकृत शारदा भट्टराईले विद्यालय नर्स कार्यक्रमले किशोर अवस्थामा प्रवेश गर्दे गरेका बालबालिकाहरुका शारिरिक र मानसिक समस्या समाधान गर्न मद्दत पुगेको बताईन । उनले विद्यालयमा नर्स शिक्षकले विद्यार्थी के खाने के नखाने? विषयसँगै सरसफाई र कुलतका विषयमा जानकारी दिने गरेको बताईन ।
विद्यालयमा यसरी नर्स शिक्षकको व्यवस्था हुदाँ धेरै फाईदा पुगेको शन्ति नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद लामिछानेले बताए । उनले पहिला पहिला विद्यार्थी बिरामी भए पनि घर पठाउनुको विकल्प थिएन हामीसँग तर आजभोली हाम्रो शिक्षकले प्राथमिक उपचार गर्नुहुन्छ । विद्यार्थीलाई आवश्यक पर्ने औषधी दिनु हुन्छ । यहाँ हामीले नगरले व्यवस्था गरे बाहेका थप औषधीहरु पनि व्यवस्था गरेका छौ समस्या पर्ना साथ यहि समाधान गर्न पाउन असाध्यै राम्रो पक्ष । तर पनि हाम्रो जस्तो धेरै विद्यार्थी हुने ठाँउमा एउटा शिक्षकले पुग्दैन अरु थप नर्स शिक्षकहरुको आवश्यकता छ ।
विद्यालय नर्स कार्यक्रम अहिले तिलोत्तमानगर पालिकाको १२ वटा विद्यालय जनज्योति माध्यमिक विद्यालय, जनजागृती माध्यमिक विद्यालय, शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय, जनभावना माभयमिक विद्यालय, शिवपुर माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, वरवलिया माध्यमिक विद्यालय, जनहित माध्यमिक विद्यालय, पशुपति माध्उमिक विद्यालय, टिकुलीगढ माध्यमिक विद्यालय र गौतमबुद्ध माध्यमिक विद्यालय गरे नगरका १२ विद्यालयमा यो विद्यालय नर्स कार्यक्रम सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?