Logo
२३ जेष्ठ २०८०, मंगलवार

विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा


बुटवल,१३ जेठ । कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादी समूहबाट जारी आन्दोलनलाई मध्यनजर गर्दै राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामाकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति–सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?