ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
खेलकुद
क्यान्सर बिरुद्ध महाकाली–मेची साइकल यात्रा १६ औ दिनमा समापन

साहसिक पर्यटनबाट आर्थिक समृद्धि

१५ जेष्ठ २०८०, सोमबार ०५:०३
१५ जेष्ठ २०८०, सोमबार ०५:०३

बुटवल, १५ जेठ ।

६१ वर्षीय साईक्लिष्ट एचबी बर्मा १६ औ दिनमा महाकालीदेखी मेची पुल पुगेर आफनो यात्रा समापन गरेका छन् । मेची पुलमा उनले नेपालको राष्ट्रिय झण्डा फहराए । मुखको क्यान्सरको उपचार लगत्तै क्यान्सर रोग र साईक्लिङको महत्व बुझाउन उनी यात्रा सम्पन्न गरेका हुन् । समापन कार्यक्रममा कोशी प्रदेशका सासद गोपाल तामाङ, कराँतेका राष्ट्रिय प्रशिक्षक तुलसी महर्जन, कराँतेका प्रशिक्षक अर्जुन लम्साल क्षेत्रीले बर्मालाई सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद तामाङले मानव स्वस्थ्यको लागि खेलकुदको महत्व रहेको भन्दै रोगसंग लड्न ईच्छाशक्ति र आत्मबल चाहिने बताए । महाकाली–मेची साइकल यात्रामार्फत बर्माले साईकलको महत्व र क्यान्सर विरुद्धको आफनो लडाई पुष्टि गर्न सफल भएको उनको दाबी छ । साइक्लिङ र पर्यटन एक पाटाको सिक्का भएको दाबी गर्दै उनले सरकारबाट स्पष्ट नीति बनाएर अघि बढ्न जरुरी रहेको बताए ।

यात्राबारे बताउँदै बर्माले सोचेभन्दा पनि राम्रो सफलता मिलेको र सबै साईक्लिष्टबाट ठाउँठाउँमा सहयोग पाएको बताए । उनले विभिन्न विद्यालय, चोकचोकमा मानिसहरुलाई दीर्घरोग क्यान्सरको आफ्नो अनुभव सुनाए । गुट्खा सुर्ती, चुरोट जस्ता पदार्थहरु सेवन नगर्न उनले सुझाव दिए ।

कुल १ हजार २ सय किलोमिटर यात्रा पुरा गरेका उनी छिटोभन्दा छिटो राजमार्ग निर्माणमा सरकारलाई ध्यान दिन आग्रह गरे । पर्यटकहरुलाई सडककै कारण धेरै समस्या भएको भन्दै उनले विश्वमा नै नेपाल साहसिक खेल साइक्लिङबाट चिनिन सक्ने सम्भावना रहेको दाबी गरे । उनको एकल साईकल यात्रा वैशाख २८ गते नेपाल–भारत सिमा गड्डाचौकी नाकाको महेन्द्रनगरबाट यात्रा शुरु गरेका थिए । तिलोत्तमा नगरपालिका–४ स्थायी घर भएका बर्माको पहिचान साईकिलेको रुपमा छ । नेपाल प्रहरीमा हवल्दार पदबाट अवकास लिएका उनी पछिल्लो समय साइक्लिङमा सौखिन छन् । उनको यात्रालाई सैनामैना साईकल साथीबाट जर्सी, बुटवल टुडे दैनिक र अनलाईन उनको यात्रामा मिडिया पार्टनर तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबाट आफ्नो शाखाहरुमा आतिथ्यता सौजन्य गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?