ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
अर्थ
मुख्य खबर

होजियारी उद्योगमा देखिदैे विदेशको अनुभव

२१ जेष्ठ २०८०, आईतवार ०७:२१
२१ जेष्ठ २०८०, आईतवार ०७:२१

चन्द्रौटा(कपिलवस्तु),  जेठ ।- २०७३ सालमा उद्योग दर्ता गरी २ वर्ष पछि मोजा उत्पादन सुरुवात गरिएको थियो । सुरुवाती चरणमा ३ वटा उपकरण प्रयोगगरी करिब दैनिक ६० दर्जन मोजा उत्पादन गरिन्थ्यो । उत्पादन कम भएपछि सञ्चालन खर्चिलो भएपनि १३ वटा मिसिन थप गरिएको थियो । कपिलवस्तुका एक अधिकारी दाजुभाईले यसरी सञ्चालन गरेका थिए, होजियारी उद्योग ।

कच्चापदार्थ धागोबाट सामग्री उत्पादन उद्योगको अनुभव लिएर दाजुभाइले कोरियन प्रविधि (निटिङ सक्स मिसिन) को प्रयोग गरी होजियारी उद्योग सञ्चालन गरेका छन् ।
बाणगंगा नगरपालिकाको वडा नम्बर–४ दरखास्तमा करिब डेढ करोडको लागतमा वराह होजियारी उद्योग सञ्चालन गरिएको एकराज अधिकारी बताउँछन् ।

सञ्चालक एकराज अजरबैजान र भारतको होजियारी उद्योगमा सुपरभाइजर भइ काम गरेको अनुभवलाई स्वदेशमा प्रयोग गरिएको उनले बताए । वैदेशिक २५ वर्षको होजियारी उद्योगको कार्य अनुभवले मोजा उत्पादन सञ्चालन गरिएको अधिकारीले भने । स्वदेशी ब्राण्डलाई पहिचान बनाउने गरी मोजा उत्पादन सुरु गरिएको थियो । विषयगत दक्षता भएपछि उत्पादन बेच्न सहज हुने अनुमान गरेपनि बजारमा बिक्री गर्न धौ–धौ भयो ।

“बिक्रीकोलागि बजार पु¥याइयो तर कसैले चासो दिएनन् । व्यापारीले नाइक, एडिडास जस्ता विदेशी नाम भए बिक्री हुने बताए । विदेशी ट्याग लगाए मात्र नेपालीले किन्ने रहेछ । हामीले “बिएचयु” नाम राखेर बेच्न लगियो ।” उद्योग सञ्चालक अधिकारीले भने ; “उद्योग सुरु गरेको २ वर्ष सम्म बेच्न सकस भयो । अहिले केही सहज भएको छ । ग्राहकले विदेशी नाम रोज्ने ब्यापारीले महँगोमा बेच्न सकिने भएपछि गुणस्तरीय नेपाली ब्राण्ड ओझेलमा परेको छ ।”

स्वदेशी उत्पादन भनेपछि व्यापारीले खरिद गर्न आनाकानी गर्दा २ वर्ष सम्म बजार नपाएको एकराजको भनाइ छ ।
अहिले आर्थिक मन्दी र भारतबाट अवैध भित्रिदा दैनिक २ हजार मोजा उत्पादन गरिएको उनले जनाए । उद्योगबाट स्पोर्ट, अफिसियल, नेपाली सेना, विद्यालय, फ्ल्याट, एङगल, हाफ एङगल, लेडिज, ट्रेकिङ् गरी १५ थरीमा मोजा उत्पादन गर्ने गरेको एकराजले जानकारी दिए ।

कम्पनीबाट उत्पादन भएका मोजा एक सातासम्म प्रयोग गर्दासमेत दुर्गन्ध नआउने सञ्चालकको दावी छ । दैनिक ४ हजार जोर मोजा १६ मिसिनबाट उत्पादन गर्ने क्षमता छ । खिमलालले अधिकारीले बजारमा विदेशी नाम राखेका उत्पादन ग्राहकले रोज्दा ती भन्दा गुणस्तर नेपाली ब्राण्डले पहिचान नपाएको बताए । एकराज अधिकारी र खिमलाल अधिकारी दाजुभाइ हुन् । व्यापारीलाई सन्तुष्ट बनाएपछि हाल “बिएचयु (कम्पनीले उत्पादन गरेको ब्राण्ड)” नाम लिएर माग्न लागेको जनाइएको छ । आफ्नो नामको ट्रेडमार्क दर्ता गर्ने तयारी रहेको सञ्चालकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?